लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा दलित समुदायका महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि जनप्रतिनिधिसित फेडोको छलफल
महेन्द्रनगर । दलित महिला संघ फेडो कञ्चनपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा दलित समुदायका महिलामाथि हुने हिंसाको अवस्था सम्बन्धी जनप्रतिनिधि सहित सरोकारावाल सहित छलफल गरेको छ ।
कार्यक्रममा अहीले पनि सुदूरपश्चिममा हुने गरेका महिला हिंशामा सबै भन्दा बढी दलित महिलाहरु हिंशाको शिकार हुनु परेको संस्थाले तथ्याङक प्रस्तुत गरेको हो । फेडो कञ्चनपुरका जिल्ला कार्यक्रम संयोजक नरबहादुर औजीले सुदूरपश्चिमा घटेका जम्मा ३ सय ३३ वटा करणीको घटनामा दलित महिलाहरु ४४ जना पिडित रहेको पाईएको छ भने बाँकी अन्य जातीहरु रहेको उनले बताए ।
०७८ को कात्तिकदेखि ०७९ असोज मसान्तसम्म दलित समुदायमाथि जातीय भेदभावमा आधारित हिंसा र यौनजन्य हिंसाका ५४ वटा घटनाहरू भएका छन् । यसमा जातीय भेदभाव र छुवाछुत, अन्तरजातीय प्रेम र विवाहमा आधारित भेदभाव र जबरजस्ती करणीका घटनाको संख्या धेरै रहेको उनले बताए ।
सूदुरपश्चिम प्रदेशमा ८ वटा घटनाहरू भएका छन् । अहिले पनि महिलावादी दृष्टिकोणले हेर्ने हो भने यो दशकमा थुप्रै उपलब्धिहरू हासिल भएका छन् । तर, त्यो उपलब्धिमा समग्र महिलाका मुद्धालाई जसरी सम्बोधन भएको छ, दलित समुदायका महिलाका मुद्धा सम्बोधन हुन नसकेको उनले जिकिर गरे,। दलित महिलाले भोग्दै आएका हिंसा, विभेद र उत्पीडनको अवस्था अत्यन्तै डरलाग्दो रहेको र दलित महिलाहरू गैरदलित महिलाबाटै भेदभाव र हिंसामा परिरहेका छन् ।
हाल हरेक वडामा एक–एक जना दलित महिलाको प्रतिनिधित्व गराएइको बाहेक दलित महिलाले पाएको अवसर र पहुँच उल्लेख छैन, सामाजिक र आर्थिकरुपमा कमजोर रहेका दलित महिलाको सरकार, संसद् र राज्यका निकायमा मात्रै होइन, राजनीतिक दल र सामाजिक संघसंस्थामा समेत न्यून पहुँच रहेको जिल्ला कार्यक्रम संयोजक औजीले बताए । बर्ण व्यवस्थामा आधारित पुरुषप्रधान सत्ता र अर्थ सामाजिक संरचनामा दलित महिला सबैभन्दा पिँधमा छन् ।
उनीहरूमाथि जातीय, वर्गीय र लैंिगकरुपमा समेत गरी दोहोरो–तेहोरो उत्पीडन छ । त्यसमाथि सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा कमजोर पहुँचले उनीहरूमाथि हुने हिसाका घटनामा पीडकलाई बल पुगेको देखिन्छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर उपप्रमुख निलम लेखकले अहिले पनि समाजमा विद्यमान रहेको जातिय विभेदले समाजलाई अध्याँरो तर्फ लागिरहेको बताईन् ।
भीमदत्त नगरपालिकाले दलित महिला, विपन्न महिलाहरको लागि बजेट विनियोजन गरेको र अािर्थक रुपमा माथी उकास्ने खालका योजनाहरुमा पनि काम गरिरहेको उल्लेख गरिन् । नगरपालिकाले अहिले गबि, दलित, जेहेन्दार विधार्थीहरुको लागि छात्रवृत्ति दिने भनेर १० लाख रुपैँया बजेट विनियोजन गरिसकेको अवस्थामा शिक्षित बनाउने उद्देश्यले उक्त कार्य गरिएको उनले बताईन् ।
भीमदत्त नगरपालिका ६ वडा अध्यक्ष तथा नगर प्रवक्ता महेन्द्र खडकाले समाजमा विेभदका बिभिन्न अंगहरु अहिले पनि यथावत रहेको परिदृश्यमा हिंशामा अतयधिक रुपमा अहिले पनि दलित महिला नै पिल्सिएको तथ्याङ्कले पनि पुष्टि गरेको र आफूहरुले पनि दैनिक रुपमा महशुस गरेको बताए ।