ghar sansar

मुक्त हलियाले मनाए १४ औं मुक्ति दिवस, महेन्द्रनगर बजारमा रयाली

khasi

महेन्द्रनगर । मुक्त हलियाले १४ औं मुक्ति दिवस मनाएका छन् । मुक्ति दिवसमा महेन्द्रंनगर बजारमा ¥याली र औपचारिक कार्यक्रम गरिएको छ । सरकारले २०६५ भदौ २१ गते मुक्तिको घोषणा गरेको दिनलाई मुक्ति दिवसका रुपमा मनाउने गरिएको छ । सरकारी घोषणा अघि सुदूरपश्चिम मध्यपश्चिम क्षेत्रमा हलिया प्रथा थियो ।

जिल्ला मुक्ति हलिया समाजको आयोजना भएको कार्यक्रममा जिल्लाभरका मुक्त हलिया सहभागी भएका छन् । खुला मञ्चबाट ¥याली सुरु गर िबजार क्षेत्र परिक्रमापछि ¥याली कार्यक्रममा परिणत भएको छ ।

Anant bahu travels

भीमदत्त नगरपालिकाको सभा कक्षमा कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावललाई प्रमुख अतिथि बनाइएको थियो । अन्तिमसम्म उनी नआएपछि कार्यक्रम विशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरालाई प्रमुख अतिथि बनाएर कार्यक्रम उद्घाटन गरिएको छ ।

कार्यक्रममा सहभागी मुक्त हलियाले मुक्तिपछि बाध्यताबाट मुक्त भएर स्वतन्त्र रुपमा जीवन चलाउन पाएको बताए । ‘मुक्ति अघि मालिकले जे भन्यो त्यहीं गर्नु पथ्र्यो, अहिले आफ्नो मनले चाहेको काम गर्न सकिन्छ’ मुक्त हलिया कालु ओखेडाले भने,‘अहिले करभर कसैको छैन ।’

सरकारले मुक्ति घोषणाको पाँच वर्षपछि मुक्त हलिया पुनस्र्थापन कार्यक्रम सुरु गरेको थियो । त्यस अघि सुदूरपश्चिम र मध्यपश्चिम विकास क्षेत्रका १२ जिल्लाका १९ हजार ५९ मुक्त हलियाको तथ्याङ्क संकलन गरिएको थियो ।

तथ्याङ्क संकलनपछि मुक्त हलियालाई चार वर्गमा वर्गीकरण गरी परिचय दिइएको थियो । अहिले त्यहीं परिचय पत्रका आधारमा मुक्त हलियालाई व्यवस्थापन गरिएको छ ।

नयाँ संविधान अनुसार २०७४ मा आम निर्वाचन भएको दुई वर्षपछि २०७६ मा मुक्त हलिया पुनस्र्थापन कार्यक्रम स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

dirghayi clinic

जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरका अनुसार सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका १४ हजार २ सय ४२ मुक्त हलियालाई परिचय पत्र दिइएको छ । परिचय पत्र पाउनेमा घ वर्गका सबैभन्दा बढी ७ हजार ५ सय ६९ छन् । क वर्गका १ हजार ८ सय ३८, ख वर्गका ३ हजार ६ सय ६३ र ग वर्गका १ हजार १ सय ७२ जना छन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा मात्रै अहिलेसम्म १ हजार ४ सय ९९ जना प्रमाणीकरण गर्न बाँकी छन् । पुनस्र्थापन कार्यक्रमबाट २ हजार ३ सय ४२ परिवारका लागि जग्गा किनेर घर निर्माण गरिएको छ ।

यसैगरी १ हजार १ सय ९६ परिवारका घर निर्माण, ८ सय ३ परिवारका लागि जग्गा खरिद र ८ हजार २ सय १९ परिवारका घर मर्मत गरिएका छन् ।
जिल्ला हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी विकले हालसम्म १३ हजार ५ सय ४६ घर परिवारसम्म पुनस्र्थापन कार्यक्रम पुगेको बताए । यो ८० प्रतिशत हो ।

कञ्चनपुरमा हालसम्म १ हजार ८ सय ३६ जना पुनस्र्थापन गरिएक छन् । ३ हजार ७ सय ३२ मुक्त हलियामध्ये हालसम्म १ हजार ९ सय ९१ परिवारलाई परिचय पत्र वितरण गरिएको छ । क वर्गका ३ सय ४७ परिवारका लागि जग्गा खरिद गरिएको छ । क र ख वर्गका ५६ परिवारका घर निर्माण गरिएका छन् । यसैगरी १ हजार ४ सय ३३ परिवारका घर मर्मत गरिएका छन् ।

कञ्चनपुरमा ६ सय १७ परिवाले घर निर्माणको अन्तिम किस्ता पाएका छैनन् । ५५ परिवार परिचय पत्र पाएर पनि सुविधा नपाउनेमा छन् ।

कार्यक्रमका प्रमुख अतिथि बोहराले सबै अशिक्षाका कारण पछाडि परेको उल्लेख गर्दै शिक्षा आर्जनलाई ध्यान दिनु पर्नेमा जोड दिए । ‘आज जे जति समस्या छन्, ती सबैको जड अशिक्षा नै हो’ उनले भने,‘छोरा छोरीलाई शिक्षा प्राप्तिमा विशेष ध्यान दिनु पर्छ ।’

कार्यक्रममा कृष्णपुर नगरपालिकाका उप मेयर द्रोपती राना, शुक्लाफाँटा नगरपालिकाका उप मेयर कल्पना पन्त, अधिकारकर्मी राजुराम सार्की, हलिया मुक्ति समाजका केन्द्रीय सदस्य सन्जु नेपाली लगायतले मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष लुहारको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्चालन अन्तराम वडले गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...