एमाले नेताले कञ्चनपुरमा कसरी पाउलान टिकट : अध्यक्ष ओलीसम्मको पहुँच कि जनमत हेरेर

महेन्द्रनगर । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका आकाँक्षीहरुको नामावली सिफारिश गरिएको छ । एमाले जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिश आकाँक्षीका नामावली एमाले केन्द्रीय कमिटीमा पुगेका छन् । केन्द्रीय कमिटीले आकाँक्षीमध्येबाट प्रतिनिधि सभा र प्रदेश सदस्यका लागि टिकट दिनेछ ।

प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्रबाट ९ जना सिफारिश भएका छन् । सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. १ बाट ४ जना सिफारिश भएका छन् । कञ्चनपुर क्षेत्र नं. ३ बाट सबैभन्दा कम दुई जना सिफारिश भएका छन् ।

janjyoti campus

कञ्चनपुर ३ बाट साँसदद्वय डा. दिपकप्रसाद भट्ट र निरुदेवी पाल सिफारिश भएका छन् । साँसद भट्ट २०७४ को निर्वाचनमा निर्वाचित हुन् । पाल भने समानुपातिक साँसद हुन् । अहिले उनी एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज छन् ।

कञ्चनपुर क्षेत्र नं. २ बाट साँसद नर बहादुर धामी, बचन बहादुर सिह र दिलसरा खत्री सिफारिश भएका छन् । धामी २०७४ को निर्वाचनमा निर्वाचित भएका हुन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य तारालामा तामाङ्ग सहित बीर बहादुर थापा, खेम सुवेदी र महेश्वरी खत्री सिफारिश गरिएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि सिफारिश ९ नेतामध्ये दुई जनाले सबैको ध्यान खिचेका छन् । कञ्चनपुर क्षेत्र नं.३ का साँसद डा.दिपक प्रसाद भट्ट र कञ्चनपुर १ बाट सिफारिश तारालामा तामाङ्ग एमालेभित्र व्यापक चर्चामा आएका छन् ।

एमाले साँसद भट्ट २०७४ को निर्वाचनमा पहिलो पटक लडेर निर्वाचित भएका हुन् । उनले काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई क्षेत्र नं. ३ मा १८ वर्षदेखिको सत्ता पकडबाट अलग गरि दिएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि क्षेत्र नं. ३ मा सधैं पराजत भोग्दै आएको एमालेलाई साँसद भट्टले विजयी गराएका हुन् उनी फेरि साँसद दोहारिने इच्छा राखेर उम्मेदवार सिफारिश भएका छन् ।

उनीसंगै समानुपातिक साँसद निरुदेवी पाल पनि सिफारिश भएकी छन् । एमाले अध्यक्ष ओलीसम्म बलियो पहुँच बनाएकी पाल साँसदका लागि सहज रुपमा टिकट पाउन नेताहरु बताउँछन् ।

प्रतिनिधि सभा सदस्यका लागि सिफारिश साँसद भट्ट र पाल पार्टीभित्र वर्षौदेखि फरक समूह थिए । एमाले अध्यक्ष ओलीको संसद विघटनलाई विरोध गरेका भट्ट १० बँुदे सहमतिपछि एमालेमा बसेका हुन् । एमालेमा बसेपछि साँसद भट्ट र वर्षौदेखि ओली समूहमा रहेकी पाल अहिले एकै समूहमा छन् ।

अध्यक्ष ओलीसम्मको पहुँचका कारण साँसद भट्टलाई टिकट पाउन असहज हुने नेताहरुको बुझाई छ । अध्यक्ष ओली पहिलो चुनाव लडेर भट्टले जितेका यस पटक पनि उनलाई दोहो¥याउन सक्ने नेताहरुको आशंका छ । अध्यक्ष ओलीले गुटगत र पहुँचलाई आधार बनाए भने साँसद पालले सहज टिकट पाउने छिन् ।

