ghar sansar

तरकारी बेच्ने किसानका दुःख : राम्ररी नेपाली बोल्न आउँदैन, कालो अनुहार देखेर सताउँछन् कर्मचारी

khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका ११ राम जानकी टोलका अधिकाँश वासिन्दा तरकारी खेती गर्छन् । आदिवासी जनजाति चौधरी समुदायका वासिन्दा सबैसित ५ कट्टादेखि एक बिगाहासम्म जमिन छ ।

तरकारी खेतीबाट उनीहरु घर खर्च चलाउँदै आएका छन् । तरकारी खेती बाहेक घर खर्चका लागि उनीहरुसित अन्य आम्दानीका स्रोत सीमित छन् ।

western public academy

‘केटाकेटीलाई पढाउने, लत्ता कपडा किन्न, विराम परेका बेला औषधि किन्ने सबै काम तरकारी खेतीबाट गर्छौ’ स्थानीय करन चौधरीले भने,‘आम्दानी हुने बाटो नै यहीं हो, दुई चार जनाले अन्य काम गरे पनि टोलका हामी धेरै जना तरकारी खेती नै गर्छौ ।’

डेड दशकदेखि तरकारी खेती गरि रहेका चौधरीले तरकारी बेचेर तीन छोरीलाई बोर्डिङ्ग स्कुलमा पढाएको बताए । ‘१०÷१५ वर्षदेखि तरकारी खेती गरि रहेको छु, ९÷१० कट्टा जमिन छ, त्यस धान गहुँ लगाएर बचेको सबै जमिनमा तरकारी खेती गर्छौ’ उनले भने,‘तरकारी बेचेर छोरीहरुलाई पढाउन पुगेको छ ।’

एनका छोरीहरु पशुपति शिक्षा मन्दिरमा पढ्छन् । चौधरी र उनकी धर्मपत्नि रिना दुबै जना तरकारी खेतीमा छन् । चौधरी दम्पत्तिले अहिले पोलिहाउसभित्र तरकारी खेती गर्न लागेका छन् ।

राम जानकी टोलका डेढ सय चौधरी परिवार शिक्षामा पछाडि भएकाले आम्दानीका अन्य स्रोत नभएको स्थानीय भोजराज चौधरीले बताए । ‘शिक्षाको कमी छ, गाउँमा पढे लेखेका थोरै छन्, जागिर पाइदैन, त्यस कारण अन्य आम्दानी हुने बाटो छैन’ उनले भने,‘सबैसित जग्गा छ, त्यस कारण सबै तरकारी गरी घर खर्च चलाउँछन् ।’

dirhayu

तरकारी बिक्री गरी स्थानीयले सिजनमा डेढ लाखसम्म कमाउने गरेको चौधरीले बताए । टोलका वासिन्दा शैक्षिक क्षेत्रमा धेरै पछाडि छन् । टोलमा दुई जना मात्रै स्नातकसम्म पढेका छन् । प्रहरी सेवामा एक जना छन् । लक्ष्मण चौधरी गाउँको पशुपति शिक्षा मन्दिरमा प्रिन्सिपल छन् । स्नातक उत्तीर्ण उनी आफैं पनि तरकारी खेतीमा सक्रिय छन् ।

वासिन्दालाई १२ कक्षासम्म पढ्नलाई गाउँमा विद्यालय छैन् । राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १० उत्तीर्ण गरेपछि विद्यार्थीहरु पढ्नका लागि धनगढी जानु पर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर भएकाले कक्षा १० सम्म पढेपछि अधिकाँश विद्यालय छाड्नु पर्ने बाध्यतामा छन् ।

‘गाउँमा ११ र १२ को पढाई हुँदैन, धनगढी जानु पर्छ, सक्ने धनगढी पठाउँछन्, सबैले सक्दैन, कोही साइकलबाट पढ्नलाई जान्छन्’ स्थानीय चौधरीले भने,‘कमजोरले पढाउन सक्दैन ।’

वस्तीको सीमा जोडिएपछि उनीहरुका धनगढी पुगेर तरकारी कारोबार गर्दै आएका छन् । हिउँदमा मोहना नदी र बर्खामा डोकेबजारको बाटो भएर उनीहरु बजारसम्म तकारी पुगाउँछन् । हिउँदमा मोहनामा पानीको सतह घटेपछि काठको पुल हालेर उनीहरु ओहोरदोहोर गर्छन् । बर्खा लागेपछि काठ पुल हटाएर डोके बजारको बाटो प्रयोगमा आउँछ ।

धनगढी बजारसम्म तरकारी पुगाउन त्रिनगर भन्सारमा उनीहरु सबैभन्दा बढी सास्ती खेप्ने गर्छन् । भन्सार कर्मचारीले भारतबाट तरकारी ल्याएको निहुँ बनाएर दुःख दिन्छन् । ‘हाम्रो अनुहार कालो छ, कालो देख्यो कि भारतबाट ल्याएको भनेर दुःख दिन्छन्’ एक स्थानीयले भने,‘हामीलाई त राम्ररी नेपाली बोल्न पनि आउँदैन, के गर्ने, नागरिकता ल्याउँ भन्छन् ।’

स्थानीयले तरकारी खेती गर्ने किसानलाई सरकारले प्रोत्साहन गर्नु पर्नेमा भन्सारमा दुःख दिन राम्रो नभएको स्थानीय लक्ष्मण चौधरीले बताए । ‘यो राम्रो होइन, किसानलाई प्रोत्साहन दिनु पर्छ’ उनले भने ।

सरकारी निकायबाट निकायबाट पहिलो पटक स्थानीयले तरकारी खेतीमा सहयोग पाएका छन् । यस वर्ष पुनर्वास नगरपालिका र युएनडीपिडको सहयोगमा सञ्चालित परियोजना अन्र्तगत पोलिहाउस निर्माणका लागि सहयोग पाएका छन् । टोलका २० परिवारले सहयोग पाएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम अन्र्तगत एक जनाले सहयोग पाएका छन् । उनी पनि आफूले २० प्रतिशत लगानी गरी सहयोग पाएको बताउँछन् । ‘मैले २५ हजार लगानी गरी अनुदान ल्याए, सबैसित २५ हजार हुँदैन, नहुँदा त अनुदान पाउन सक्दैन’ चौधरीले भने, ‘अनुदान त सबैलाई हुने गरी दिनु पर्छ नि ।’

Himal dental
सम्बन्धित
Loading...