महेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले यस पटक चुनाव जितेर कञ्चनपुर ३ मा सबैभन्दा बढी चुनाव जित्ने नेताको रेकर्ड बनाएका छन् । अघिल्लो निर्वाचनमा पराजित उनी यस पटक फराकिलो मत अन्तरले निर्वाचित भएका छन् ।
२०५६ को आम निर्वाचनमा पहिलो पटक निर्वाचित भएका उनी २०७० मा दोस्रो संविधान सभा सदस्य चुनावमा निर्वाचित भएका थिए । यस पटक फेरि चुनाव जितेर उनी यस क्षे त्रबाट तेस्रो पटक साँसद भएका छन् ।
अघिल्लो निर्वाचन जितेर लगातार दुई पटक चुनाव जित्ने नेताको रेकर्ड बनाउन भने उनी अघिल्लो वर्ष असफल भएका थिए । एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले लेखकलाई लगातार साँसद हुने नेताको रेकर्ड बनाउन रोकि दिएका थिए । उनी नातामा लेखकका भाई पर्छन् ।
कञ्चनपुर ३ मा २०४८ देखि यस पटकको चुनावससम्म यस क्षेत्रमा लगातार नेताले चुनाव जितेको रेकर्ड छैन । लगातार चुनाव जित्ने नेताको रेकर्ड बनाउन नसके पनि उनले सबैभन्दा बढी पटक चुनाव जितेर अर्काे रेकर्ड बनाएका छन् ।
२०४८ मा यस क्षेत्रबाट काँग्रेसका तारणी प्रसाद चटौत निर्वाचित भएका थिए । त्यसपछि २०५१ मा नेकपा एकीकृत समाजवादीका उर्वादत्त पन्त, २०५६ मा लेखक, २०६४ मा शेर बहादुर देउवा, २०६५ मा हरिश ठकुल्ला र २०७४ डा. दिपक प्रकाश भट्ट निर्वाचित भएका थिए ।
उनीहरुले समाजवादीका उर्वादत्त पन्त २०५६ र २०७० मा चुनाव लडे पनि लेखकसित पराजित भएका थिए । त्यस बाहेक सबै नेता एक पटक मात्रै यस क्षेत्रमा चुनाव लडेका छन् । एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले चुनाव लड्न इच्छा राखे पनि निरुदेवी पाललाई टिकट दिइएको थियो ।
यस पटक निर्वाचनमा उनले ३० हजार, ५सय २३ मत पाएका छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी पालले १८ हजार ४सय ४८ मत पाएकी छन् ।
अघिल्लो निर्वाचनमा लेखक एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए । यस पटक अघिल्लो हारलाई फराकिलो मत अन्तरले बदला लिएर उनी निर्वाचित भएका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य लेखक यस क्षेत्रबाट तेस्रो पटक निर्वाचित भएका छन् । उनी यस अघि २०७० को संविधान सभा सदस्य निर्वाचन र २०५६ मा साँसद निर्वाचित भएका थिए । त्यस बाहेक उनी २०६४ का समानुपातिक संविधान सभा सभा सदस्य भएका थिए ।
२०५२ को मध्यावधि निर्वाचनमा साँसद निर्वाचन लड्न इच्छा राखेका उनी त्यसको पाँच वर्षपछि पहिलो पटक २०५६ मा साँसद निर्वाचित भएका थिए । त्यसपछि २०६४ मा समानुपातिक साँसद भएका उनी २०७० मा फराकिलो मत अन्तरले संविधान सभा सदस्य निर्वाचित भएका थिए ।
२०७० मा निर्वाचित भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका उनी त्यस अघि श्रम यातायात मन्त्री र राज्य मन्त्री भएका थिए ।
अघिल्लो निर्वाचनमा लेखकले २६ हजार १० ६मत पाएका थिए । यस पटक उनले ४ हजार ४१७ बढी मत ल्याएका छन ।
काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिह र शारदा चन्द लगायतका काँग्रेसका उनी विरुद्ध चुनावी मैदानमा भएपछि उनलाई अप्ठेरो अनुमान गरिएको थियो । कञ्चनपुर ३ मा काँग्रेसका बागी भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले बढी मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुकारले २ हजार २८, नेपाल मजदुर किसान पाटीका जानकी देवी गिरीले १०६, लोकतान्त्रिक समाजवादी पार्टीका अम्बादत्त तिवारीले ९१, जनमत पार्टीका शुशिला देवी विष्टले १३१, मौलिक जरोकिलो पार्टीका तिलक प्रशाद जोशीले २सय १६, हाम्रो नेपाली पाटीका दुर्थादत्त पाण्डेयले २सय ७८, काँग्रेसकै बागी दिपक सिहले १ हजार, १४३, काँग्रेसकै बागी मदन दमाई २सय ५२, काँग्रेसकै अर्की बागी शारदा देवी चन्दले ७सय ३८ र स्वतन्त्र उम्मेदवार शुभाष सिह धामीले १०५मत पाएका छन् ।
कञ्चनपुर ३ मा ९७ हजार, ८ सय २२ मतदातामध्ये ५७ हजार ७५८मत खसेको थियो । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ५४ हजार ५९ मत सदर र ३ हजार ६सय ९९मत बदर भएका छन् ।