ghar sansar

एमाले उम्मेदवार विष्ट भन्छन् –जनताले हामीलाई काम गर्न सक्छन् भनेर विश्वास गरेका छन्, हामी त्यो विश्वास टुट्न दिने छैनौं

khasi

महेन्द्रनगर । प्रतिनिधि र प्रदेश सभा चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरु मतदाता रिझाउन अन्तिम प्रयासमा व्यस्त भएका छन् । दल र स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा माहौल सिर्जना गर्न प्रचारप्रसार गर्ने देखि मतदाताको घरदैलोमा जाने कार्यक्रमलाई तीव्र बनाएका छन् ।

कञ्चनपुरको क्षेत्र नं. ३ प्रदेश सभा २ मा नेकपा एमालेका तर्फबाट सुरेन्द्र विष्ट प्रतिस्पर्धा गरिरहेका छन् । उनी एमाले कञ्चनपुरका अध्यक्ष समेत हुन् । ०७४ को स्थानीय तह चुनावमा जिल्लाको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकाको मेयरमा विष्ट निर्वाचित भएका थिए। यसपटक उनी प्रदेश सभाको लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

Anant bahu travels

मत माग्न घरदैलोमा जाँदा मतदाताको मनोविज्ञान कस्तो पाउनुभएको छ  ?

विकास र समृद्धिको लामो समयदेखिको जनआंकाक्षा पुरा हुन्छ भन्ने कुरामा सम्पूर्ण मतदाता विश्वस्त छन् । एमाले र राप्रपाको तालमेल भएको छ, तालमेलका आधारमा मैले उम्मेदवारी दिएको छुँ। यो उम्मेदवारीका सम्बन्धमा अनुमोदन गर्न सम्पूर्ण मतदाता आतुर छन् ।

तपाईका मुख्य एजेण्डा के के हुन ?

राष्ट्र निर्माणका निम्ति हामीले राजनीतिक जनक्रान्ति सम्पन्न ग¥यौं, अब सामाजिक र आर्थिक जनक्रान्ति सम्पन्न गर्नुपर्ने छ। त्यसका लागि सबैलाई उत्पादनसँग जोडेर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु पर्ने छ । त्यसका निम्ति सबै ठाउँको तीव्र विकास आवश्यक छ। अहिले पनि सुकुम्बासी समस्या समाधान हुन सकेको छैन। जग्गा आफ्नो छ तर लालपुर्जा छैन। नागरिकता छ, जमीन छैन । बाढी आउने ठाउँ, खोलाकिनार, उत्पादन नहुने ठाउँमा गरिब, किसानहरुले कठिनपूर्ण जिन्दगी बिताइरहेका छन् । उनीहरुलाई सुरक्षित आवास दिनुछ, सुरक्षित बस्ती हस्तान्तरण गर्नुछ । हामीले राष्ट्रिय स्वाभिमानको कुरा गरेका छौं।

लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेका छौं । अब त्यो भूमिबाट भारतीय सुरक्षा फौजलाई फिर्ता गर्नुछ । मेरो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने दोधारा चाँदनीमा पनि कहिलेकाही सीमामा विवाद भइराखेको हुन्छ। सीमाका नेपालीले भारतीय सुरक्षाकर्मीबाट दुव्र्यवहार खेप्नु परेको छ। त्यसलाई हटाउनुछ। सह लगानीमा मझगाउँ विमानस्थल सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको थियो, अहिले अवरुद्ध भएको छ। महाकाली करिडोरको काम रोकिएको छ ।

महाकाली सिंचाई तेस्रो योजना हिजो राष्ट्रिय गौरवको योजना थियो, अहिलेको सरकारले राखेन। अझै शाखा नहर निर्माण हुन सकेको छैन। अहिले पनि दोधारा चाँदनीमा महाकाली सन्धि अनुसारको पानी उपलब्ध गराउन सकेका छैनौं। सन्धीमा पानी छ, तर किसानको खेतमा पानी पुग्न सकेको छैन। अहिले पनि कतिपय शुद्ध खानेपानीका आयोजनाहरु अगाडि बढाउनु पर्ने छ।
सुदूरपश्चिम तमाम सम्भावना बोकेका क्षेत्र हो, तर विकास र सुन्दर प्रदेश बन्ने भनेर जनतालाई आशा भरोसा दिलाउन सकिएन। सुदूरपश्चिममा पनि विकास र समृद्धि दिन सकिन्छ भनेर त्यसका लागि म लागेको छुँ। स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनु छ। प्रावधिक धारतर्फ शिक्षालाई लैजानु छ।

