ghar sansar

कञ्चनपुर ३ मा गठबन्धन सरकारबाट रोकिएका विकास योजना नै सत्ता गठबन्धन उम्मेदवारका चुनावी एजेण्डा

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा रोकिएका विकास योजना सत्ता गठबन्धन उम्मेदवारका चुनावी एजेण्डा भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा थालिएका ती योजनाको काम पछिल्लो समय रोकिएको छ ।

सत्ता गठबन्धनको सरकार बनेपछि ओली नेतृत्वको सरकारले अघि सारेका केही योजना कटौती समेत गरेको छ । बजेट सुनिश्चिता सहित आएको महेन्द्रनगर स्मार्ट सिटीको योजना गठबन्धन सरकारले प्रतिस्थापन बजेटबाट कटौती गरेको थियो ।

lotus institite

महेन्द्रनगर स्मार्ट सिटी बाहेक अन्य रोकिएका योजना अहिले सत्ता गठबन्धनका उम्मेदवारले चुनावी एजेण्डा बनाएका छन् । दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महेन्द्रनगर विमानस्थल र महाकाली कोरिडोरको निर्माण रोकिएको छ । ती तीन ठूला योजनाको काम अघिल्लो सरकारको पालामा अघि बढेको थियो । अहिले यी तिनै योजनाका काम रोकिएका छन् ।

२०५६ देखि वन्द मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि २०७४ को निर्वाचनपछि कार्य अघि बढेको हो । एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले चुनावी प्रतिवद्धता अनुसार संघ, प्रदेश र स्थानीय सरकारसित समन्वय गरी विमानस्थल सञ्चालन अघि बढाएका हुन् ।

सेनासित सम्झौता गरी अघि बढेको विस्तार कार्य पछिल्लो पटक सेनाबाट अवरोध झेल्नु पर्ने अवस्थामा पुगेको छ । सैनिक ब्यारेकको रत्न वाटिका क्षेत्रमा तारबार गरिएपछि विमानस्थल विस्तार कार्य अनिश्चित बनेको छ । एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट माओवादी केन्द्रमा हुँदा यस अघि विमानस्थल सञ्चालनका लागि कार्य अघ बढाईएको थियो ।

२३ वर्ष अघि सुरु गरिएको महाकाली कोरिडोरको ब्रह्मदेब कौवानी खण्डमा अघिल्लो वर्षमा मात्रै निर्माण सुरु गरिएको थियो । वातावरणी प्रभाव मूल्याङ्कन प्रतिवेदन नभएर वर्षौदेखि सडक निर्माण रोकिएको थियो ।

daimond public

एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट, प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले कोरिडोर निर्माणका लागि सक्रियता देखाएका थिए । ठेक्का भएर निर्माण सुरु गरिएको कोरिडोर अहिले अलपत्र परेको छ ।

कोरिडोर निर्माणमा प्रयोग गरिएका साधन केही दिन अघि मात्रै फर्केका छन् । २०६६ मा निर्माण सुरु गरिएपछि पनि कोरिडोरमा अवरोध गरिएको थियो ।

महाकाली कोरिडोरलाई सुख्खा बन्दरगाहसम्म जोड्ने गरी अघिल्लो सरकारले काम अघि बढाएको थियो । भीमदत्त नगरपालिकाका तत्कालिन मेयर विष्टले कोरिडोरको अन्तिम विन्दु ब्रह्मदेबबाट गड्डाचौकीसम्म जोड्ने सडक निर्माण अघि बढाएका थिए । गड्डाचौकीबाट कोरिडोरलाई ६ लेन रामाजर्गसित जोडेर सुख्खा बन्दरगाहसम्म पुगाउने लक्ष्य लिएर काम सुरु गरिएको थियो ।

दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा प्रस्ताव गरिएको सुख्खा बन्दरगाह बन्न नदिन २०७४ को चुनावपछि ढुङ्गामुढा गरिएको थियो । सुख्खा बन्दरगाह बन्न नदिन ढुङ्गामुढा भएपछि दोधारा चाँदनी नगरपालिका १ मा सारी कार्य सुरु भएको थियो ।

एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा उनले सुख्खा बन्दरगाह घोषणा गरेका थिए । उनले केपी ओली नेतृत्वको सरकारको हुँदा बन्दरगाह निर्माण कार्य शिलान्यास गरेका थिए । सुख्खा बन्दरगाह घोषणा भएपछि महाकाली नदीमा पक्की पुल र त्रिदेशीय नाका बनाउने विषय चुनावी एजेण्डा बनाउन थालिएको छ ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनले सुख्खा बन्दरगाह, त्रिदेशीय नाका, महाकाली नदी चार पुल, महाकाली कोरिडोर, मझगाउँ विमानस्थल सञ्चालन लगायतलाई चुनावी एजेण्डा बनाएको थियो । तत्कालिन वाम गठबन्धनका सबै उम्मेदवार चुनावमा निर्वाचित भएका थिए ।

एमालेका निर्वमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित काँग्रेसका पूर्व मन्त्री रमेश लेखक फेरि प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् । उनलाई सत्ता गठबन्धनको साझेदार माओवादी केन्द्रले साथ दिएको छ । प्रदेशमा काँग्रेसका बेल बहादुर राना र माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट उम्मेदवार भएका छन् ।

सत्ता गठबन्धनले रोकिएका विकास योजना बाहेक त्रिदेशीय नाका बनाउने, भीमदत्तमा चक्रपथ बनाउने, महाकाली र जोगबुडा नदीमा तटबन्ध निर्माण गर्ने, भीमदत्तमा चुरे क्षेत्रका नदी नियन्त्रण गर्ने र धार्मिक पर्यटकीय क्षेत्रको विकास गरी पर्यटकीय गन्तव्य बनाउने विषय चुनावी एजेण्डा बनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...