![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
![](https://ebikalpadainik.com/wp-content/uploads/2023/02/Achyut-kalainu-300x300.jpg)
तपाई वद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको लगभग सात महिना भयो । अध्यक्ष हुनु अघिको बैजनाथ र अहिलेको बैजनाथमा केही फरक छ कि ?
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
सात महिना पहिलाको विषयमा त त्यति धेरै भन्न सकिने अवस्था रहेन । पढाईको विषयमा खास गरी रेगुलर पढाई नहुने अवस्था थियो भन्ने मैले सुन्ने गरेको थिए, भौतिक संरचना, फिल्डको अवस्था, बर्खामा लाइन लाग्न नसक्ने थियो । मन्दिर
थिएन । व्यवस्थापनबाट अहिलेसम्म भवन बनेको ठूला भवन दुई ओटा २०२३ सालमा बनेको, त्यसपछि नयाँ भवन अवस्था अहिलेसम्म रहेन । अध्यक्ष भएपछि खास गरी स्वास्थ्यका लागि शिक्षा, स्वास्थ्य संगसंगै जोडिएकाले खेल मैदान निर्माण अन्तिम
चरणमा पुगेका छौ । भूतपूर्व विद्यार्थीबाट, योगेन्द्र ठकुराठीजी संयोजक हुनु हुन्छ, मन्दिर पनि बन्ने अन्तिम अन्तिम चरणमा छ । भौतिक सुधार संरचनामा दुई कोठे पक्की भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त ग¥यौ भने त्यो बाहेक ६ कोठा निजी लगानी बनाउने दिशा अघि बढेका छौ । आजका दिनमा एउटा कुरा दावा गर्न असहज नगरी भन्न नसक्ने कुरा के हो हाम्रो भन्दा राम्रो पढाई हुन्छ भन्ने अवस्थामा अन्य विद्यालय पनि छैन भन्ने लाग्छ । हाम्रा प्रत्येक शिक्षकहरु कुनै कुनै पनि पनि क्लास नछाडी पढाउनु हुन्छ । शिक्षाको गुणस्तरको यो बारेमा भो । हाम्रा एक्स्ट्रा एक्टिभिटी, शुक्रबार हाजिरी जवाफ, वाद विवाद प्रतियोगिता, खेलकूद, कुरामा गरी त्यो दिशाा लगि रहेकोमा छौ । विद्यालयलाई गुणस्तरीय शिक्षा र विद्यार्थीका रुची अनुसार एक्स्ट्रा एक्टिभिटीका कार्यक्रम अगाडि बढाउने र शिक्षकको जिम्मेवारी दायित्व के हो भन्ने कुरा दायित्व बोध गराएर बैजनाथ माध्यमिक विद्यालय अगाडि बढी रहेका छौ ।
यति पूरानो विद्यालयमा खेल मैदान भएन, सरस्वतीको मन्दिर भएन, पढाई नियमित हुन सकेन । कक्षा कोठा बन्न सकने । भनेपछि यतिका वर्षसम्म पनि यो विद्यालय शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारका हिसाबले पछाडि प¥यो । यसरी पछाडि पार्ने कारण चाहिँ के रहेछन् त ?
हामी भन्दा नयाँ स्कुल साधारण स्कुल कुन दिशामा पुग्यो त्यो तपाईले आँकलन गर्न सक्नु हुन्छ । त्यसका विषयमा के रहेछ भन्ने कुरा अहिलेसम्म त खोज्न सकेका
छैनौ । अहिलेसम्म कही न कही त ल्याकिङ्ग होला । केही त कमजोर रह्यो होला । यात व्यवस्थापकीय कमजोरी भयो, तत्कालिन अवस्थामा प्रशासनको कमजोरी हो । बैजनाथ स्कुललाई हेर्ने दृष्टिकाण नै हो फरक हो भन्ने केही कुरा हुन सक्छन भन्ने मलाई
लाग्छ । तर वास्तवमा कुनै चिजको कमजोरी भएको कुरा मैले महसुस गरेको छु । ठयाक्कै यही भयो भनेर कसरी भन्ने । हिजो दिनमा व्यवस्थापन पक्ष, काम गरि राखेको अवस्था, प्रशासक ठिकठाक भएको अवस्था र स्थानीय सरकार या प्रदेश सरकार अरु अरु निकायका सरकारले सहयोग नगरेको अवस्था हुन सक्छ , यसलाई यसरी बुझ्नु पर्छ । त्यस कारण हिजोका दिनमा जुन गतिमा बैजनाथ स्कुल अगाडि बढ्नु पथ्र्यो, त्यो गतिमा नबढेको मैले आभास पाए । आजभोलि बैजनाथ स्कुलको दौड हन्ड्रेट किलोमिटर पर हावरको दिशामा अगाडि गई रहेको छ । म मेरो कार्यकालभित्रै बैजनाथ स्कुललाई कञ्चनपुरको मात्रै नभई देशभरिका सार्वजनिक स्कुलहरुमा यस्तो पनि पढाई हुन्छ भन्ने मनोविज्ञान उत्पन्न गराउन चाहन्छौ ।
यस्तो पनि पढाई हुन्छ भन्ने बनाउन चाहिँ कसरी सम्भव हुन्छ ?
