ghar sansar

कञ्चनपुर ३ मा एमालेबाट दुई पटक महिला चुनावी मैदानमा आउँदासम्म काँग्रेसमा हुन सकेनन् टिकटका लागि सिफारिशसम्म

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर ३ मा सत्तारुढ गठबन्धनका काँग्रेस उम्मेदवार रमेश लेखक र एमाले नेता निरुदेवी पाल प्रतिनिधि सभा सदस्यका लागि मुख्य चुनावी प्रतिस्पर्धी भएका छन् । यस अघिका निर्वाचन लडि सकेका उनीहरु चुनावी प्रतिस्पर्धामा भने पहिलो पटक देखिएका हुन् । लेखक चौथो पटक चुनाव लड्न लागेका छन् । पाल दोस्रो पटक चुनावी मैदानमा छन् ।

एमाले पोलिटब्युरो सदस्य पाल २०६५ मा संविधान सभा सदस्य उप निर्वाचन लडेकी थिइन् । उनी निर्वाच लड्दा काँग्रेसका लेखक समानुपातिक साँसद भएका थिए । सशस्त्र जनयुद्ध छाडेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले चुनाव जितेको थियो । पालले चुनाव लडेको १० वर्षपछि २०७४ मा लेखक चुनाव लडेर एमालेका नितर्वमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए । उनी पराजित हुँदा पाल समानुपातिक साँसद भएकी हुन् ।

ratnam malkhad

लेखक त्यस बाहेक २०७० र २०५६ मा चुनाव लडेका थिए । उनी ती दुबै निर्वाचनमा निर्वाचित भएका थिए । यस पटक पनि उनी फेरि चुनावी मैदानमा आएका छन् । काँग्रेसबाट एकल २०५६ देखि चुनाव तीन पटक चुनाव लडि सकेका छन् । २०७४ सम्म एकल सिफारिश भएका उनी यस प्रेम विष्टका कारण सर्वसम्मत सिफारिशमा रोकिएका थिए । काँग्रेस टिकट दिएपछि उनी विरुद्ध काँग्रेसका महाधिवेश प्रतिनिधि दिपक बहादुर सिह र शारदा चन्द बागी उम्मेदवार भएका छन् ।

बहुदल स्थापनापछि २०४८, २०५१, २०६४, २०६५, २०७०, २०७४ र २०७९ सबै पुरुष उम्मेदवार भएका छन् । त्यसमा सबैभन्दा बढी लेखक उम्मेदवार भएका छन् । यस पटक भने उनी अधिकारकर्मी शारदा चन्द बागी उम्मेदवार भएर चुनावी मैदानमा आएकी छन् । उनलाई उम्मेदवारी फिर्ताका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले समेत आग्रह गरेका छन् ।

‘यतिका वर्षदेखि चुनाव भयो, एक जना मात्रै चुनाव लड्दै आएका छन्, अरुको मतलब नै छैन’ लेखक विरुद्ध बागी बनेका काँग्रेस महाधिवेशन प्रतिनिधि सिहले भने,‘पुरुषको त विजोग छ भने महिलाको त के कुरा, उम्मेदवारका लागि आकाँक्षा राख्ने समेत महिला देखिएन, यति पूरानो पार्टीको हालत यस्तै हुनु पर्ने हो त ।’

काँग्रेसले प्रतिनिधि सभा सदस्यका लागि दुई पुरुष सहित तीन जनाको नाम सिफारिश गर्नु पर्ने मापदण्ड बनाएको थियो । काँग्रेस जिल्ला कार्य समितिले महिला विना लेखक र पुरुषको नाम टिकटका लागि प्रदेश समितिमा सिफारिश गरेको थियो । बागी उम्मेदवार सिहले आफ्नो मापदण्ड अनुसार उम्मेदवार समेत सिफारिश गर्न नसक्ने अवस्थामा काँग्रेस पुगेकाले काँग्रेसमा महिला उम्मेदवारह हुने कल्पना पनि गर्न नसकिने बताए ।

‘एक महिला सहित तीन जनाको नाम पठाउने मापदण्ड त पालान भएन, त्यहाँ पनि पार्टीमा वर्षौदेखि सक्रिय महिला छन्, तर पनि मलतब गरिएन, यस हिसाबले काँग्रेसका महिला कहिले टिकट पाउने सम्भावना छैन’ उनले भने,‘पुरुष नै आउन सक्दैन भने महिलाको स्वभाविक हो, त्यहाँ त्यसरी बस्नु भन्दा स्वतन्त्र भएर पनि चुनाव लड्न नै ठिक हुन्छ ।’

कञ्चनपुर ३ क बाट सिफारिश भएका सिह पनि छलफल नगरी माओवादी केन्द्रलाई दिएपछि प्रतिनिधि सभा सदस्यमा बागी भएका छन् । उनले पार्टीमा पटक पटक चुनाव लड्ने प्रवृति विरुद्ध आफू मैदानमा आएको बताएका छन् ।
बहुदल स्थापनापछि यस क्षेत्रमा काँग्रेसबाट तारणी चटौत, एनपी साउँद, रमेश लेखक, शेर बहादुर देउवा र यज्ञराज जोशी चुनाव लडेका छन् । उनीहरुमा सबैभन्दा लेखक तीन पटक चुनाव लडेका छन् । उनी समानुपातिक साँसद पनि भएका छन् ।

एमालेबाट स्वर्गिय प्रेम सिह धामी, उर्वादत्त पन्त, राजेन्द्र सिह रावल, निरुदेवी पाल, डा. दिपक प्रकाश भट्ट चुनाव लडेका छन् । उनीहरुमध्ये एमाले छाडेका पन्त दुई पटक चुनाव लडेका छन् । पाल दोस्रो पटक चुनावी मैदानमा गएकी छन् । यस पटक एमालेबाट पाल र डा. भट्ट टिकटका लागि सिफारिश गरिएका थिए । अघिल्लो निर्वाचनमा पाल, भट्ट र लिलाध्वज वस्नेत टिकटका लागि सिफारिश गरिएका थिए ।

काँग्रेस महाधिवेशन प्रतिनिधि सिहले पार्टीको नीति, विचार,सिद्धान्त भन्दा आफ्नो गुट बलियो बनाउने गरी वडामा क्रियाशिल सदस्यता वितरण गरी एकलौटी बनाउने गरिएको बताए । ‘राम्रालाई तल वडादेखि रोकेर राखिन्छ, होनहार आउन पाउँदैनन्, गुनगान गाउने मात्रै ल्याइन्छ, यसले समानुपातिक समावेशी भन्ने कुरालाई वेवास्ता गरि दिन्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...