–सावित्री चन्द
माटो पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो । माटो विशेष गरी खनिज, अर्गानिक हावा तरल पदार्थ र थुप्रै आँखाले देख्न नसकिने जीवहरुले बनेको हुन्छ सबै जसो वनस्पतिको मुख्य आधार पृथ्वीको पानी भण्डार स्थल वायुमण्डलको मुख्य भाग थुप्रै जीवहरुको वासस्थान पनि माटो नै हो । स्वास्थ्य माटोको महत्वलाई विश्वभर पैmलाउने तथा माटोको श्रोतको व्यवस्थापन प्रति चेतना जगाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्र संघको आव्हानमा खाद्य तथा कृषि संस्थाले माटो दिवस मनाउने गरेका छन्, उपयोगको आधारमा कृषकले जहाँ खनजोत गर्न सकिन्छ, खेति लगाउन सकिन्छ, विभिन्न खालका विरुवा उत्पादन गर्न सकिन्छ र उत्पादन लिन सकिन्छ, त्यही नै माटो हो र जुन ठाउँमा खेती लगाउन सकिदैन भने त्यसलाई कृषकले माटोको रुपमा परिभाषित गर्दैन । वास्तवमा माटो पृथ्वीको उपल्लो खुकुलो त्यो सतहको त्यो पदार्थ हो जो चट्टान खिइएर टुक्रिएर वनस्पति तथा जिवजन्तुका अवसेस मिलेर बनेको हुन्छ ।
पृथ्वीमा रहेको हरेक जीवजन्तुको जीवनको आधार नै माटो हो । माटो विना जिवित रहन कल्पनासम्म गर्न सकिदैन तर कृषि, वनफडानी र अन्य काराणकहरुले भयानक गतिमा सतही माटोलाई क्षति पु¥याउनुको साथै सखाप गरिरहेको छ । संयुक्त राष्ट्र संघको मरुभूमिकरण र खडेरी विरुद्ध संघर्ष अधिवेशन संस्थाको तथ्याङ्क अनुसार हरेक सेकेन्डमा एक एकड अर्थात करिब ८ रोपनी माटो को उर्वरा शक्तिमा ह्रास आएको देखिन्छ । भ्ीम् क्ष्लष्तष्बतष्खभ संस्थाको तथ्याङ्क अनुसार विश्वको ५२% खेति योग्य माटोको उर्वरा शक्तिमा ह्रास आइसकेको छ । यदि माटो यही गतिमा विनास हुँदै जाने हो भने हाम्रो खेति गर्न सक्ने क्षमता धेरै घट्ने छ । यसले मुखभरी, शरणार्थी तथा युद्ध निम्त्याउने जस्ता सस्या हुने निश्चित छ । यसै गतिमा माटोको गुणस्तर घटिरहने हो उत्पादनमा ह्रास आइरहने हो र हामी सबैले माटो बचाउ अभियानमा लागेनौ भने धर्ति संकटमा छ, हामीलाई थाहा भएसम्म सम्पूर्ण जीवनको अन्त्यको कारण यहि हुनेछ ।
जब माटोको गुणस्तर खराव हुन्छ, त्यसले पानी सोसेर राख्ने अनि पानीको वहावलाई दिशा दिन सक्दैन जब माटोले पानी भण्डारण गर्ने क्षमता गुमाउँछ, त्यसले पानीको अभाव, खरेडी र बाढी निम्त्याउँछ वैज्ञानिकहरुले चेतावनी दिएका छन् कि माटोको विनास भनेको जलवायु परिवर्तन निम्त्याउने मुख्य आधार हो ।