त्यसका लागि के छ भने व्यवस्थापकीय पक्ष, हामी पनि संस्थाको पक्षमा इमान्दारीसाथ अहोरोत्र खटिएका छौ । हाम्रा विद्यालयका प्रशासक पनि इमान्दारी साथ खट्नु भाको छ । वहाँको इच्छा शक्ति पनि द्रुत गतिका साथ अगाडि बढी रहेको छ । शिक्षक साथीहरु पनि यो विद्यालयबाट अरु विद्यालयले पनि सिक्नु पर्छ भन्ने मनोविज्ञानका साथ तयार हुनु हुन्छ भने विद्यार्थीहरु पनि आजसम्म बैजनाथ स्कुलमा पढाई भएन, अब हामीले पढ्नु पर्छ नपढाएमा हामीले गुनासो गर्नु पर्छ । कम्तिमा पढ्न पाउनु पर्छ भन्ने मनोविज्ञान तीनै पक्षको भएको कारण त्यो दिशामा जान्छ भन्नेमा म विश्वस्त छु ।
समितिका चाहि“ के कस्ता योजना छ त ?
विद्यालय व्यवस्थापन समितिको कुरा के हो भने टेन टु फोर चाहिँ कुनै पनि शिक्षक विद्यार्थीले पढाईको दृष्टिकोण र मेनुअल सिस्टमका हिसाबले बाहिर जान पाउँदैन । त्योपछि गएर कुनै विधा, कुनै क्लास कुनै सब्जेटक्मटमा समस्या आए बैजनाथ स्कुल आफ्नै स्रोतबाट वहाँहरुका लागि एक्स्ट्रा क्लास चलाएर पनि शिक्षाको दृष्टिकोणले दक्ष बनाउन चाहन्छ । भौतिक पूर्वाधारको सन्दर्भमा के छ भने यो विद्यालय आर्थिक रुपमा सम्पन्न नै हो । मैले अघि पनि भनेको छु, ६ कोठे भवन आफ्नै निजी लगानीबाट बनाएका छौ । हामीले अहिले त्यस्तो विद्यार्थीको चाप त्यति छैन । मलाई लाग्छ अर्को सिजनमा विद्यार्थीको चाप बढेपछि गुणस्तरीय शिक्षाका लागि एक त हामी कस्तो गर्छौ भने टोटली स्टेन्डर्ड पढाईमा अब्बल हुने विद्यार्थीलाई फ्रिमा, पैसा लिँदैनौ । यति टाइलेन्ट पनि छ, गरीब पनि छ, दलित, जनजातिका छोरा, महिला छन् भने विद्यालयले नै एउटा कोष बनाउँछौ । मेरो सोच के छ भने छात्रबृत्ति कोष बनाउँछौ । त्यसबाट पढाईका लागि मात्रै होइन कापी, किताब, वहाँहरुलाई बस्ने व्यवस्था गर्ने सोचका साथ अगाडि बढेका छौ । हामीले खोजेका गोल उद्देश्य आजका आज प्राप्त होला भन्ने छैन । हामीले परिकल्पना गरेका सोचहरु पूरा गर्न १० वर्ष लाग्न सक्छ । त्यस कारण हामीले विद्यार्थीको पढाई बिग्रन दिन अवस्था कुनै पनि हालतमा ल्याउने छैनौ । विद्यार्थीहअरुको प्रतिभालाई उजागर गर्न पनि हामीले विभिन्न क्याम्पियनहरु गरि रहेका छौ । यो किसिमको सोच बनाएर हामी अगाडि बढी रहेका छौ ।
तपाई अध्यक्ष भएपछि विद्यालयले विद्यार्थी भर्नाको प्रचार पनि विगतको भन्दा केही फरक शैलीमा भयो । तपाई आफैं पनि खटिनु भो । यसले विद्यार्थी संख्या बढाउन केही सहयोग पुग्यो कि ?
