कञ्चनपुर ३ ले यस पटक पनि चाहन्छ त चेन्ज, पाउन सक्छिन् त पाल मतदाताको साथ

महेन्द्रनगर । कञ्चनपुर ३ मा नेकपा (एमाले) बाट पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल प्रतिनिधि सभा सदस्य चुनाव लड्न लागेकी छन् ।

अघिल्लो निर्वाचनमा टिकटका लागि सिफारिश भएर समानुपातिक साँसद बनेकी पाल यस पटक प्रत्यक्षमा लड्न लागेकी हुन् । यस पटक पाल र अर्का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिश गरिएको थियो ।

janjyoti campus

अघिल्लो निर्वाचनमा पाल सहित डा. भट्ट र लिलाध्वज वस्नतेको नाम सिफारिश गरिएको थियो । यस पटक पालले टिकट पाएर चुनाव लड्न लागेकी छन् । पाल यस अघि २०६५ मा संविधान सभाको उप निर्वाचन लडेकी थिएन । नेकपा माओवादी केन्द्रका नेता कमल क्षेत्री निर्वाचित हुँदा उनी दुई हजार मत पछाडि भएर तेस्रो स्थान हासिल गरेकी थिइन् ।

काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी उनी भन्दा थोरै मतले मात्रै दोस्रो भएका थिए । २०६४ मा उनी सहित उर्वादत्त पन्त र राजेन्द्र सिह रावलको नाम सिफारिश गरिएको थियो । रावल चुनाव लडेका थिए ।

१३ वर्ष अघि उनी जिल्ला स्तरका समान्य नेताका रुपमा पहिलो पटक संविधान सभा उप निर्वाचन लडेकी थिइन् । चुनाव लड्न अघि भएको जिल्ला अधिवेशनमा उनी जिल्ला सचिवमा पराजित भएकी थिइन् । संविधान सभा निर्वाचनमा काँग्रेस सभापति शेर बहादुर देउवाले जितेर छाडेपछि उनी उप निर्वाचन लडेकी हुन् । देउवा चुनाव लडेपछि काँग्रेस नेता रमेश लेखक समानुातिक बसेका थिए ।

पहिलो पटक समान्य जिल्ला स्तरको नेताको रुपमा चुनाव लडेकी उनले अहिले भने एमालेको केन्द्रीय राजनीतिमा पकड बनाएकी छन् । जिल्ला सचिव हारेपछि युवा संघको केन्द्रीय अध्यक्षसम्म भएर पार्टी राजनीतिमा पकड बनाएकी उनी एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएर पोलिटब्युरो र जिल्ला इन्चार्ज भएकी हुन् । उनी अहिले फेरि कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैदानमा जान लागेकी छन् ।

‘२०६४ मा चुनाव लड्न सिफारिश गरिएको थिए, त्यस बेला म उप निर्वाचमा लडे, त्यति बेला नि जनताले राम्रो मत दिएको हो, जबकी मलाई त्यति बेला चुनाव के हो कस्तो हुन्छ कसरी लड्ने भन्ने कुरा पूर्ण रुपमा थाह थिएन’ उनले भनिन्,‘त्यति बेलाको माया ममता र साथ पाउने आशा राखेर म अहिले फेरि जनतामा जाँदैछु, मलाई विश्वास छ मलाई यस पटक जनताले जिताउने छन् ।’

२०७४ मा समानुपातिक साँसद भएपछि गरिएका काम, एमालेको बलियो पार्टी संगठन र मतदाताले यस पटक आफूलाई जिताउने उनको भनाई छ । ‘यस क्षेत्रका जनताले हरेक निर्वाचनमा चेन्ज खोजेका छन्, म एउटा महिला पनि हो, पहिला पनि चुनाव लडेर माया ममता पाई सकेको छु’ उनले भनिन्,‘त्यस कारण म यसु क्षेत्रका जनताले मलाई मौका दिनमा विश्वस्तु छु ।’

