ghar sansar

काँग्रेसमा लेखक र साउँद बाहेक अरुले किन लड्दैनन् चुनाव ?

महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा कञ्चनपुर क्षेत्र नं. १ नेकपा माओवादी केन्द्रको भागमा परेपछि अन्य दुई क्षेत्रमा काँग्रेसका उम्मेदवार निश्चित भएका छन् । ती दुई क्षेत्रमा काँग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउँद र रमेश लेखक चुनाव लड्ने भएका छन् । उनीहरु दुबै काँग्रेसबाट चुनाव जितेर मन्त्रीसम्म भई सकेका छन् ।

साउँद निर्वाचन क्षेत्र नं. २ र लेखक ३ बाट प्रतिनिधि सदस्य उम्मेदवारका लागि सिफारिश गरिएका छन् । उनीहरुसित अन्य नेता सिफारिश गरिए पनि टिकट उनीहरु दुबैले पाउने निश्चित छ ।

lotus institite

साउँद र लेखक दुबै प्रधानमन्त्री देउवाका विश्वासिला हुन् । उनीहरु दुबैले देउवालाई सजिलो अप्ठेरोमा साथ दिएका छन् । उनीहरुले देउवाको पार्टी विभाजनलाई साथ दिएका थिए ।

कञ्चनपुर ३ बाट सिफारिश लेखकसित पूराना नेता प्रेम विष्ट सिफारिश भएका छन् । काँग्रेसभित्र योगदान भएका पूराना नेता विष्ट नेता कार्यकर्तामा कमजोर पकडका छन् । उनी २०५१ को मध्यावधि निर्वाचन बागी भएर लडि सकेका छन् । मध्यावधि निर्वाचनपछि विष्ट पहिलो पटक आगामी निर्वाचनका लागि सिफारिश गरिएका छन् ।

साउँदसित काँग्रेसका निवर्तमान जिल्ला सभापति हरि प्रसाद बोहरा र प्रेम बयालर सिफारिश भएका छन् । सभापति बोहरा साउँदका लागि चुनौतीका रुपमा देखिएका छन् ।

लेखक समूहका बोहरा साउँदसंगै सिफारिश हुनलाई काँग्रेसभित्र लेखक साउँद समूहबीचको गम्भीर टकरावका रुपमा लिइएको छ । काँग्रेस संस्थापनका उनीहरु दुबैले कञ्चनपुरमा आफ्नै गुट चलाएका छन् । काँग्रेसमा यी दुई गुट पार्टीका सबै संरचनासम्म फैलिएका छन् ।

आगामी निर्वाचनका लागि विष्ट, बोहरा र बलायरले दावी गरी लेखक र साउँदलाई सर्वसम्मत सिफारिश हुनबाट रोकि दिएका छन् । उनीहरुले उम्मेदवारी दिएर पार्टीभित्र साउँद र लेखकले मात्रै उम्मेदवार हुने काँग्रेस परम्परा भत्काउन खोजेको सन्देश दिएका छन् ।

साउँद र लेखकले यस अघि २०७४ सम्म निर्वाचन लडेका छन् । साउँद २०५१ को मध्यावधि र लेखक २०६५ को आम निर्वाचनपछि चुनाव लड्दै अएका छन् । २०५१ को मध्यावधि निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३ बाट पराजित साउँद त्यसपछिका सबै चुनाव अन्य क्षेत्रबाट लडेका हुन् ।

उनी २०५१, २०५६, २०६४, २०७० र २०७४ गरी पाँच पटक चुनाव लडि सकेका छन् । २०५६ र २०७४ बाहेक अन्य तीन निर्वाचनमा साउँदले पराजय भोगेका छन् । मध्यावधि निर्वाचनमा काँग्रेसका बागीसित हारेपछि उनले निर्वाचन क्षेत्र छाडेका हुन् । अहिले क्षेत्र नं. २ बाट चुनाव लड्न सिफारिश साउँद कञ्चनपुरका सबै क्षेत्रबाट लडि सकेका छन् ।

भीमदत्त नगरपालिका २ का साउँदले यस पटक स्थानीय तह निर्वाचनमा मतदाता सारेर शुक्लाफाँटा नगरपालिका पुगेका छन् । अघिल्लो निर्वाचनमा उनी क्षेत्र नं. ३ का मतदाता थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा टिकट नपाएका लेखक २०५६ मा चुनाव लडेर क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । काँग्रेसका सभापति शेर बहादुर देउवाले मध्यावधि निर्वाचनमा साउँदलाई टिकट दिएका थिए ।

मध्यावधिमा लागि लेखक, साउँद र मान बहादुर सुनार इच्छा देखाएका थिए । देउवाले साउँदलाई टिकट लेखक र सुनार असन्तुष्ट भएका थिए । काँग्रेस छाडेर माओवादी बनेका सुनार त्यस विरुद्ध बागी उम्मेदवार भएका थिए । उनले साउँदको भन्दा बढी मत ल्याएका थिए ।

daimond public

मध्यावधि निर्वाचनमा हारेपछि लेखक र साउँदबीच राजनीतिक सम्बन्ध बिग्रिएको हो । साउँद हारका कारण आफ्नो निर्वाचन क्षेत्र छाडेर जान बाध्य भएका हुन् । पछि सुनार पनि काँग्रेस छाडेर माओवादी हुन पुगे । अहिले उनी सुदूरपश्चिम प्रदेश सरकारमा राज्यमन्त्री छन् । साउँद र लेखक भने काँग्रेस सभापति देवालाई साथ दिएर पार्टीमा सक्रिय भएर लागेका छन् ।