म आउने बेला यहाँ साढे चार सय, ४ सय ५० देखि ५ सय हाराहारीमा विद्यार्थी थिए । म आएपछि ८ सयदेखि ९ सय विद्यार्थी छन् । म अध्यक्ष भएपछि मात्रै ४ सय विद्यार्थी बढेका छन् । अहिले एउटा के छ भने बैजनाथ स्कुलप्रति हेर्ने दृष्टिकोण के छ भने समाजमा बैजनाथ स्कुल ठिक दिशामा गई रहेको छ भन्ने मनोविज्ञान गाको छ । हामी प्रत्येक विद्यार्थीको पर्सनलदेखि पढाईको निगरानी गरि रहेका छौ । हामी आफैं कक्षा कोठा गएर विद्यार्थीको निगरानी गरि रहेका छौ, कक्षा कोठा जाने, कसको पढाई के छ, जो विद्यार्थी आउँदैन उसका अभिभावकलाई बोलाउने, अभिभावकलाई कन्भेन्स गर्ने, कन्भेन्स गर्न सकेनौ भने रेस्टिकेट गर्ने कुरा हुन्छ । मलाई लाग्छ यो भन्दा पछाडि विद्यार्थीको ओइरो हुन्छ । दिल्लीको अरविन्द केजरीवाल स्टाइलमा विद्यालय चलाउँछौ । मलाई लाग्छ एक दुई वर्षभित्र विद्यार्थीलाई फिल्टर गर्नु पर्ने अवस्था आउँछ ।
तपाईले विद्यालयलाई समाजको दृष्टिकोण ठिक नभएको कुरा गर्नु भयो । खासमा यति पूरानो विद्यालयलाई दृष्टिकोण के कारणले ठिक हुन नसकेको हो त ?
मैले भन्नु नै पर्ने हुन्छ । विद्यालय व्यवस्थापन समितिमा आएका साथीहरु विद्यालय बनाउने हेतुका साथ नआए । व्यक्तिगत लाभका लागि आए । धनी बन्न आए । व्यक्तिगत फाइदा लिन आए । वहाँहरु स्कुल बनाउन भएर आएन, आफू बन्न आए । यो कुरा मैले भनि रहेको होइन, यहाँका विद्यार्थी, भूतपूर्व विद्यार्थी सरोकार राख्ने मान्छे भन्छन् । यसमा पनि सबै त्यस्ता होलान त म पनि भन्दिन । कोही त हामी जस्ता पनि होलान । मेक्सिम त्यस्ता भए भन्ने होला । अर्को कुरा यहाँका शिक्षक कर्मचारीहरु पनि आफ्नो जिम्मेवारी के हो कर्तव्य के हो भन्नेबाट ज्ञान नभएको कुरा देखियो । तेस्रो के देखियो भने हाम्रा सार्वजनिक विद्यालय पढ्न विद्यार्थीहरु एकदम न्यून वर्गीय हुन्छन् । दिनभरि लेबर गरेर साँझ आफ्ना छोरा छोरीलाई पढ्यो कि पढेन, क्लास वर्क थियो कि थिएन होमवर्क छ कि छैन भनेर चेक गर्न नसकेको हुन सक्छ । अहिले के गर्छौै भने गरीबका छोरा छोरी छन् भने आमा बुवा बोलाएर हिजो किन आएन भनेर सोध्छौ । नआएको विद्यार्थीलाई बोलाएर म आफैं तपाईको समस्या के हो के समस्या छ भनेर सोध्छु । केही समस्या छ भने हामी गर्छौ भनेर सम्झाउँछौ । यो भन्दा पहिला समस्या त्यो हो । पहिला ९÷१० मा ई एफसम्म सेक्सन हुन्थ्यो । आज हामीसित त्यस्तो किसिमको विद्यार्थी छैन । कक्षा १ देखि ५ सम्म ४८ जना विद्यार्थी छन् ।
भनेपछि व्यवस्थापकीय र प्रशासकीय कमजोरीले नै विद्यार्थी घट्दै गएको भन्नु खोज्नु भाको ?
