ghar sansar

कञ्चनपुर १ मा मगरले दुबैतिर किन राखिन काँग्रेस

महेन्द्रनगर । अघिल्लो निर्वाचनमा सहयोग भएर लडेका निवर्तमान साँसद विना मगर र तारालामा तामाङ्ग यस पटक प्रतिस्पर्धी भएर चुनावी मैदानमा होमिएका छन् । निवर्तमान साँसद सत्तारुढ गठबन्धनमा माओवादी र केन्द्र र तामाङ्ग एमालेबाट उम्मेदवार भएका छन् । उनीहरु दुबै जना अघिल्लो निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट चुनाव लडेका थिए ।

माओवादी केन्द्रका निवर्तमान साँसद मगर प्रतिनिधि सभा सदस्य चुनाव लड्दा तामाङ्ग प्रदेश सभा सदस्य लडेका थिए । उनीहरु दुबै जना निर्वाचित भएका थिए । यस पटक भने तामाङ्ग मगरसित चुनाव प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनबाट मगर तत्कालिन प्रतिपक्षीको काँग्रेसको सहयोगमा फेरि साँसद बन्ने लक्ष्य लिएर चुनावमा गएकी छन् ।

lotus institite

पुनर्वास नगरपालिका ३ का दुबै जना चुनाव जितेपछि मन्त्री भई सकेका छन् । मगर संघीय सरकारमा खानेपानी मन्त्री भएकी छन् । तामाङ्गले सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका हुन् ।

उनीहरु केही सर्वोच्च अदालतले पार्टी विभाजन गर्न अघिसम्म एकै पार्टी नेकपाका नेता भएका थिए । एमाले विभाजनपछि पार्टी छाडेका तामाङ्ग गत भदौमा एमाले फर्किएका हुन् । एमालेका पूर्व जिल्ला अध्यक्ष तामाङ्गलाई स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली आर्फंै महेन्द्रनगर आएका थिए ।

एमालेबाट तामाङ्ग उम्मेदवार भएपपछि निवर्तमान साँसद मगरले दुबै प्रदेश सभा काँग्रेसलाई दिएकी छन् । काँग्रेसबाट सहयोग पाउने विश्वास नभएपछि उनले पार्टी नेतृत्वलाई दबाव दिएकी थिइन् ।

काँग्रेसबाट प्रदेश सभा सदस्य उम्मेदवार भएका दिवान सिह विष्टले अन्तिमसम्म उम्मेदवारी नछाडेपछि मगर डराएकी हुन् । अघिल्लो निर्वाचनमा फराकिलो मत अन्तरले हारेका विष्ट मगरलाई रोकेर उम्मेदवार हुने अडानमा थिए । प्रधानमन्त्री शेर बहादुर देउवाले उनलाई मुख्यमन्त्री बनाउने आश देखाएर प्रदेश सभामा झारि दिएका छन् ।

माओवादीका उम्मेदवार मगरको अडानका कारण सत्तारुढ गठबन्धन भत्किएको छ । माओवादी केन्द्रले समाजवादीलाई दिन लागेको कञ्चनपुर ३ क आफूसित राखेपछि मगरको चाहना अनुसार दुबै प्रदेशमा काँग्रेस उम्मेदवार भएका छन् । ३ क मा समाजवादीका प्रकाश रावललाई उम्मेदवार बनाउने गरी छलफल अघि बढेको थियो ।

daimond public

माओवादी केन्द्रबाट एकल सिफारिश भएर उम्मेदवार भएकी मगर यस पटक सुरक्षित नदेखिएको नेताहरु बताउँछन् । एमालेबाट आएका बलिया उम्मेदवार तामाङ्ग, पार्टीभित्र मगरको एकलौटी, एमाले आएका माओवादीका नेता कार्यकर्ता र अघिल्लो निर्वाचन जितेर मन्त्री भएपछि निर्वाचन क्षेत्रमा खेलेको भूमिकाका कारण उनी कमजोर अवस्थामा पुगेकी छन् ।

चुनाव जितेपछि निर्वाचन क्षेत्रमा थोरै आएकी उनीमाथि बेलौरीलाई मात्रै ध्यान दिएको आरोप छ । खानेपानी मन्त्री भएपछि उनले निर्वाचन क्षेत्रमा देखिने गरी केही काम गर्न सकेकी छैन ।

‘धेरै कारणले मगर यस पटक मगर कमजोर छन्, काँग्रेसबाट पनि त्यति सहयोग पाउन सक्ने अवस्था छैनन्’ माओवादी केन्द्रका एक पूर्व नेताले भने,‘प्रचण्डको बुहारी भएका कारण उनलाई जिताउनु पर्छ भनेर लाग्ने पक्षमा कोही छैन, त्यो बाहेक जिताउनु पर्ने उनीसित केही छैन ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी भएका कारण मगरले निरन्तर टिकट पाउन थालेपछि धेरै माओवादी नेता पार्टी छाडेर अन्यत्र जान थालेका छन् । माओवादी नेताहरु बीर बहादुर थापा, मोहन गिरी, बलदेब सिह बुडाल, राधाकृष्ण जोशी, पदम पुजारा लगायतका नेता कार्यकर्ता एमाले आएका छन् ।

माओवादीको सशस्त्र जनयुद्ध लडेका थापा एमालेबाट प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पनि मैदानमा आएपछि साँसद मगर थप अप्ठेरोमा परेकी छन् । तामाङ्ग र मगर बाहेक निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि १० जना र प्रदेश सभा सदस्यका लागि १८ जना उम्मेदवार मैदानमा आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही, स्वतन्त्र उम्मेदवार खेम सुवेदी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राम किसन राना, स्वतन्त्र उम्मेदवार जगत बहादुर सायर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज जोशी, स्वतन्त्र उम्मेदवार हरिना देवी भट्ट र नेपाल मजदुर किसान पार्टीबाट नन्दा देवी जोशी उम्मेदवार भएका छन् । एमालेबाट टिकट नपाएपछि सुवेदी स्वतन्त्र उम्मेदवार भएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार भट्टले केही दिन अघि माओवादी केन्द्र छाडेकी थिइन् ।

प्रतिनिधि सभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नन्द कुमार रानाले मनोनयन दर्ता गराएको भए पनि स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने तथा विलम्ब बुझाउने उपर जरिवाना ठहर भएको हुँदा मनोनयन आइइआइएमएस प्रणालीमा दर्ता गरिएको छैन ।

प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ को २ मा एमालेबाट पल्लव राज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धिरज विक्रम सिंह, काँग्रेसबाट दिवान सिंह बिष्ट, स्वतन्त्र उम्मेदवार नेत्रलाल चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट काली चौधरी, स्वतन्त्र उम्मेदवार टेक बहादुर साउँद र नेपाल मजदुर किसान पार्टीबाट हर्क बहादुर क्षेत्री उम्मेदवार भएका छन् ।

प्रदेश सभा १ क मा सत्तारुढ गठबन्धनबाट काँग्रेसका बन्धु राना, एमालेबाट बीर बहादुर थापा, संघीय राष्ट्रिय दल मजुर लाल राना, राष्ट्रिय प्रजातन्त्र पार्टी खेमराज लामिछाने, नागरिक उन्मुक्ति पार्टी पल्टु राना र नेपाल मजदुर किसान पार्टी भागरथीदेबी रावल उम्मेदवार भएका छन् । यसैगरी एमालेका स्थिर प्रसाद घिमिरे र भक्त अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...