एमालेभित्र अहिले पनि साँसद भट्ट जनमत भएका बलियो नेताका रुपमा हेरिएका छन् । काँग्रेसका नेता रमेश लेखक पनि पनि साँसद भट्टसित चुनाव लड्ने डराएका छन् । बैतडी पुख्र्यौली भएका यी दुबैको भोट बैंक पनि एउटै छ । नातागोताले साँसद भट्ट र लेखक दाई भाई पर्छन् ।

साँसद भट्ट अध्यक्ष ओलीको संसद विघटनका विरोधी हुन् । पाल भने त्यसका कट्टर समर्थक हुन् । पाल २०६४ को संविधान सभा उप निर्वाचनमा चुनाव लडि सकेकी छन् । त्यसपछि चुनावी प्रतिस्पर्धामा नदेखिएकी पाल अहिले प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएकी छन् ।

एमालेभित्र अध्यक्ष ओलीसम्म पहुँचका हिसाबले पाल सहित उम्मेदवारका लागि सिफारिश गरिएका साँसद नर बहादुर धामी, बचन बहादुर सिह, खेम सुवेदी, बीर बहादुर थापा सबैलाई सहज अवस्थामा छन् । माओवादी छाडेर आएका थापा बाहेक अन्य सबै वर्षौदेखि अध्यक्ष ओलीको समूहमा छन् । उनीहरु सबैले अध्यक्ष ओलीको संसद विघटनलाई साथ दिएका छन् ।

संसद विघटनलाई साथ दिएर माओवादी केन्द्रका थापा पार्टी छाडेर एमाले आएका हुन् । एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट थापालाई उम्मेदवार बनाउन दबाव दिन सक्ने नेताहरुको आशंका छ ।

भट्टले माओवादी केन्द्र छाडेपछि थापा पनि उनलाई साथ दिएर एमाले आएका हुन् । स्थानीय तह निर्वाचनमा भने उनी पुनर्वासको मेयर लड्न समेत अनिच्छा देखाएका थिए । एमाले जिल्ला कमिटीले थापालाई मेयरको टिकटका लागि सिफारिश गरेको थियो । एमालेमा थापालाई उम्मेदवारको पहिलो प्राथमिकता दिइएको थियो ।

समाजवादी छाडेर तामाङ्ग एमाले फर्किएपछि थापा पनि असहज अवस्थामा पुगेका छन् । अध्यक्ष ओलीले तामाङ्गलाई खादा लगाएर केही दिन अघि पार्टी स्वागत गरेका छन् । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष तामाङ्ग २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

एमालेभित्र मौन कुटनीतिका खेलाडी नेताको परिचय बनाएका उनी आफ्नो निर्वाचन क्षेत्रमा बलियो नेताको छवि बनाएका छन् । २०५४ मा तत्कालिन कालिका गाविसको अध्यक्ष निर्वाचित भएर आएका उनी चुनाव प्रतिस्पर्धामा अहिलेसम्म उनले जितेका छन् ।

स्थानीय तह निर्वाचनमा अध्यक्ष ओलीसम्म आकाँक्षीका नाम पुगाएर उम्मेदवार छनौट गरिएको थियो । अध्यक्ष ओलीसम्म पहुँचका कारण जिल्ला कमिटीबाट सिफारिश समेत नभएका नेतालाई पनि टिकट दिइएको थियो ।

अध्यक्ष ओलीसम्म पहुँचका कारण टिकट दिइएपछि एमालेले अनपेक्षित नतिजा ल्याएको थियो । स्थानीय थह निर्वाचनको नतिजाका कारण अध्यक्ष ओली पहुँच भन्दा नेताको जनमतलाई ध्यान दिएर टिकट दिन सक्ने एमाले नेताहरु बताउँछन् ।

एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले जिल्ला कमिटीबाट उम्मेदवारीका लागि प्रदेश कमिटीमा नाम सिफारिश गरिएको बताए । ‘पार्टीले पठाएका नाममा छलफल गरी चुनाव जित्ने नेतालाई पार्टीले टिकट दिन्छ’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...