२०५६ मा पहिलो निर्वाचित लेखकले २०६४ मा संविधान सभा सदस्य चुनाव लड्न नपाएर समानुपातिकमा बसे । प्रधानमन्त्री देउवाले लेखकको क्षेत्रमा आउन इच्छा राखेपछि उनी पछि हट्न बाध्य भए । डडेल्धुरामा देउवाको हार जित टुङ्गो नभएपछि उनी तत्कालिन कञ्चनपुर ४ आए । देउवा चुनाव लड्ने भएपछि लेखक समानुपातिक बस्न बाध्य भए । उनी २०७० मा दोस्रो संविधान सभा सदस्य निर्वाचन लडेर निर्वाचित भए ।

२०७४ मा एमालेका साँसद डा. दिपक प्रकाश भट्टसित पराजित लेखक तीन पटक चुनाव लड्दा दुई पटक निर्वाचित भएका छन् । २०७४ सम्म उनी कञ्चनपुर क्षेत्र नं. ३ मा १८ वर्षसम्म निरन्तर सत्तामा बसेका छन् । उनी दुई पटक मन्त्री भएका छन् । अहिले फेरि उनी प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिश भएका छन् ।

लेखकलाई पराजित गर्ने एमाले साँसद भट्ट पनि प्रतिनिधि सभा सदस्यका लागि सिफारिश भएका छन् । एमालेले साँसद भट्टलाई दोहो¥याउन खोजे फेरि लेखक र भट्ट चुनावी प्रतिस्पर्धामा हुने भएका छन् । एमाले साँसद भट्ट आफ्नो कार्यकालमा गरिएका कामलाई निरन्तरता दिनका लागि दोहोरिन खोजेका छन् ।

काँग्रेस नेता लेखक यस पटक अघिल्लो हारको बदला लिन जसरी पनि जित्नै पर्ने दबावमा छन् । उनी स्थानीय तह निर्वाचनदेखि निर्वाचन क्षेत्रमा सक्रिय भएर लागेका छन् ।

काँग्रेसभित्र २०५१ देखि आगामी मंसिरमा हुने चुनावसम्म साउँद र लेखक मात्रै उम्मेदवार देखिएका छन् । पुरानो पार्टीभित्र वर्षौैदेखि एकै जना उम्मेदवार हुँदा नेता कार्यकर्ता असन्तुष्टि पोख्न थालेका छन् । पार्टीभित्र युवालाई अवसर दिनु पर्नेमा नेताहरु दबाव दिन थालेका छन् ।

एमालेले २०५१ पछि तीन जना नयाँ नेतालाई चुनावी मैदानमा उतारेको छ । यस अवधिमा २०५१ मा निर्वाचित उवादत्त पन्त सहित राजेन्द्र सिह रावल, निरुदेवी पाल र डा. दिपक प्रकाश भट्ट चुनाव लडेका छन् । उनीहरुमध्ये साँसद भट्टले चुनाव जितेका छन् ।

रावल र पाल संविधान सभा सदस्यका निर्वाचन लडेका हुन् । पन्त २०५१ पछि २०५६ र २०७० मा लडेर पराजित भएका छन् । एमाले छाडेका उनी नेकपा एकीकृत समाजवादीबाट कञ्चनपुर ३ का लागि एकल सिफारिश गरिएका छन् ।

शान्तिपूर्ण राजनीतिमा आएपछि संविधान सभा सदस्य चुनाव लडेको नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार हेरफेर गरी मैदानमा पठाएको छ ।

२०६४ को संविधान सभा सदस्य निर्वाचनमा जितेपछि २०७० मा माओवादीले मोहन गिरीलाई उम्मेदवार बनाएको थियो । प्रधानमन्त्री देउवासित हारेपछि नेता हरिश ठकुल्लालाई उप निर्वाचनमा लडेर निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा एमालेसित तालमेल भएपछि माओवादी केन्द्र प्रदेश सभा सदस्य लडेको थियो ।

यस पटक माओवादी केन्द्रले क्षेत्र नं. ३ बाट उम्मेदवार समेत सिफारिश गरेको छैन । अन्य दुई क्षेत्रबाट भने उम्मेदवार सिफारिश गरिएका छन् ।

काँग्रेस विपीका जिल्ला संयोजक प्रकाश बहादुर सिहले काँग्रेसभित्र बेथिति विरुद्ध बोल्ने हिम्मत नभएका नेता कार्यकर्ता हुँदा दुई जना बाहेक अरुले टिकट पाउन सक्ने अवस्था नभएको बताए ।

‘पार्टी त थिति विधि, नीति अनुसार चल्नु पर्छ, तब त पार्टीका अरु नेता कार्यकर्ताले पनि मौका पाउँछन्’ उनले भने,‘काँग्रेसभित्र त्यस्तो केही छैन, दुई नमर्दासम्म टिकट पाई रहन्छन् ।’

काँग्रेस छाडेर काँग्रेस विपी भएका सिह कञ्चनपुर काँग्रेसका संस्थापनक हुन् । दुई कार्यकाल कोषाध्यक्ष भएका उनी स्थानीय तह निर्वाचनमा भीनपा ४ बाट वडा सदस्य लडेर जिल्ला समन्वय समितिको प्रमुख हुने आकाँक्षा राखेका थिए । काँग्रेसले उनको आकाँक्षालाई वेवास्ता गरि दिएपछि उनी असन्तुष्ट नेता कार्यकर्ता लिएर काँग्रेस विपीमा लागेका छन् ।

Himal dental
सम्बन्धित
Loading...