आत्मनिर्भर र जिवनउपयोगी शिक्षा प्रणालीका निम्ति नयाँ कोर्ष सञ्चालन गर्नुपर्छ। सुदूरपश्चिम विश्वविद्यालयको विकास र विस्तारको मुद्दा उठाएका छौं। महामारी तथा प्राकृतिक प्रकोपसँग लड्न पूर्व तयारी गर्नु पर्ने छ। चुरे संरक्षणसँगै महाकाली नदीको बहुउपयोग गरेर आयआर्जनसँग जोड्ने भनेका छौं । दोधारा चाँदनीको कुतियाकबरदेखि भीमदत्तको खैरभट्टीको अभियान चलाउने भनेका छौं। महाकाली नदी र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बस्ती सुरक्षित गर्ने छौं। दोधारा चाँदनी झोलुङ्गे पुलको सौन्दर्यकरण गर्ने योजना छ।

यी विषयहरु वर्षौदेखि चुनावी मुद्दा मात्रै बन्ने गरेका छन्, फेरि तिनै आश्वासन दिएर कहिलेसम्म मत मागिरहनु हुन्छ ?

हामीले कुरा मात्रै गर्दैनौं, काम गरेर देखाउँछौं। मझगाउँ विमानस्थल गौचरनका रुपमा थियो, म नगर प्रमुख हुँदा सहलगानीमा साढे ३ करोडको ठेक्कामा एमओइ ग¥यौं। भीमदत्त नगरपालिकाले सहलगानीमा हिस्सेदारी ग¥यो । विमानस्थलको घेरबार र त्यहाँको सडक कालोपत्रे काम ग¥यौं। तर अहिले काम किन ठप्प भयो? महाकाली करिडोरको काम ठप्प थियो, हामीले पहल गरेर काम अगाडि बढायौं। तर अहिले किन बन्द भयो? सोध्नु प¥यो अहिलेका मान्छेहरुलाई । भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीका जनताहरुले भारतीय सीम प्रयोग गर्नुहुन्थ्यो, तर आज नेपाली सीम प्रयोग गर्नुहुन्छ। हिजो टुकी बाल्नु हुन्थ्यो, अहिले बिजुली छ। हिजो विद्यालयको भौतिक संरचना थिएन, आज त्यसको व्यवस्था भएको छ ।

dirghayi clinic

घुम्ती स्वास्थ्य सेवा थियो, अहिले स्वास्थ्य सेवालाई दैनिक रुपमा सञ्चालन गरिएको छ। साइकल, मोटरसाइकल जाने बाटो थिएन, अहिले गाडीहरु गइरहेका छन्। महेन्द्रनगर बजार क्षेत्रमा विकास निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
जहाँ कालोपत्रे थिएन, त्यहाँ सडक कालोपत्रे भएको छ। जहाँ बाटो थिएन, त्यहाँ बाटो खुलेको छ। जैविक धार्मिक मार्ग बनेको छ। पाँच वर्ष पहिला के थियो? अहिले के छ? देखिने गरेर काम गरेका छौं । कोरोनाका कारणले कतिपय विकास निर्माणका काम रोक्नु पर्ने बाध्यता भयो। पहिला जीवन जोगाउनु थियो। त्यसबीचमा पनि काम गरेका छौं।

एकै पटक सबै काम पुरा नहोलान्, तर हामीले सपना देख्यौं, त्यो सपना पुरा गर्नका लागि योजनावद्ध ढंगले एक वर्ष, पाँच वर्ष र २५ वर्षमा गर्न सकिने काम अगाडि बढायौं। त्यसैले जनताले हामीलाई काम गर्न सक्छन् भन्ने विश्वास गर्नु भएको छ। हामी त्यो विश्वास टुट्न दिने छैनौं ।

तपाईहरुको ०७४ को सहयात्री माओवादी केन्द्र कांग्रेससंगको गठबन्धनमा छ, यसबीचमा एमाले पनि विभाजन भएको छ, यस्तो अवस्थामा तपाईको जितको आधार के हो ?

