ghar sansar

कञ्चनपुरमा सत्ता गठबन्धन र एमालेबीच टक्कर

khasi

महेन्द्रनगर । कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि विभिन्न दल र स्वतन्त्र गरी ८० उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

सत्तारुढ गठबन्ध, एमाले सहित लोसपा, मौलिक जरोकिलो, कांग्रेस बिपी, नेमकिपा लगायत दलका उम्मेदवार चुनावी मैदानमा आएका छन् । ती सबै उम्मेदवारमा सत्तारुढ गठबन्धन र एमाले मुख्य प्रतिस्पर्धी हुने भएका छन् । अघिल्लो निर्वाचनमा तत्कालिन वाम गठबन्धन र काँग्रेस मुख्य प्रतिस्पर्धी थिए ।

निर्वाचन क्षेत्र नं. १ मा सत्तागठबन्धनबाट माओवादीकी केन्द्रकीय विना मगर उम्मेदवार भएकी छन् । माओवादी केन्द्रका अध्ययक्ष पुष्पकमल दाहालकी बुहारी उनी मगर अघिल्लो निर्वाचनमा वामा गठबन्धनबाट निर्वाचित भएकी थिइन् ।

उनीसंगै २०७४ को प्रतिनिधिसभामा विना मगर र प्रदेशमा तारा लामा तामाङ उम्मेदवार थिए र दुवै विजयी पनि भए । तर, यसपटक यी दुई आमनेसामने छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले १८ हजार ६ सय ६३, एमालेले १८ हजार पाँच सय ९९, माओवादीले १५ हजार आठ सय ६१, एकीकृत समाजवादीले तीन हजार चार सय ९८, राप्रपाले दुई हजार एक सय र अन्यले चार हजार ६० मत पाएका थिए ।

निर्वाचन क्षेत्र २ मा सत्तागठबन्धनबाट पूर्वमन्त्री एनपी साउद र एमालेबाट निवर्तमान सांसद नर बहादुर धामी मुख्य प्रतिस्पर्धी छन् । उनी २०७४ को निर्वाचनमा धामी माओवादी र एमालेको वामगठबन्धनबाट उम्मेदवार बनी निर्वाचित भएका थिए ।

dirghayi clinic

०७० मा कांग्रेस नेता साउदले एमाले नेता धामी र ०७४ मा एमाले नेता धामीले कांग्रेस नेता साउदलाई पराजित गरेका थिए । अघिल्लो प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा धामीले ३३ हजार दुई सय २० ल्याउँदा साउदले २४ हजार आठ सय ३९ मत पाएका थिए ।

गत स्थानीय तह निर्वाचनमा भने यो निर्वाचन क्षेत्रमा वडाहरूको मत जोड्दा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादीले १३ हजार चार सय ७८, समाजवादीले चार हजार ६ सय ६७, राप्रपाले ३ हजार सात सय ४६, अन्य दलले तीन हजार सात सय ८२ मत ल्याएका थिए ।

निर्वाचन क्षेत्र ३ मा सत्तागठबन्धनका तर्फबाट कांग्रेस नेता पूर्वमन्त्री रमेश लेखक उम्मेदवार छन् । यहाँ एमाले र राप्रपाको गठबन्धनबाट निवर्तमान सांसद निरुदेवी पाल उठेकी छिन् । यी दुईबीच नै मुख्य प्रतिस्पर्धाको अनुमान गरिएको छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले–वाम गठबन्धनका उम्मेदवार डा. दीपकप्रकाश भट्टसँग कांग्रेसका उम्मेदवार लेखक जम्मा दुई सय ५८ मतले पराजित भएका थिए । यस निर्वाचन क्षेत्रमा एमाले र राप्रपा चुनावी तालमेल गरी चुनावी प्रतिस्पर्धामा छन् ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा क्षेत्रमा पर्ने वडाहरूका प्राप्त मतअनुसार कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले २२ हजार ५८ मत पाउँदा एमालेले १५ हजार आठ सय १६, माओवादीले सात हजार आठ सय ८३, एकीकृत समाजवादीले दुई हजार पाँच सय, राप्रपाले ६ हजार दुई सय ८० र अन्य दलले दुई हजार चार सय मत ल्याएका थिए ।

नेपाली काँग्रेस कञ्चनपुर सचिव हेमराज ओझाले स्थानीय तह निर्वाचनको मतका आधारमा सत्ता गठबन्धन बलियो देखिए पनि यसैका आधारमा चुनाव जित्न सकिने अवस्था नहुने बताए ।

‘स्थानीय तह निर्वाचनको माहौल, मुद्दा, विषय यस चुनावमा फरक हुन सक्छन, ती मत अहिले नआउन सक्छन्’ उनले भने,‘त्यहीं भएर चुनावमा यस्तै नै हुन्छ भनेर त कसरी भन्न सकिन्छ र ।’

Himal dental
सम्बन्धित
Loading...