यदि उर्वर माटोमा भएको जैविक तत्व ३% भन्दा कम भयो भने माटो बालुवा बन्छ । त्यस्तै यदि बालुवामा कम्तिमा पनि ३% जैविक तत्व थपियो भने, बालुवा पनि उर्वर माटो बन्दछ, नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने अधिकांक्ष ठाउामा माोमा अहिले जैविक पदार्थको मात्रा कम छ पर्यावरणसँग सम्बन्धित लगभग सबैजसो प्रमुख सङ्कट कुनै न कुनै रुपमा माटो खराव हुँदै जानुको परिणाम वा लक्षण हो । त्यसैगरी पर्यावरणसँग सम्बन्धित लगभग सबैजसो समस्यालाई माटोलाई स्वस्थ बनाएर सुल्झाउन सकिन्छ । हामीले पर्यावरणको सबै पक्षलाई सम्बोधन नगरी कुनै एउटा पत्रलाई मात्र सम्बोधन गर्न सक्छौं भनेर सोच्नु भ्रम हो किनभने पर्यावरणीय प्रणालीको कुनै पनि पक्ष अलग्गै काम गर्दैन जीवन एउटा सिङ्गो प्रक्रिया हो अनि जीवनका सबै पक्षहरु एकैसाथ भइरहेको छ भन्ने कुरा प्रति हामी सचेत नहुँदासम्म कुनै नि समाधान पूर्ण हुँदैन थुपै्र तरिकाले माटो त्यो मञ्च हो जहाँबाट जीवन प्रस्फुटित हुन्छ यदि हामीले माटोलाई ठिक ग¥यौं भने हामीसँग सबै पक्षलाई ठीक गर्ने उत्तम अवसर रहन्छ ।
जैविक पदार्थलाई ३–६% मा फर्काउनका निम्ति जमिनलाई वनस्पतिहरुको छहारी दिने अनि रुख–विरुवाहरुको पात–पतिङ्गर र जनावरहरुको मलबाट माटोको गुणस्तर बढाउनु पर्छ माटोमा वनस्पति र जनावरको मल हालेपछि, त्यस जैविक पदार्थबाट माटोमा रहेका सूक्ष्मजीवहरुले पोषण पाउँछन् अनि बोटविरुवाको लागि पोषक तत्व उत्पन्न गर्छन जसले गर्दा माटो समृद्ध र उर्वर हुन्छ । उर्वर माटोबाट वनस्पति र जनावरहरुले पोषण पाउँछन् र राम्रोसँग हुर्किन्छन् फलस्वरुप हामीले सस्तो र पौष्टिक खाना पाइनेछ । जलवायु परिवर्तनमा विस्तारै विस्तारै सुधार हुँदै जानेछ । जैविक विविधता बढ्ने र गरिबी कम हुँदै जानेछ । त्यसैले भावी सन्ततिलाई दुःख नहोस् भुकमरीको सामना नगरुन भन्नको लागि माटोलाई स्वस्थ राख्न सबै नागरिकहरुको सामूहिक सहभागिता आवश्यक छ । विश्वका प्रत्येक राष्ट्रमा आवश्यक नीतिहरु अवलम्बन गर्नाले मात्र सबैको सहभागिता सुनिश्चित गर्न सकिन्छ । हामीले कृषकहरुलाई न्यूनतम ३–६% जैविक सामग्रीको संघार हासिल गर्न आकर्षक प्रोत्साहन प्रदान गरेर महत्वाकांक्षी बनाउन आवश्यक छ । उक्त माटोबाट उब्जाएको खानाको लागि उच्च गुणस्तरको चिह्न विकास गर्न आवश्यक छ । यसका साथसाथै हामीले त्यस्ता खानेकुराको सेवनबाट हुने विभिन्न स्वास्थ्य पोषण र निवारक स्वास्थ्य लाभहरु पनि स्पष्ट रुपमा व्यक्त गर्नुपर्छ । तसर्थ यो स्पष्ट छ कि उच्च गुणस्तरको खाद्यान्नको यस्तो चिह्नले तथाकथित जैविक उत्पादनहरु र गैर अर्गानिक उत्पादनहरु बीचको भिन्नता छुट्याउन खोज्ने वर्तमान प्रणाली भन्दा धेरै अर्थपूर्ण हुनेछ । माटो बचाउ अभियान हामी सबैको दायित्व हो , हुनुपर्छ र भावी सन्ततिलाई बचाउनु पर्छ ।
भीमदत्त नगरपालिका ५ वनगाउँका चन्द माटो बचाउ अभियानता हुन् )