व्यवस्थापकीय पक्ष पनि हो, प्रशासकीय पक्ष पनि हो । विद्यार्थीका अभिभावक गरीब पनि भए । त्यससंगै शिक्षकको दायित्व पनि महसुस नगरेका कारणले पनि हो ।
भनेपछि विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकास सुधार गर्न त तपाईसित पनि ठूलो चुनौति नै छ त ?
हामीले के गरेका छौ भने म स्कुलको अध्यक्ष हुने बित्तिक्कै मैले के प्रतिवद्धता जनाउको छु भने म पनि राजनीतिमा जोडिएको मान्छे, फ्रयाङ्क कुरा गर्नु पर्छ, मैले यो विद्यालयमा आउँदै गर्दा के कशम खाएको छु यो विद्यालय भवन हाताभित्र रहन्जेल यो विद्यालयको हाताभित्र कुनै पनि पोल्टिकल गन्ध आउन दिदैन । मैले यहाँ आएर काँग्रेसीकरण गरे, जो जुन दलमा म छु, त्यसका रङ्ग यहाँ ल्याएर आए भने फेरि मैले चाहे भने पनि काम गर्न सक्दैन । त्यसैले मैले म अध्यक्ष हुन्जेल, विद्यालय बाहिर त मेरो पनि अधिकारको कुरा होला तर विद्यालय हाताभित्र कुनै पनि राजनीतिक गन्ध आउन काम गर्ने छैन । यो मेरो कमिटमेन्ट हो । त्यसैगरी मैले कुनै पनि शिक्षक, प्रअ या अन्य हामी एकै परिवार हौ भन्ने मनोविज्ञान बनाउन लागेको छु । तेस्रो कुरा यी कक्षा १ देखि १२ सम्म पढ्न बालबालिका सबै हाम्रा बच्चा हुन् । उनीहरु सबैको सुनौलो भविष्य बनाउन हाम्रो दायित्व हो । यो मनोविज्ञान बनाउने कोशिश गरि रहेको छु । सबै शिक्षक सरहरु इमान्दारिता साथ प्रत्येक क्लास पढाउनु हुन्छ, इमान्दारी साथ क्लास सञ्चालन भएको हुन्छ । कुनै पनि शिक्षक टिचरले १० देखि ४ बजेसम्म विद्यालय हाताभित्र जानु पाउँदैन । र त्यो गएमा उनको हाजिर काटिन्छ । चपाई चेक गर्नु सक्नु हुन्छ । आज नि रातो लागेको हुन्छ । यसरी बैजनाथ स्कुलले पूराना कमी कमजोरीलाई सच्याउँदै अघि बढी रहेको
छ । कोशिश गर्दा सबै ठिक भयो होला भन्दैनौ । तर केही सुधार हुँदै गएको छ । मैले तपाई सामु दावा गर्छु, कञ्चनपुरमा त बैजनाथ स्कुल बन्छ, सुदूरपश्चिम र नेपाल भरमै बैजनाथ स्कुललाई अवलोकन गर्ने बनाउँछौ । सबभन्दा पहिला प्रावि समस्या, विद्यार्थी संख्या किन कम भायो भने शिक्षक , कर्मचारसित सबेर बुझि सिकेका छौ । त्यो मेकअफ गर्छौ । अर्को साल टोटली कक्षा १ देखि ९ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने तयारी गरि रहेका छौ । तर साधारण धार पनि छाड्दैनौ । त्यो पनि निरन्तर चलि रहन्छ । तल त्यो अर्को भवनमा अंग्रजी माध्यपमबाट पठनपाठन हुन्छ, यसबाट के हुन्छ भने बैजनाथ स्कुलको साख समग्र साखलाई जोगाएर अघि बढ्ने दिशामा जान्छौ ।
शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको भूमिका नभई उपलब्धि हासिल गर्न त सम्भव हु“दैन । बैजनाथ माविले तीन पक्षबीच तालमेल मिलाएर कसरी शैक्षिक गुणस्तर सुधार गर्न सक्छ ?