२०७४ मा निर्वाचित भएपछि पाल र निवर्तमान साँसद डा. भट्टले मझगाउँ विमानस्थल निर्माण, सुख्खा बन्दरगाह निर्माण, महाकाली कोरिडोर निर्माण, महाकाली प्रादेशिक अस्पताल सुधार, महाकाली नदीको चार पुलको जग्गा अधिग्रहण विवाद समाधान लगायतका काम अघि बढाएका छन् । एमाले उम्मेदवार पालले आफूहरुको पालामा थालिएका अधुरा कामलाई समेत पूरा गर्ने लक्ष्य लिएर मतदातासम्म जान लागिएको बताइन् ।

‘म धेरै त भन्दैन, यस क्षेत्रमा १८ वर्षसम्म हुन नसकेका काम हामी दुई जनाले पाँच वर्षमा गरेका छौ’ उनले भनिन्,‘भीमदत्तमा स्मार्ट सीटीका लागि बजेट विनियोजन, बाह्य चक्रपथ निर्माणका लागि ठेक्का बन्दोवस्ती लगायतका काम गरिएका छन्, विका र जनताको लागि गरिएका कामले जनता हामीलाई मत दिने छन् ।’

एमाले उम्मेदवार पालले निर्वाचनमा पार्टीका नेता कार्यकर्ता सबै परिचालन गरी चुनाव जित्ने लक्ष्य राखिएको बताइन् । ‘स्थानीय तह निर्वाचनसम्म पार्टी विभाजनको एक खालको असर थियो, अहिले छाडेर गएका नेता कार्यकर्ता पनि फर्कर आइ सकेका छन्’ उनले भनिन्,‘एकतावद्ध भएर जान्छौ, चुनाव जितिनेमा ढुक्क छौ ।’

एमालेबाट सुदूरपश्चिममा पाल र गौरी दुई जना प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष चुनाव लड्न लागेका छन् । ओली डोटीबाट चुनाव लड्न लागेकी छन् ।

भीमदत्त नगरपालिका १६ मा जन्मिएकी पाल २०५४ को स्थानीय निकाय निर्वाचनपछि एमालेमा पूर्णकालिन कार्यकर्ता भएकी हुन् । त्यस निर्वाचनमा उनकी श्रीमान स्वर्गिय मोहन पाल वडा नं. १७ को वडा अध्यक्षमा ४ मतले पराजित भएका थिए । उनी त्यति बेलासम्म शिक्षण पेशामा थिइन् । उनले तीन वर्ष बढी शिक्षण पेशामा बिताएकी थिइन् ।

२० वर्षपछि २०७४ मा भएको स्थानीय तह निर्वाचनमा भने उनले वडा जित हात पारेकी थिइन् । एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्दले वडा अध्यक्ष जितेका थिए ।

२०३२ मा जन्मिएकी उनले स्नातक तहसम्म अध्ययन गरेकी उनी २०६२÷०६३ का जन आन्दोलनमा घाइते भएकी थिइन् । राजनीति बाहेक सामाजिक संघ संस्थामा आवद्ध भएकी उनले अन्तर पार्टी महिलाको सञ्जालमा जिल्ला नेतृत्व गरि सकेकी छन् ।

एमालेको आठौं जिल्ला अधिवेशनमा प्रतिनिधि भएर सहभागी भएकी उनले युवा संघ र महिला संघमा केन्द्रीय कमिटीसम्म जिम्मेवारी वहन गरि सकेकी छन् । उनी २०७१ मा उमेर हदका कारण युवा संघबाट बाहिरिएकी हुन् । युवा संघको राजनीतिबाट बाहिर आएपछि उनी पार्टी राजनीतिमा सक्रिय भएर लागेकी छन् ।

समाज रुपान्तरण गर्ने लक्ष्य र सपना देखेर एमाले राजनीतिमा होमिएकी उनले एमालेमा उनले स्पष्ट वक्ताको पहिचान बनाएकी छन् ।

‘समाजमा अन्याय छ, अत्याचार छ, विभेद छ, महिलामाथि लैङ्गिक विभेद छ, असमानता छन्, यी सबै देखेर म राजनीतिमा लागेकी हुँ’ उनले भनिन्,‘समाज रुपान्तरण गरी समावेशी र समतामुलक समाज बनाउन लागि रहेको छु, त्यसमा सबै जनताको साथ आवश्यक छ ।’

ghar sansar
सम्बन्धित
Loading...