ghar sansar

दलित समुदायका महिलाका लागि दुई दिने कानुनी साक्षरता तालिम सञ्चालन

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । दलित समुदायका महिलाका लागि कानुनी साक्षरता तालिम सञ्चालन गरिएको छ । दलित महिला संघ (फेडो) कञ्चनपुरले दलित तथा अन्य सीमान्तकृत समुदायका महिलाको मानव अधिकार तथा न्याय पहुँच बढाउन दुई दिने कानुनी साक्षरता तालिम आयोजना गरेको छ ।

तालिममा भीमदत्त नगरपालिका क्षेत्रका फेडो आवद्ध समूहका महिला सहभागी भएका छन् । फेडोको नेपाल दलित महिलाको मानव अधिकार प्रर्वद्धन परियोजना अन्र्तगत १० समूह छन् । ती समूहका अध्यक्ष र सचिव तालिममा सहभागी भएका छन् ।

ratnam malkhad

फेडोको अध्यक्ष लक्ष्मी विकको अध्यक्षतामा कार्यक्रम गरी तालिम उद्घाटन गरिएको छ । उ्घाटन कार्यक्रममा अध्यक्ष विकले आर्थिक, सामाजिक, राजनीतिक सबै हिसाबले समुदायमा पछाडि परेका महिलालाई कानुनी व्यवस्था सम्बन्धी जानकारी गराएर न्यायमा पहुँच बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन् ।

‘आज तालिम छ भने घाँस काटेर राख्नु पर्छ, खाना पकाएर खुवाएर आउनु पर्छ, घरको सबै काम गरेर मात्रै तपाई दिदी बहिनी तालिममा आउनु पर्ने अवस्था छ’ उनले भनिन्,‘त्यस कारण सबै महिलालाई बोलाउन सकिदैन, समूहका अध्यक्ष र सचिव मात्रै आएका छन्, तालिममा आएर कानुनी कुरा थाहा पाए राम्रो हुन्छ, आफ्नो हक अधिकारबारे थाह पाई राखे राम्रो नै हुन्छ ।’

गरीबिका कारण महिलाले सबैभन्दा बढी हिंसा खेप्न परेको उल्लेख गर्दै उनले महिला भएकै कारण विभिन्न अवसरबाट वञ्चित हुनु पर्ने अवस्था भएको बताइन् ।

‘तपाई महिला दिदीमाथि घरेलु हिंसा छ, त्यो के कारणले हुन्छ भने सबैभन्दा बढी गरीबिको कारण हुन्छ’ उनले भनिन्,‘श्रीमान टन्न खाएर आउँछ, त्यसपछि कुटपिट गर्छ, त्यसलाई बाहिर ल्याउन सक्ने अवस्था पनि छैन, किनकी हामीले त्यहीं घरमा बस्नु पर्नेछ ।’

घरेलु हिंसा पीडित महिलाले न्याय खोज्न प्रहरी कार्यालयसम्म आउनै सक्ने अवस्था नभएको उनको भनाई थियो । ‘हिंसालाई बाहिर ल्याउने समस्या छ, प्रहरी कार्यालयसम्म आए झन प्रहरीमा जाने भनेर श्रीमानले घरमै बस्न दिदैँन भन्ने त्रास हुन्छ’ उनले भनिन् ।

अध्यक्ष विकले कानुनी रुपमा पाएका अधिकारलाई पनि महिलाले घर परिवार र सामाजिक व्यवस्थाका कारण कार्यान्वयन गरी लाभ दिन नसकेको उल्लेख गरिन् ।

उद्घाटन कार्यक्रममा फेडोका जिल्ला संयोजक नर बहादुर आउजीले नेपालमा दलित समुदायका महिलाको अवस्था, उनीहरुमाथि हुने हिंसाका घट्ना विवरण र कानुनी व्यवस्था सम्बन्धी जानकारी गराए ।

अधिवक्ता कौशिला योगी तालिममा सहजकर्ता छन् । उनले महिला भएकै कारण आफूहरुले घर परिवार र समाजमा समस्या खेप्नु परेको बताइन् ।

‘आज पनि तपाईहरु तालिममा समयमा आउन सक्नु भएन, घर परिवार व्यवस्थापन गरेर मात्रै सहभागी हुनु पर्ने बाध्यता आयो, जति कुरा गरे पनि आखिरमा गएर हामीसित महिला भएकै कारण ठोक्किने गर्छ’ उनले भनिन्,‘त्यहीं भएर पनि हामी पछाडि छौ ।’

फेडोले भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा परियोजना सञ्चालन गर्दै आएको छ । दलित र सीमान्तकृत समुदायका महिलाको मानव अधिकार र न्यायमा पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...