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
यसलाई तीन एंगलबाट हरौ । एउटा कुरा व्यवस्थापकीय पक्षमा आर्थिक पारदर्शिता हुनु पर्छ । उसको संस्थामा लगाव हुनु प¥यो । व्यवस्थापन पक्षको काम के हो भने आर्थिक भौतिक चिजको व्यवस्थापन गरि दिनु पर्ने हो । प्रशासनलाई काम गर्ने कप्लेन गर्ने हो । व्यवस्थापन समितिले बनाएको नीति सिद्धान्तलाई तलसम्म लैजाने काम प्रशासनको हो । शिक्षकहरुको काम भनेको के हो भने तोकेको प्रशासक मातहतको बसेर पढाउने काम हो । अभिभावकले पनि पढाएको छ कि छैन भनेर हेर्ने, गुनासो गर्ने, खरबदारी गर्ने हो । राम्रोलाई राम्रो र नराम्रोलाई अभिभावकले भन्नु सक्नु पर्छ । प्रशासनले पूर्णतया सहयोग गरेको छ । व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा पूर्ण सहयोग छ । अहिलेसम्म के थियो थाह छैन, अहिले भने सहयोग पाएका छौ ।
विद्यालय राम्रो बनाउन विद्यालयको अनुशासन पालना गराउन पनि व्यवस्थापन समितिले कतिको ध्यान दिएको छ ?
अहिले मैले भने, तपाई आफैं चेक गर्नु । तपाई एक जना ठाडा कपाल भएको विद्यार्थी पाउनु हुन्न । बाला हालेको पाउनु हुन्न । त्योपछि आज कोही विद्यार्थी आएन भने भोलि त्योलाई बोलाएर हामी सोध्छौ । त्यो काउज सही बताएन भने गार्जियनलाई बोलाएर सोध्छौ । केही न केही पनिसमेन्ट दिन्छौ । विद्यार्थी ढिलो आयो भने किन आयो भनेर सोध्छौ । शिक्षकका सन्दर्भमा हामीलाई नसोधी कोही पनि विदा बस्दैन । प्रशासनलाई सोधेर मात्रै बस्नु पर्छ । कसैलाई अर्जेन्टली भयो भने प्रशासनलाई सोधेर मात्रै जानु पर्छ ।
बैजनाथ पढ्न बालबालिका कस्तो बन्नु भन्ने विद्यालयको चाहना हो ?
हाम्रो त साझा उद्देश्य नै छ, लक्ष्य हो । सबै विद्यार्थीको भविष्य उज्जव होस, दक्ष नागरिक बनोस, बजारमा बिक्ने जनशक्ति होस । बैजनाथमा पढेको विद्यार्थी दक्ष हुन्छ, बजारमा बिक्री हुन्छ भन्ने मनोविज्ञान बनाउन चाहन्छौ । हामी त समग्र नेपालको विकास बैजनाथको जनशक्तिबाट हुनु पर्छ भन्ने मान्यता बोेकेका छौ । प्रत्येक ठाउँमा बैजनाथ पढेका विद्यार्थीले नेतृत्व गरुन । विद्यालय व्यवस्थापन समिति सबै विद्यार्थी सबै ठाउँको नेतृत्व गरुन भन्ने चाहना राखेका छौ । बैजनाथ देशभरमै छुट्टै इन्स्टिच्युसन बनोस चाहना हो । (अहिले परम्परागत शिक्षा भन्दा प्राविधिक शिक्षामा आकर्षण बढेको देखिन्छ ।
बैजनाथमा पनि कृषि प्राविधिक विषयको पठनपाठन हु“दै आएको छ । विद्यालयको कृषि सहित अरु प्राविधिक धार विस्तार गर्ने योजना पनि छ कि ?
