ghar sansar

यस्ता चुनावी प्रतिवद्धता बोकेर चुनावी मैदानमा होमिएका छन् संविधान सभा सदस्य राना

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ ख मा संविधान सभा सदस्य कृपाराम राना प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । एमालेका केन्द्रीय सदस्य राना २०७० मा सविधान सभा सदस्य भएका हुन् । यस पटक उनी विभिन्न चुनावी प्रतिवद्धता सहित प्रदेश सभा सदस्यमा उम्मेदवार भएका छन् ।

बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माविका पूर्व शिक्षक राना शिक्षण छाडेर सक्रिय राजनीतिमा आएका हुन् । विद्यार्थी जीवनदेखि एमालेमा सक्रिय उनी पार्टीका विभिन्न जिम्मेवारी पूरा गर्दै केन्द्रीय सदस्य भएका छन् ।

lotus institite

उनी विभिन्न राष्ट्रिय एव चुनावी एजेण्डा अघि सारेका छन । राष्ट्रियता, सम्बृद्धि, लोककल्याणकारी राज्य, पारदर्शी सुशासन सहित स्थानीय विकासका एजेण्डा अघि सारेका छन ।

रानाले दैजीदेखि छेलासम्म चारलेन पक्की सडक, दैजी औद्योगिक क्षेत्र पुर्णाता दिने, बेदकोट, शुक्लाफाँटा नगरका विभिन्न नदी कटानी नियन्त्रण गर्ने, किसानलाई लालपुर्जा वितरण, आरक्षपीडितको पुर्नस्थापना, कृषि प्रणालीमा सुधार, अदृश्य बेरोजगारी हटाउने, खेलकुद विकास, शैक्षिक स्तरबृद्धि, ऐतिहासिक धार्मिक साँस्कृतिक पर्यटनको प्रर्बद्धन गर्दै क्षेत्रलाई सम्बृद्धि बनाउने एजेण्डा अघि सारेर गाँउ गाँउमा प्रचारमा निस्किएका छन ।

daimond public

े२०५२ मा शारदा मावि कक्षा ८ मा अध्ययन गर्नेक्रममा राना एमाले निकट अनेरास्ववियूमा जोडिएका थिए । त्यसपछि ०५७ सालमा तत्तकालिन दैजी गाविस एमाले सल्लाहकार थिए । ०५८ देखि ०७० सम्म शिक्षण गरेका राना एमाले निकट राष्ट्रिय शिक्षक संगठन जिल्ला सदस्य हुँदै बुद्धिजिवी परिषद्को समेत जिम्मेवारी वहन गरि सकेका छन् ।

रष्ट्रिय शिक्षक संगठन दैजी सुडाका इन्चार्ज भएका राना ०५८ सालमा पार्टी जिल्ला सदस्य, ०७२ सालमा पार्टीको केन्द्रीय स्थानीय तह विभाग सदस्य, ०७४ मा एमाले प्रदेश कमिटि सदस्य, ०७५ मा एमाले–माओवादी एकता भएर बनेको नेकपाको समेत प्रदेश सदस्य भएका थिए ।

०७८सालदेखि एमाले केन्द्रीय सदस्य भएका रानाले अहिले प्रदेश सभा सदस्यको यात्रा तय गरेका हुन् । एमालेका रानासित सत्ता गठबन्धनका लाल बहादुर खडका र बहादुर सिह थापा सहितका प्रतिस्पर्धी छन् ।

संविधान सभा सदस्य हुँदा उनले विधायन समिति र संसदीय विशेष समितिको सदस्य भएका थिए । कैलाली कञ्चनपुरका रहेका राना राना समुदायको आदिवासी जनजातिमा सुचिकृत, भाषा सुचिकृत, राना समुदायले खख्डेहरा पर्वको सार्वजनिक विदा दिलाउनका भूमिका निर्वाह गरेका थिए ।

‘मैले मेरै राना थारु समुदायलाई आदिवासी जनजातिमा सुचिकृत गराउन खेलेको भूमिकापछि सरकारले २० माघ ०७६मा राना थारु समुदाय आदिवासीमा सुचिकृत भए, ‘उनले भने, ‘त्यसपछि १६ कार्तिक ०७६मा भाषा सुचिकृत भयो ।’ अहिले राना समुदायको होली पर्व(खख्डेहरा)मा सार्वजनिक विदा दिएको छ ।’

Himal dental
सम्बन्धित
Loading...