ghar sansar

नगर सभाकै निर्णय मिचेर भीमदत्त आफैंले यसरी गर्दैछ महाकालीमा अवैध दोहन

प्रवक्ता भन्छन्– आइए वा इआई गर्न ढिलो भयो, हाकिम भन्छन्– आइए वा इआई गर्न नसकेर ठेक्का लगाउन सकिएन

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगर सभाको निर्णय विपरित ठेक्का प्रक्रिया सुरु नगरी महाकाली नदीबाट रोयल्टी संकलन गर्न थालेको छ । भीमदत्तको गत असारमा गरिएको नगर सभाबाट ठेक्का व्यवस्थापन हुन नसकेपछि जनशक्ति परिचालन गरी रोयल्टी संकलन गर्ने निर्णय गरिएको थियो ।

नगर सभाको निर्णय विपरित भीमदत्त नगरपालिकाले गत असोज १ गतेदेखि कर्मचारी परिचालन गरी रोयल्टी संकलन गर्न थालेको हो । ठेक्का प्रक्रिया सुरु नगरी नगरपालिका नगर सभाको निर्णय विरुद्ध उभिएको हो ।

lotus institite

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले इआए वा आइइई हुन नसकेपछि ठेक्का गर्न नसकेर कर्मचारीबाट रोयल्टी संकलन गर्न थालिएको बताए । ‘इआए वा आइइई गर्न नसकेर ठेक्का खोल्न सकिएन, त्यस कारण जनशक्ति लगाएर संकलन गरि रहेका छौ’ उनले भने, ‘अब यी प्रक्रिया पूरा भएपछि मात्रै ठेक्कामा जान्छौ ।’

भीमदत्त नगरपालिकामा महाकाली नदी सहित सबै खोलानालाको गत भदौमा इआए र वा आईआईको म्याद सकिएको थियो । नगरपालिकाको नयाँ नेतृत्वले जनशक्ति परिचालनबाट संकलन गर्ने नियतले रोयल्टी ठेक्कामा वास्ता नगरेपछि ठेक्का लगाउन नसकिने अवस्था आएका हो ।

‘यहाँ जनप्रतिनिधिले नगरपालिका हेरेन, व्यक्तिगत फाईदा हेरे, नगर सभाको निर्णय पनि त्यसै नियत अनुसार गरिएको छ, बाहिर दोषबाट बच्न ठेक्कामा जाने त भनियो’ भीमदत्तका एक जनप्रतिनिधिले भने,‘तर त्यसको प्रक्रियामा नगएर उठाउन थालियो ।’

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत गौलीले पनि नगरपालिकाले बाध्यतात्मक अवस्थामा रोयल्टी संकलन गर्न पर्ने अवस्था आएको बताए । ‘असोज १ गतदेखि खोलानाला खुलि हाले, नगरी नहुने भयो’ उनले भने ।

भीमदत्तले दुई महिनादेखि अवैध रुपमा रोयल्ट संकलन गर्दै आए पनि जिल्ला समन्वय समिति सहितका नियामक निकाय मौनता साँधेर साथ दिएका छन् ।

अवैध उत्खन्न अनुगमन समितिका संयोजक जिल्ल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा आफैं चुपचाप बसेका छन् । समन्वय समिति प्रमुख र भीमदत्तका मेयर दुबै काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकको चुनावी प्रचारमा सक्रिय भएका छन् ।

daimond public

भीमदत्तमा रोयल्टठी रकम संकलनका लागि नगर प्रहरी परिचालन गरिएका छन् । भीमदत्तको राजश्व तथा प्रशासन शाखाले नगर प्रहरीका इन्चार्जसित समन्वय नगरी नगर प्रहरी छनौट गरेको थियो । बजार क्षेत्र व्यवस्थापन लगायतका कामका लागि राखिएका प्रहरी समन्वय नगरी रोयल्टी संकलनमा खटाएपछि प्रमुख प्रशासकीय अधिकृत गौलीसम्म असन्तुष्टि पोखिएको थियो ।

भीमदत्तमा गत जेठ ५ गते निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकाल सकिएपछि काँग्रेसका जिल्ला सभापति पदम बोगटी जेठ ९ गते पदभार सम्हालेका हुन् । मेयर बोगटीले पहिलो वर्षमा महाकाली नदीमा रोयल्टी ठेक्का लगाउन नसकेका हुन् ।

