काँग्रेस नेता विष्टले के गर्लान अब ?

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका दाबेदार संविधान सदस्य दिवान सिह विष्टले आगामी निर्वाचनमा चुनाव लड्ने सम्भावना सकिएको छ । सत्तारुढ गठबन्धनमा क्षेत्र नं. १ माओवादीको भाग परेपछि विष्ट उम्मेदवार नहुने निश्चित भएको छ । विष्टले प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनका लागि काँग्रेस शीर्ष नेतृत्वमाठि ठूलो दबाव दिएका थिए ।

काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले विष्टको दवाव अस्वीकार गरी माओवादी साँसद विना मगरलाई फेरि चुनाव लड्नका लागि क्षेत्र नं. १ माओवादीलाई भागबण्डा लगाई दिएका छन् । साँसद मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् । उनी प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि एकल सिफारिश भएकी छन् । माओवादी केन्द्रको भागमा परेपछि उनी साँसद चुनाव लड्ने निश्चित भएको छ ।

janjyoti campus

सत्तारुढ गठबन्धनमा चुनावी तालमेल गर्ने सहमति भएपछि प्रतिनिधि सभाका तीन क्षेत्रमध्ये क्षेत्र नं. १ माओवादी केन्द्रले लिने लगभग निश्चित थियो । काँग्रेस संस्थापन इतरका विष्टले पार्टीभित्र दबाव दिएपछि सभापति देउवा र माओवादी अध्यक्ष दाहाल त्यसले लचक हुने आशंका गरिएको थियो । ती सबै आशंका चिर्दै साँसद मगरका लागि देउवा र दाहालले क्षेत्र नं. १ माओवादीको भागमा पारि दिएका छन् ।

देउवाले आफ्ना दुई विश्वासपात्र रमेश लेखक र एनपी साउँदका लागि क्षेत्र नं. १ सहज रुपमा माओवादीलाई भाग दिएका हुन् । माओवादी केन्द्रले पनि साँसद मगरका लागि मात्रै निर्वाचन क्षेत्रमा जोड दिएका छन् । तीन क्षेत्रमध्ये ३ नम्बरबाट उम्मेदवार समेत सिफारिश गरिएको छैन ।

काँग्रेस संस्थापन इतरका विष्टका साँसद मगरलाई सीट भागबण्डा रोक्ने सबै प्रयास विफल भएका छन् । संस्थापन इतरका भएकाले उनी प्रधानमन्त्री देउवा पनि उनका लागि असहयोगी देखिएका छन् ।

विष्टले क्षेत्र नं. १ माओवादीलाई भाग नपार्न आफूलाई एकल उम्मेदवार सिफारिशदेखि चुनावी तालमेल नगर्ने पार्टी समितिका निर्णय गरी नेतृत्वलाई दवाव दिएका थिए । त्यस बाहेक क्षेत्र नं. १ मा काँग्रेस नेता कार्यकर्ताले साँसद मगर विरुद्ध सार्वजनिक रुपमा असन्तुष्टि पोख्न थालेका थिए । नेता विष्टले पनि केही दिन अघि सार्वजनि कार्यक्रममा केही गर्न नसक्ने नेतालाई मान्न नसकिने अभिव्यक्ति दिएका थिए ।

२०७० को संविधान सभा सदस्य निर्वाचनमा विजयी विष्ट आगामी निर्वाचन जितेर अघिल्लो चुनावी हारको बदला लिने लक्ष्य लिएर अघि बढेका हुन् । उनी २०७४ को निर्वाचनमा साँसद मगरसित फराकिलो मत अन्तरले हारेका थिए ।

त्यसको चार वर्ष अघि भने उनले मगरलाई पराजित गरेका थिए । नेता विष्ट निर्वाचित हुँदा साँसद मगर तेस्रो भएकी थिइन् । उनी अघि एमाले नेता लाल बहादुर विश्वकर्मा थिए । २०७४ मा एमाले माओवादी तालमेलमा माओवादीको भाग परेपछि साँसद मगरले जितेकी थिइन् ।

२०७० मा आफैंसित तेस्रो भएकी साँसद मगरलाई रोक्न विष्टले काँग्रेस सभापति शेर बहादुर देउवासम्म दवाव पुगाएका थिए । प्रधानमन्त्री देउवाको नजर आफूतिर तान्न उनले प्रत्यक्ष र समानुपातिक दुबैमा एक÷एक जना मात्रै सिफारिश गरि दिएका छन् । जबकी लेखक र साउँदको क्षेत्रबाट उनीहरुसंगै अन्य नेताका पनि सिफारिश गरिएका छन् ।

