दोधारा । सीमामा हुने अपराध नियन्त्रण गर्न दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । दोधारा चँ“दनी नगरपालिकाको दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती थालेका हुन् ।
दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत खुला सीमाना गरिने संयुक्त गस्तीले सीमा अपराध नियन्त्रणका सहयोग पुगेको सुरक्षाकर्मीको भनाई छ् । मानव बेचबिखन, अबैध चोरी पैठारी र खुला सीमाना हुने अपराध नियन्त्रणमा संयुक्त गस्ती प्रभावकारी भएको सुरक्षाकर्मीको दाबी छ् ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चभोजस्थित सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टको सहकार्यमा उत्तराखण्ड सिसैया (भारत) बिओपीको टोली र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चभोजको टोलीले नेपाल–भारत सिमा स्तम्भ नं. ७९७÷१ देखि ७९७÷४ सम्म सयुक्त गस्ती गर्दै आएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चभोजका सई नवराज खड्काको कमाण्ड र उत्तराखण्ड सिसैया (भारत) बिओपीको टोलीका भेद प्रसाद शर्माको कमाण्डमा रहेको टोलीले नेपाल–भारत सिमा स्तम्भ नं. ७९७÷१ देखि ७९७÷४ सम्म सयुक्त गस्ती संचालन गरेको बताईएको छ् ।
‘सीमा हुने अपराध रोक्न परिचालित संयुक्त गस्ती प्रभावकारी छ’ उत्तराखण्ड सिसैया (भारत) बिओपीको टोलीका कमाण्डर भेद प्रसाद शर्माले भने‘यसले दशगजाको सुरक्षासंगै अपराध नियन्त्रणमा पनि सघाउ पुगेको छ ।’ सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि पनि नियन्त्रण हामीलाई नेपाली पक्षले मद्दत गरिरहेको उनले जानकारी दिए । दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा भारतको सुरक्षाकर्मी तुलनामा सशस्त्र प्रहरीको न्यून यूनिट भएपनि बेला बेला संयुक्त गस्ती प्रभावकारीता बढ्दो छ् ।
बिशेष गरी निर्वाचन, चाडपर्वको बेला दोधारा चाँदनी नगरपालिकाको दश गजा क्षेत्रमा संचालन हुने दुबै देशको सुरक्षाकर्मीको संयुक्त गस्ती परिचालन हुने गरेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कञ्चभोजका सई नवराज खड्काका अनुसार एसएसबीका विभिन्न युनिट संग मिलेर सशस्त्र प्रहरीले संयुक्त गस्ती गरिरहेका छन् ।
चाड पर्व र चुनावी सुरक्षा संगै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती गर्ने सहमति अनुसार संयुक्त गस्ती परिचालन हुने गरेको दुबै देशका सुरक्षा अधिकारीहरुले बताएका छन् । सयुक्त गस्तीको बेला अपराधिक घटनाका प्रगति बारेमा सूचना आदानप्रदान जस्ता विषय छलफल हुनाले संयुक्त गस्ती प्रभावकारी देखिएको उनीहरु बताउँछन् ।