अहिले चाहिँ खास गरी मेक्सिमम अभिभावकको चासो के छ भने तल चाहिँ अंग्रेजी माध्यमै नै हुने भयो । तल नै अंग्रेजी माध्यम हुने नै भो । व्यवस्थापन समितिको चाहना त वहाँहरुको हुने भो । अभिभावक र पूर्व विद्यार्थीसित बुझ्दा पनि तल अंग्रेजी धार नै भन्ने कुरा आयो । तल मेक्सिमको मनोविज्ञान यस्तो देखियो भने माथि गएर प्राविधिक धारतिर लगाव देखिएको छ । र हामीले अहिले तीन विधामा प्राविधिक धार सञ्चालन गरेका छौ । पहिलो हामीसित आईएस्सी एजी छ, भ्याट छ, यो साल इन्जिनियरिङ्ग पनि सञ्चालन गरेका छौ । हामी कहाँ आइएस्सी एजी फुल विद्यार्थी छन् । किनभने हामी त्यो दिशामा गएका छौ । हामीले अभिभावकको विश्वास पाएका छौ । हाम्रो सपना चाहिँ के छ भने, यो बैजनाथ स्कुल उसै पनि कक्षा ९ १२ मा प्राविधिक धार सञ्चालन भएको विद्यालय हो । भोलि रामपुर क्याम्पसजस्तै, अन्य ठूला क्याम्पस जस्तै अनुसन्धान मुलक कलेजका रुपमा परिणत गर्न चाहन्छौ । कृषिका सन्दर्भमा हामी एउटा छुट्टै पहिचान बनाएर अरु ठाउँका विद्यार्थी देश विदेशका विद्यार्थीलाई यो किसिमको पढाई हुन्छ भन्ने बनाउन चाहन्छौ । जस्तै मकै लगाउने, जस्तै गहुँ कुन ठाउँमा किन स्विटेबल भो, इन्भेस्टिगेसन गर्ने कुरा, अनुसन्धान मुलक संस्थाका रुपमा परिणत गर्न चाहन्छौ । एउटा कुरा यो हो भने अर्को कुरा हामीसित भ्याट पनि छ, गाई दुध दिन्न किन दिन्न भन्ने कुरा हामीलाई थाह छैन, त्यो अनुसन्धान हुुन पर्छ । त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य हो । बैजनाथ स्कुलले के गर्छ भने कञ्चनपुरभित्र रहेका सबै पशु चौपायाको उपचार गर्ने, ट्रिटमेन्ट गर्ने कुरा गर्छौ, यहीभित्र व्यवस्थापन गरि रहेका छौ । भेटेरिनरीको क्लिनिक खोलि सकेका छौ । औषधि पनि ल्याई सक्यौ । सञ्चालन गर्न बाँकी छ । हामीले केही दिनमा वडा वडा चोकमा क्याम्पियन गछौ । पशु चौपायाको उपचारका लागि हाम्रो छुट्टै अभियान छ । त्यो कुरा के हो भने यो हाम्रो समाजलाई सिकाई हो । अर्को कुरा इन्जिनियरिङ्गबाट पनि दक्ष जनशक्ति उत्पादन गर्ने र त्योबाट देश निर्माण गर्ने दिशा । दुई तीन ओटा विधा, एउटा जिओमेट्रिक र आइटी इन्जिनियरिङ्ग दुई ओटा विषय ल्याउने दिशमा छौ । व्यवस्थापन समितिले निर्णय गरी प्रक्रियामा छौ ।
व्यवस्थापन समिति विद्यालयको समग्र सुधारका लागि अघि बढ्दा केही समस्या चुनौती पनि झेल्नु पर्ने अवस्था छ कि ?
इमान्दारी साथ काम ग¥यो भने प्रत्येक पाइलामा समस्या हुँदो , चुनौती हुँदो रहेछ । मैले त्यहीं पाए । समस्या हुँदो र चुनौती हुँदो रहेछ । इमान्दारी साथ काम नगर्ने हो भने त चुनौती कही पनि हुन्न । इमान्दारी साथ काम ग¥यौ भने, आर्थिक ट्रान्सपरेन्सीका साथ काम ग¥यौ, समाजलाई केही दिऔ, हाम्रो समस्या भनेको भ्रष्टाचार नै हो, आर्थिक ट्रान्सपरेन्सी नगर्ने भन्ने नै हो । यी समस्या समाधान गर्छौ भनेर कोही साथीहरु आउँछन् भने वहाँहरुलाई पनि प्रत्येक पाइलामा चुनौती समस्या हुँदो रहेछ । म आफैं पनि संघर्ष गरेको मान्छे, लामो समय विद्यार्थी राजनीतिबाट गरेर आएकोले मलाई यी समस्या समस्या हुन जस्तो लाग्दैन । त्यस कारण मैले यी समस्यालाई हौसला उत्पन्न गर्ने चिजका रुपमा लिएको छु । केही समस्या आए भने त्यसलाई मैले सिकाईका रुपमा लिएको छु ।
संघीय शासन व्यवस्था लागू भएपछि माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ । शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार विकास लगायत विद्यालयको समग्र शैक्षिक विकास सम्बन्ध स्थानीय सरकारको भूमिका कतिको सन्तोसजनक पाउनु भएको छ त ?