काँग्रेस नेता विष्ट क्षेत्र नं. १ माओवादीदलाई भाग पर्न नदिन केही दिनदेखि काठमाडौंमा छन् । माओवादीको भागमा परेपछि नेता विष्टको धारणा बाहिर आएको छैन । सार्वजनिक रुपमा विष्टको अभिव्यक्ति बाहिर नआए पनि उनले चाल्ने सम्भावित कदमबारे छलफल हुन थालेका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले विष्टलाई कञ्चनपुर क्षेत्र नं. १ ख बाट प्रदेश सभा सदस्य निर्वाचन लडाउने सुरुदेखि आशंका गरिएको थियो । प्रतिनिध सभा सदस्य माओवादी लड्ने भएपछि विष्टसित प्रदेश सभा लड्ने वा समानुपातिक लड्ने मात्रै विकल्प छन् । यी दुईमा नेता विष्टले जुनसुकै विकल्प पनि रोज्न सक्ने छन् । यी दुई नरोजे भने उनीसित पार्टी निर्णय अनुसार चुनावमा सहयोग गर्नु पर्ने वा असहयोग गरी हराउनु अघि सर्न पर्र्र्ने विकल्प देखिएका छन् ।

विष्ट निकट नेताहरु उनी पार्टी निर्णय विरुद्ध नगई साँसद मगरलाई जिताउन लाग्न सक्ने सम्भावना न्यून भएको बताउँछन् । यस्तो अवस्थामा क्षेत्र नं. १ मा काँग्रेसभित्र विद्रोह भएर उम्मेदवारी दिन सकिने सम्भावना देखिएको छ ।

काँग्रेसका एक महाधिवेशन प्रतिनिधिले केही दिन अघि पुनर्वासमा क्षेत्र नं. १ मा माओवादीको भाग परी साँसद मगर उम्मेदवार भए काँग्रेस नेता कार्यकर्ताले असहयोग गर्ने बताएका थिए । ‘यो क्षेत्र जसरी पनि काँग्रेसलाई दिनु पर्छ, त्यो बाहेक गरिए बागी उम्मेदवार आउँछ’ उनले भनेका थिए, ‘साँसद मगरलाई कुनै पनि हालतमा भोट हाल्दैनौ ।’

नेता विष्टलाई सन्तुष्ट नगरी क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनलाई जित हासिल गर्न अप्ठेरो छ । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र बेलौरी बाहेक अन्य सबैमा कमजोर अवस्थामा पुगेको छ । साँसद मगरको हारलाई रोक्न पनि काँग्रेस नेतृत्व विष्टलाई जसरी पनि मनाउने लाग्ने नेताहरु बताउँछन् ।

क्षेत्र नं. १ मा विष्टलाई मनाउन नसकिए त्यसको असर क्षेत्र नं. २ र ३ मा पर्नेछ । त्यसमा पनि सबैभन्दा बढी असर क्षेत्र नं. ३ मा चुनाव लड्न लागेका रमेश लेखक समस्यामा पर्ने छन् । काँग्रेसको १४ औं महाधिवेशनमा साउँद र विष्ट समूह लेखक समूह विरुद्ध तालमेल गरी लडेको थियो ।

तत्कालिन बाम गठबन्धनको उम्मेदवार हुँदा साँसद मगरलाई चुनाव जिताउन लागेका माओवादीका धेरै नेता कार्यकर्ता नेकपा एमाले आएका छन् । पुनर्वासका बीर बहादुर थापा, बेलौरीका बलदेब बुडाल, यज्ञ कँडेल, बेलडाँडीका मोहन गिरी लगायतका नेता आगामी निर्वाचनमा एमाले नेता तारालामा तामाङ्गको पक्षमा हुने छन् ।

२०७४ मा प्रदेश सभा सदस्य निर्वाचन जितेका तामाङ्ग क्षेत्र नं. १ का सबै स्थानीय तहमा पकड भएका नेताका रुपमा परिचित छन् । सत्तारुढ गठबन्धनमा क्षेत्र नं. १ माओवादी भाग परेपछि एमाले नेता कार्यकर्ताले तामाङ्गलाई चुनाव जित्न सहज भएको धारणा राख्न थालि सकेका छन् ।

एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष तामाङ्ग एकीकृत समाजवादी गएर केही दिन अघि एमाले फर्किएका थिए । तामाङ्ग एमालेमा उनी विवादित छवि हुनबाट जोगिएका थोरै नेतामा पर्छन् । त्यस बाहेक उनी अन्य दलका नेता कार्यकर्तासंग पनि सम्बन्ध राखेर आफूतिर तान्न सक्ने नेताको पहिचान बनाएका छन् ।

‘अघिल्लो निर्वाचनमा हारेकाले यस पटक विष्टजीले टिकट पाउँदा हामीलाई केही अप्ठेरो हुन्थ्यो, साँसद मगरको पाँच वर्षे कार्यकाल सबैलाई थाह छ, हामीलाई वहाँ लडेपछि धेरै फाईदा छ’ एमालेका एक नेताले भने,‘भागबण्डाले हामीलाई धेरै नै फाइदा हुन्छ ।’

निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य माओवादीलाई दिएर प्रदेश सभामा काँग्रेस र समाजवादीले पाउने नेताहरु बताउँछन् । प्रदेश सभा सदस्य क बाट समाजवादी चुनाव लड्ने सम्भावना छ । समाजवादीका जिल्ला अध्यक्ष जीवनराज थापा प्रतिनिधि सभा सदस्यमा सिफारिश भएका छन् । त्यस क्षेत्रबाट प्रदेश सभा प्रताप चन्द सिफारिश गरिएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...