ghar sansar

मझगाउँ विमानस्थल सञ्चालनमा सरकारकै हस्तक्षेप, सेनाले रत्न वाटिकामा तारबार गरेपछि निर्माण कार्यमा फेरि अन्यौल

महेन्द्रनगर । मझगाउँ विमानस्थल सञ्चालनका लागि सुरु गरिएको निर्माण कार्य ८ महिनापछि फेरि अन्यौलमा परेको छ । विमानस्थल विस्तारका लागि चाहिने जग्गामा सेनामा तारबार गरेपछि निर्माण कार्य अवरुद्ध हुने चिन्ता देखिएका छन् । अघिल्लो सरकारले अघि बढाएको विमानस्थल सञ्चालनका लागि गत चैतमा शिलान्यास गरिएको थियो । शिलान्यासछि निर्माण कार्यमा सैनिक हस्तक्षेप देखिएको थियो ।

निर्माण कम्पनीका मजदुरलाई नियन्त्रणमा लिएर हस्तक्षेप अघि बढाएको सेनाले अहिले आफैंसित गरिएको सहमति विपरित जग्गामा तारबार गरेको छ । सेनाले केही वर्ष अघि विमानस्थलको जग्गाको आफूले पूर्जा बनाएको थियो । विमानस्थल पुनः सञ्चालनको कार्य अघि बढेपछि मात्रै सेनाले पूर्जा बनाएको खुलेको थियो ।

lotus institite

महेन्द्रनगर विमानस्थल आयोजनाका प्रमुख मिनराज ओझाले राजनीतिक दल सहित सेनासंग छलफल गरी विमानस्थल सञ्चालनका लागि निर्माण कार्य अघि बढेको बताए । ‘सबै पक्षसित छलफल गरी निर्माण कार्य अघि बढेको हो, त्यहाँ तारबार हालेपछि काम गर्न असहज नै हुन्छ’ उनले भने,‘त्यसपछि छलफल गरेर नै हल गरी अघि बढ्नु पर्ने हुन्छ ।’

अहिले एक किलोमिटर धावन मार्गको निर्माण कार्य सुरु गरिएकाले तारबार गरिएको क्षेत्र काम गर्दा सहमति हुन सक्ने उनले बताए । ‘अहिले एक किलोमिटर धावन मार्गको काम भई रहेको छ, त्यहाँ पुग्दासम्म केही निकास निस्कला’ उनले भने,‘सेनाले बनाउनै दिदैँनौ भनेपछि केही उपाय त आउला ।’

विमानस्थल पुनः सञ्चालनमा ल्याउन एक हजार ५ सय २५ मिटर लम्बाईको धावनमार्ग चाहिने भएपछि सेनाको २५ नं. बाहिनीसित छलफल गरी अनौपचारिक सहमति गरिएको थियो । त्यस अनुसार सेनाको खेल मैदानसम्म विमानस्थल विस्तार हुने भएको छ । विमानस्थल स्वामित्वको यहीं जमिन सेनाले संकटकालमा प्राधिकरणलाई जानकारी नदिएको आफ्नो नाममा दर्ता गराएको थियो ।

मन्त्री परिषद्को निर्णय सेनाको नाममा भएको जमिन बदर गरी प्राधिकरणको नाममा फिर्ता ल्याउन नसकिने अवस्था छ । विमानस्थल आयोजना प्रमुख ओझाले मन्त्रीपरिषद्बाट निर्णय आउन अघि सेनासित छलफल गरी विवाद हल गर्न पर्ने बताए ।

daimond public

‘सबैको सहमतिमा विमानस्थल सञ्चालनको कार्य अघि बढेको हो, यसमा अवरोध कही कतैबाट अवरोध हुनु हुन्न’ उनले भने,‘अवरो भए त कसरी काम गर्न सकिन्छ र ।’

पञ्चायतकालमा सञ्चालन भएको विमानस्थल २०५६ मा बन्द भएको थियो । २०७४ को निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले विमानस्थल सञ्चालन गर्ने चुनावी प्रतिवद्धता गरेका थिए । त्यस अनुसार उनले तत्कालिन नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानस्थल ल्याएर सञ्चालन कार्य अघि बढाएका थिए ।

साँसद भट्टले विमानस्थल सञ्चानलमा एमालेका निवर्तमान साँसद निरुदेवी पाल, प्रदेश सभा सदस्यहरु मान बहादुर सुनार, प्रकाश रावल र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टबाट सहयोग पाएका थिए । भीमदत्तका मेयर विष्टले विमानस्थल पश्चिमको सडक कालोपत्रे, तारबार र निर्माण खर्चमा १५ प्रतिशत साझेदारी लगानी गरेका थिए ।

तीन वर्षभित्र पूरा गर्ने गरी ४५ करोड ६६ लाखमा कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभीले ठेक्का लिएका छन् । पहिलो चरणमा धावन मार्ग, टयाक्सी वे लगायतका संरचना निर्माण गर्न लागिएका छन् । यस वर्ष टर्मिनल भवनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

सेनाले आफ्नो क्षेत्रमा पर्ने रत्न वाटिकामा तारबार गरेपछि निर्माण कार्य अवरुद्ध हुने चिन्ता बढेको हो । यस अघि विमानस्थल सञ्चालनका लागि तीन तहका सरकारबीच सहकार्य भएको थियो ।

त्यस अनुसार ५० प्रतिशत नागरिक उड्डयन प्राधिकरण, २५ प्रतिशत सुदूरपश्चिम प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाले लगानी साझेदारी गरेका छन् ।

मझगाउँ विमानस्थल पुनःसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदूरपश्चिममा पर्ने कञ्चनपुरको पर्यटन विकासको ढोका खोल्ने बताए ।

विमानस्थल बन्द भएपछि हवाई यातायातका लागि वासिन्दाले कैलालीको धनगढी विमानस्थल जानु पर्ने बाध्यता छ ।

Himal dental
सम्बन्धित
Loading...