वास्तवममा यो भन्नु पनि अप्ठेरो छ । स्थानीय सरकार, शिक्षाका सम्पूर्ण अधिकार स्थानीय सरकारलाई छ । आजसम्म दुःखका साथ भन्नु पर्छ, कुनै मोनिटरिङ्ग गरेको मैले पाएको छैन । मोनिटरिङ्ग गर्ने, शिक्षकले पढाउँछ पढाउँदैन खोजी गर्ने, पढाउँदै भने वहाँलाई दण्डको व्यवस्था गर्ने, यदि कुनै संस्था राम्रो पढाई गर्छ भने पुरस्कारको व्यवस्था गर्ने, यदि कुनै विद्यालयमा विद्यार्थी छैनन् भने त्यसलाई के गर्ने भने दुई तीन विद्यालयलाई मर्जिङ्ग गर्ने सिस्टममा जानु हो । तर यस्तो स्थानीयले तहले गरेको पाएन । न पुरस्कार, न त दण्ड छ, जोलाई जे पायो त्यो गर्छ । आफना नजिकका साथीलाई अवसर दिने, केही नयाँ योजना आउन थाल्यो भने आफू निकटका या आर्थिक लाभ लिने ठाउँमा अवसर दिने आभास हुन्छ । बैजनाथ स्कुल २०२३ बाट अहिलेसम्म एक भवन पनि राष्ट्रपति या अरुबाट एउटा भवन पनि नपाउनु , त्यो भन्दा ठूलो बिडम्बना अरु के हुन सक्छ । स्थानीय सरकारले शिक्षा नियमन गर्ने कुरा, अनुगमन गर्ने राइट छ उलाई । योभित्रका कमीकमजोरी हेर्ने जिम्मेवारी हो । कोही कमीकजोरी कोही गर्छ भने उलाई कारवाही गर्ने हो । यदि कोही साथीहरु राम्रो काम गर्छन् भने उत्साहित गर्नु पर्ने काम हो । तर यी कुनै काम स्थानीय सरकारले गरेको छैन । यो दुःखद हो । सार्वजनिक शिक्षाका लागि यो भन्दा दुःखद कुरा अरु केही हुन सक्दैन ।
बैजनाथलाई केही वर्ष नमूना मावि पनि भयो । अहिले छैन । अब बैजनाथलाई फेरि नमूना बन्न त समय लाग्ला नि ?
यो प्रस्तावित नमूना हो । नमूना रहेनछ । नमूना बन्नु पर्ने हामीले हो । केही केही त राजनीतिले पनि काम गरेको रहेछ । यो विद्यार्थी संख्यासित जोडिन्छ । हामीसित विद्यार्थी संख्या पुगेन । मेरो कार्यकालभित्र नमूना मात्रै होइन कि म तपाईलाई दावा गर्छु कि तीन वर्षभित्र नमूना बन्ने भनेको बार्ड लेख्ने कुरा हो हामी कञ्चनपुरको एक नम्बर स्कुल बन्छौ । नमूना भन्ने कुरा के रहेछ भन्ने एक क्षेत्रमा दुई तीन स्कुल छान्ने रहेछन्, नमूना त नहुन नहुने भन्ने कुरा त राजनीतिसित जोडिदो रहेछ । गुणस्तरीय शिक्षा र समग्रं शिक्षाभित्रको प्रयत्नका लागि बैजनाथ स्कुल कोशिश गर्छ । तपाई ढुक्क रहे हुन्छ । यो नमूना समुना, राष्ट्रपतिबाट पाउने अनुदान भन्ने कुरा सबै आर्थिकसित जोडिदो रहेछ । जोसित मेलमिलाप हुन्छ, जसको सरकार हुन्छ, त्योसित जोडिने भएकाले म अहिले नमूना बनाउँछु त भन्दिन, तर रियल लाइफमा चाहिँ नमूना बनाउँछु । नमूनाको बोर्ड चाहिँ नहोला तर पढाईको दृष्टिकोणले, व्यवस्थापनको दृष्टिकोणले, टिचरको ड्युटीका दृष्टिकोणले नमूना बन्छ, एक नम्बर स्कुल बनाउँछौ ।
अब ५७ औं वार्षिकोत्सव मनाउने तयारी भई रहेको छ । वार्षिकोत्सवबाट विद्यालयको शैक्षिक भौतिक विकासका लागि केही नयाँ योजना कार्यक्रम प्रतिवद्धता पनि घोषणा हुन सक्छन ?
