महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नंं. ३ सत्तारुढ गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक फेरि चुनावी मैदानमा आएका छन् । अघिल्लो चुनाव हारेका उनले यस पटक माओवादी केन्द्रको सहयोगमा साँसद हुने चाहना राखेका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य लेखकले कञ्चनपुर ३ बाट साँसद भएर १८ वर्ष सत्ता बसि बसेका छन् । २०७४ मा चुनाव हार्न अघि उनी २०७० र २०५६ मा साँसदमा निर्वाचित भएका थिए । २०६४ को पहिलो संविधान सभा सदस्य निर्वाचनमा उनी समानुपातिक साँसद भएका थिए ।
२०५६ देखि २०७४ सम्म साँसद भएका उनी दुई पटक मन्त्री भएका छन् । काँग्रेसबाट अढाई दशक अघि जितेका उनी फेरि यस पटक चुनावी मैदानमा होमिएका छन् ।
काँग्रेसबाट यस पटक लेखक र प्रेम बहादुर विष्ट उम्मेदवारका लागि सिफारिश गरिएका थिए । काँग्रेसले लेखकलाई टिकट दिएपछि उनी सत्ता गठबन्धनबाट उम्मेदवार भएका छन् ।
अघिल्लो निर्वाचनमा उनी विरुद्ध १८ वर्ष सत्तामा बसेर केही गर्न नसकेको गुनासो व्यापक भएको थियो । निर्वाचन क्षेत्रमा उनी विरुद्ध त्यहीं गुनासो व्यापक भएपछि उनी एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए ।
एमालेले यस पटक टिकट नदिएर पोलिटब्युरो सदस्य निरुदेवी पाललाई उम्मेदवार बनाएको छ । पाल यस अघि २०६५ मा संविधान सभा सदस्य उप निर्वाचन लडेकी थिइन् । उनी चुनाव लड्दा लेखक समानुपातिक साँसद भएका थिए ।
बहुदल पुनःस्थापनाका दुई निर्वाचन छाडेर लेखक सबै चुनाव लडेका छन् । २०५१ को मध्यावधि निर्वाचनबाट संसदका लागि दाबेदार उनी त्यसपछिका सबै चुनाव लडेका छन् ।
काँग्रेसले २०५१ मा लेखकलाई टिकट नदिएर अर्का केन्द्रीय सदस्य एनपी साउँदलाई उम्मेदवार बनाएको थियो । त्यस अघि २०४८ मा भने तत्कालिन निर्वाचन क्षेत्र नं. २ बाट काँग्रेसका तारणी प्रसाद चटौत निर्वाचित भएका थिए ।
काँग्रेसकै बागी मान बहादुर सुनारभन्दा कम मत आएपछि साउँद क्षेत्र छाडेर अन्यत्र गएपछि लेखक एकलौटी चुनाव लड्दै आएका छन् ।
२०५६ को आम निर्वाचन लडेका उनी २०६४ का प्रधानमन्त्री शेर बहादुर देउवा आएपछि लड्न रोकिएका थिए । त्यस बाहेक २०७०, २०७४ र अहिले २०७९ मा लेखकका काँग्रेसका उम्मेदवार भएका छन् । लेखकको एकलौटी विरुद्ध आएर विष्टले यस पटक उनलाई सर्वसम्मत हुन रोकि दिएका छन् ।
काँग्रेसमा लेखक विरुद्ध खुलेर जान नसके पनि नेता कार्यकर्ताले २०७४ को चुनावदेखि असन्तुष्टि पोख्न थालेका थिए । अहिले पाँच वर्ष अघिको असन्तुष्टि झन बढेर स्वतन्त्र उम्मेदवारीसम्म परेको छ । उनी विरुद्ध प्रतिनिधि सभा र प्रदेश सभामा काँग्रेस नेता कार्यकर्ताले उम्मेदवारी दिएका छन् ।
काँग्रेसमा लेखक सदावहार उम्मेदवार भएपछि नेता कार्यकर्ता मौन बसेर असन्तुष्टि साँध्ने पक्षमा देखिएका छन् । केहीले काँग्रेंस छाडेर स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो असन्तुष्टि पोखि सकेका छन् ।
काँग्रेसबाट २०४८ को आम निर्वाचनपछि कञ्चनपुर ३ मा तारणी प्रसाद चटौत, एनपी साउँद, शेर बहादुर देउवा र रमेश लेखक उम्मेदवार भएका छन् । त्यसमा साउँद बाहेक सबैले जितेका छन् । उनीहरुमा सबैभन्दा बढी तीन पटक चुनाव लडेर लेखक दुई पटक साँसद भएका छन् ।
काँग्रेसले अढाई दशकसम्म लेखकलाई उम्मेदवार बनाउँदा एमालेले नयाँ नेतालाई टिकट दिएर चुनावी मैदानमा पठाएको छ । एमालेबाट यस अवधिमा उर्वादत्त पन्त, राजेन्द्र सिह रावल, निरुदेवी पाल र डा. दिपक प्रकाश भट्ट उम्मेदवार भएका छन् । उनीहरुमध्ये पन्त र भट्टले चुनाव जितेका छन् ।
एमाले छाडेर समाजवादी भएका पन्त २०५१ को मध्यावधि निर्वाचनमा निर्वाचित भएका थिए । त्यसपछि उनी २०५६ र २०७० मा लडेका थिए । २०६४ को संविधान सभा सदस्य निर्वाचनमा राजेन्द्र सिह रावल र उप निर्वाचनमा निरुदेवी पाल चुनाव लडेका थिए । एमालेले यस पटक पनि निवर्तमान साँसद डा. भट्टलाई टिकट नदिएर पाललाई उम्मेदवार बनाएको छ । उनी २०७४ मा समानुपातिक साँसद भएकी थिइन् ।
अहिले साँसदका लागि सत्ता गठबन्धनबाट लेखक र एमालेबाट पाल प्रतिस्पर्धामा छन् । पाललाई राप्रपाको साथ दिएको छ । कञ्चनपुर ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ ।
चौथो पटक चुनाव लड्न लागेका लेखकले कञ्चनपुरलाई देशकै ठूलो व्यापारिक नाका बनाउने चुनावी एजेण्डा अघि सारेका छन् । उनी २०५६ मा साँसद निर्वाचित हुँदा बन्द भएको मझगाउँ विमानस्थल निर्माण कार्य २०७४ मा निर्वाचित भएपछि एमालेका निवर्तमान साँदस डा. दिपक प्रकाश भट्टले अघि बढाएका थिए ।