–पाँच दलीय गठबन्धनसँग स्थानीय तह निर्वाचनमा नेकपा एमाले एक्लै चुनाव प्रतिस्पर्धा ग–यो। एक्लै प्रतिस्पर्धा गर्दा ९२ वडामध्ये २५ वडामा एमाले एक्लै जितेको छ । त्यति मात्रै होइन, तीन वटा पालिका प्रमुख जितेका छन्। पहिलो पटक दोधारा चाँदनीमा नगर प्रमुखसहित बहुमत वडा जितेर सरकार सञ्चालन गरिरहेका छन् । पार्टी विभाजन भएको÷नभएको स्थानीय निर्वाचनको मतपरिणामले स्पष्ट गरिसकेको छ ।

समाजवादीतिर लागेका ठूला ठूला नेताहरु साथीहरु सबै फर्किदै हुनुहुन्छ। केही साथीहरु फर्किदैहुनुहुन्थ्यो, प्रावधिक कारणले फर्किन बाँकी छ। तर उहाँहरुले सहयोग गरिरहनुभएको छ। समाजवादी भन्ने पार्टी यो मुलुकमा रहँदैन। कञ्चनपुरमा पाँच दलीय गठबन्धन छैन, माओवादी र कांग्रेसको मात्रै तालमेल छ। तालमेलमा असन्तुष्ट हुँदा नेपाली कांग्रेसका दुई जना ठूला ठूला नेताहरु विद्रोही स्वतन्त्र उम्मेदवार भएका छन्। नेकपा एकीकृत समाजवादीसँग तालमेल भएन, माओवादी केन्द्रभित्रको विद्रोह दिनप्रति दिन बढ्दो छ। नेकपा एकीकृत समाजवादी एक्लै लड्यो ।

नेकपा एमालेको क्षेत्र नं. ३ मा राप्रपासँग तालमेल भएको छ। कञ्चनपुरका जनता परिवर्तन चाहन्छन्, एमालेले गर्ने विकासको सन्दर्भमा जनता स्पष्ट छन्। दुई विपरित टाउको जोडेर शरीर चल्छ कि चल्दैन? विचार, दर्शन, सिद्धातका हिसावले कांग्रेस र माओवादीको कुरा मिल्दैन। त्यसैले त्यो दलभित्रका इमान्दार साथीहरु, वामपन्थी, लोकतन्त्रवादी, समाजवाद ल्याउने चाहने साथीहरु नेकपा एमालेमा गोलवद्ध हुन खोजिरहेका छन्, तत्काल प्रवेश नगरे पनि, मत एमालेतिर जाहेर गर्छन। देश दुई धुव्रमा विभाजित छ। देशभक्त वामपन्थीको नेतृत्व नेकपा एमालेले गर्छ, बुर्जुवा, यथास्थितीवादीको नेतृत्व कांग्रेसले गर्छ। निर्वाचनको तालमेल गरेको जस्तो देखिए पनि भित्र भित्र कसैले पनि रुचाएका छैनन्।

टिकटमा असन्तुष्टि जनाउँदै परेका बागी उम्मेदवारले एमालेलाई असर गर्ला नी ?

केही असर गर्दैन, लामो समयसम्म एमालेमा काम गर्नुभयो। चित्त नबुझेपछि उम्मेदवारी दिनु भयो।
सम्भवतः मतदान गर्ने अघिल्लो रातसम्म विज्ञप्ती जारी गरेर एमालेका उम्मेदवार जिताउन लाग्नुहुन्छ भन्नेमा विश्वस्त छौं।

कञ्चनपुरमा तपाईहरु कति सीट जित्नु हुन्छ ?

एमालेले प्रतिनिधि सभाका तीनै क्षेत्र जित्छ । प्रदेश सभातर्फ ५ क्षेत्र जित्छ । तालमेलमा राप्रपालाई समर्थन गरेको सहित प्रदेश सभाका ६ गरेर ९ वटै क्षेत्र जित्छौं ।

सभार : सीमा रेखा

Himal dental
सम्बन्धित
Loading...