ghar sansar

बाली विज्ञानका विद्यार्थीलाई सहभागितात्मक ग्रामीण लेखाजोखा तालिम

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले बालि विज्ञान तर्फका विद्यार्थीका लागि सोमबारदेखि पाँच दिने सहभागितात्मक ग्रामीण लेखाजोखा(पिआरए÷ आरआरए) तालिम आयोजना गरेको छ ।

तालिमको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका कृषि संकायका डिन प्राडा लालप्रसाद अम्गाईले गरेका छन् । कार्यत्रममा उनले प्राविधिक शिक्षलाई व्यवहारिक बनाईनु पर्नेमा जोड दिए ।

Anant bahu travels

प्राविधिक शिक्षाले रोजगार उन्मुख समाज निर्माण गर्ने भएकाले यसलाई व्यवहारिक बनाईनु पर्ने उनको भनाई थियो । उनले किसानलाई संगै राखेर शिक्षा दिईए त्यसले दिर्धकालीन रुपमा फाईदा पुगाउने बताए । ‘असल विरुवा खेतमा रोपेर स्याहार सुसार गरेमा त्यसले केही समय पछि छहारी दिन्छ, फल दिन्छ’ उनले भने, ‘त्यसैगरी असल विद्यार्थी उत्पादन भएमा त्यसले समाज रुपान्तरणमा योगदान दिन्छ ।’

किसानको घरदैलोमै पुगेर कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै उनले नेपालको संविधानमै खाद्य सम्प्रभूताको ग्यारेण्टी गरिएको उल्लेख गरे । उनले खाद्य सुरक्षाका लागि सरकारी निकायबाट प्रयाप्त बजेटसंगै प्रविधियुक्त माटो सुहाउँदा कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए ।

dirghayi clinic

सुदूरपश्चिम विश्वविद्यालयले कृषि संकाय तर्फ कृषि र पशु विज्ञान सम्बन्धी पठनपाठनको कार्य सञ्चालन गर्दै आएकोमा चालु आब देखि वन विज्ञानको पढाई शुरु गरिन लागेको उनको भनाई छ । कृषि संकायमा ५५ जिल्लाका विद्यार्थी पठनपाठन गर्दै आएको उनले उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका कृषि प्रसार निर्देशक महेश जैशीले कृषि साधन(टुल) र टेक्नीकलको प्रयोग गरी विद्यार्थीलाई पाँच दिने तालिम दिईने बताए ।

ग्रामीण क्षेत्रमै गएर किसान संगै विद्यार्थीलाई १५ वटा टुलका बारेमा जानकारी दिईने उनको भनाई थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर सिंहले तालिममा सहभागीलाई व्यवहारिक ज्ञान दिई कृषि क्षेत्रमा लागु गरिने बताए ।

विद्यालयका प्रद्यानाअध्यापक लक्ष्मी थापा ऐरले तालिमले बालि विज्ञानका विद्यार्थीका लागि बहुउपयोगी भएको टिप्पणी गरिन् । विद्यालय व्यवस्थापन समितिका सदस्य तेज बहादुर शाहले तालिममा उत्कृष्ट हुने विद्यार्थीलाई एक हजार पुरुस्कार दिने घोषणा समेत गरे । तालिम पाँच दिन सम्म सञ्चालन हुनेछ ।

तालिममा ६० विद्यार्थी सहभागी भएका छन् । विद्यार्थीलाई सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम अन्र्तगत गाउँ स्तरमा गएर किसानको समस्या पहिचान र समाधानका लागि १६ देखि २० वटा साधनको प्रयोग गरी तालिम दिईने विद्यालयका शिक्षक जगदिशप्रसाद जोशीले जानकारी दिएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...