अघिल्लो वर्ष ६ करोड बढी आम्दानी भएको ठेक्का नभएपछि यस वर्ष भीमदत्तको आन्तरिक आम्दानी गुम्ने खतरा देखिएको छ । दुई महिनादेखि नगर प्रहरी पुग्न अगावै सयौ गाडी नदीजन्य सामाग्री लिएर बाहिरिने गरेका छन् ।

भीमदत्तको आन्तरिक स्रोतमा रोयल्टी सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । संघीय शासन व्यवस्था सुरु हुन अघिसम्म तत्कालिन जिल्ला विकास समितिले रोयल्टी रकम संकलन गर्दै आएको थियो । २०७४ को स्थानीय तह निर्वाचनपछि रोयल्टी रकम संकलन जिम्मा स्थानीय सरकारलाई दिइएको हो ।

भीमदत्तले गत असारमा सम्पन्न नगर सभाबाट महाकाली नदी सहितका खोला नालाको ईआईई र आईईई गर्ने निर्णय पारित गरेको छ । ईआईई र आईईई नगर्दासम्म नदीजन्य पदार्थ संकलनका लागि नदी क्षेत्रमा प्रवेश गर्नु अवैध मानिन्छ ।
नदीजन्य पदार्थ संकलनलाई वैज्ञानिक र व्यवस्थित गर्न मूल्यांकन नगरी हुँदैन । कुन क्षेत्रबाट कति घनमिटर नदीजन्य पदार्थ संकलन गर्ने र वातावरणमा प्रभाव पर्न नदिन के–के गर्ने भन्ने विषय ईआईई र आईईईमा समावेश भएको हुन्छ । ईआईई र आईईई विना नै नदीजन्य पदार्थ संकलन गर्दा बाढी, डुबान, कटान र भूक्षयको खतरा हुने विशेषज्ञहरु बताउँछन् ।

महाकाली नदीबाट ढुंगा, गिट्टी, बालुवा संकलन भइरहेकोबारे मेयर बोगटी बेखबर छन् । टेलिफोनबाट उनीसामु जिज्ञासा राख्दा उनले भने, ‘मलाई जानकारी छैन । महेन्द्र खड्कालाई फोन गर्नुस्, वहाँ प्रवक्ता हो ।’

भीमदत्त नगरपालिकाका महेन्द्र खड्काले ईआईई गर्ने काम प्रक्रियामा रहेको र कर्मचारी मार्फत रोयल्टी उठाइरहेको जानकारी दिए । ‘ईआईई गर्न अलि ढिलो भयो,’ उनले भने । कर्मचारी मार्फत रोयल्टी उठाउने निर्णय नगर कार्यपालिका बैठकबाट भए÷नभएकोबारे उनले स्पष्ट जानकारी दिन सकेनन् । कार्यपालिका बैठकमा उनी समेत सदस्य हुन्छन्, उनले भने, ‘मलाई थाहा भएन, म फिल्डमा छु ।’

भीमदत्तले ठेक्का खोल्न नसकेपछि दोधारा चाँदनी नगरपालिका आफ्नो क्षेत्रमा एक करोड १८ लाखको ठेक्का खोलि सकेको छ । यस अघि भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले रोयल्टी बाँडफाँट सम्झौता गरी रोयल्टी संकलन गर्दै आएका थिए ।

एमालेका जिल्ला अध्यक्ष विष्टको कार्यकालमा दोधारा चाँदनी नगरपालिकासित सम्झौता भएको थियो । दोधारा चाँदनीले रोयल्टी बाँडफँटबाट वार्षिक ४८ लाख रकम पाएको छ । त्यस अघिका दुई वर्ष आफैं संकलन गर्दा १५ लाखसम्म मात्रै आम्दानी गरेको थियो ।

भीमदत्तमा नयाँ नेतृत्व आएपछि दोधारा चाँदनी नगरपालिकाले गत वर्षको रोयल्टी बापतको रकम पाउन सकेको छैन । त्यसका लागि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु तीन पटक भीमदत्त नगरपालिका पुगि सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...