खास गरी के छ अहिले हाम्रो १ देखि ९ सम्म अंग्रेजी माध्यममा सञ्चालन गर्ने घोषणा भो । सबैभन्दा ठूलो बुँदा यो भयो हाम्रो । दोस्रो कुरा भौतिक संरचनाको सम्बनधमा । । ५÷६ कोठाको भवन बन्दैछ,दुई कुरा भो लगत्तै तल रुख काट्नु पर्ने
भो । त्यहाँ एजी फिल्ड बनाउनु पर्ने भयो । अर्को पटक आउनु हुन्छ तपाई यहाँ प्याजका बेर्ना, गोबीका बेर्ना या कृषिका आधुनिक उपकरण सहित काम गरेको पाउनु हुन्छ । त्यो दिशामा पनि हामी गई रहेका छौ । त्यो पनि एउटा विद्यालयको विकासको मोडल भो । अर्को कुरा वार्षिकोत्सव त्यति धेरै फरक त के हुने हो र । तर अलि केही मौलिकताका हिसाबले सुदूरपश्चिका केही झलक, सुदूरपश्चिमको अपनत्व हुने केही कार्यक्रम गर्ने कोशिशमा छौ । त्यो हुन सक्छ गायनका क्षेत्रबाट केही हुन सक्छ, कार्यक्रमबाट केही झल्काउने काम गर्न सक्छौ । विद्यार्थीका छुट्टै वास्तममा, सामुदायिक विद्यालयलाई पहिचान गराउने केही त्यस्ता कुराको तयारी गर्न आग्रह गरेको छु । हाम्रा केही बोलीमा, केही प्रकृतिका छन् भने त्यसमा केही गर्न सक्छौ । हामी अरु भन्दा कसरी पृथक छौ भने हामीसित एजीका विद्यार्थी छन्, विद्यार्थीहरुले ब्याजका कुरा या सम्मान गर्ने कुरा, बुकीहरु आफैं हामीले यहीं निर्माण गर्ने, त्यसले के हुन्छ भने एउटा सिकाई हुन्छ, जस्तो सय रुपँैया बुकीमा लाग्छ, त्यो हामी आफंै उत्पादन गर्छाै । अस्ति भूतपूर्व विद्यार्थी समाज गठन गर्दा प्रमुख अतिति सहितलाई ब्याज, यही पिपलको पात व्यवस्थित बनाएर बनाएको थियो । अहिले पनि त्यसरी जाने गरी कोशिश गरि रहेका छौ ।
सामुदायिक विद्यालयले संस्थागत विद्यालयसित प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने आउँछ । के सामुदायिक शिक्षा प्रतिस्पर्धी बन्न नसक्ने अवस्थामै पुगेको हो ?
हो, सामुदायिक शिक्षा बिग्रेकै छ । यो कुरा पनि स्वीकार्छु । वास्तवममा के हुन्छ भने यहाँका शिक्षकहरु पढाई दिदैँनन्, विद्यार्थीले पढ्दैनन्, व्यवस्थापन पक्ष आफ्नो आर्थिक लाभ लिनमा व्यस्त हुन्छ, यो कुरा हो । सबै ठाउँ त हुँदैनन्, मेक्सिममा ठाउँमा हुन्छ । मैले ती कुरा भने । फस्र्ट कारण यो भयो । अर्को हाम्रो शिक्षा नीति नै गलत भयो । शिक्षा नीति के गलत भयो भने धनीमानीका छोरा, नेताका छोरा, कर्मचारीका छोरा र शिक्षकका छोरा निजी स्कुल जाने कुरा बन्द गर्न पर्छ कि पर्दैन । राज्यले । राज्यले त आफ्ना छोरा, कर्मचारीका छोरा, शिक्षकका छोरा मात्रै सरकारी स्कुल सामुदायिक स्कुलमा लाउने हो भने बोर्डिङ्ग स्कुल १० दिनमा बन्द हुन्छन् । सरकारको नीति नै कहाँनेर गलत छ भने धनीका छोरा, पढेलेखकाका छोरा, शिक्षकका छोरा, कर्मचारीका छोरा कहाँ पढाउने भने बोर्डिङ्ग स्कुल पढाउँछन् । त्यो ड्युल नीति नै भो नि सरकारको । गरीबको छोरा, एउटा दलितको छोरो, अपाङ्गको छोराले बाध्य भएर सरकारी स्कुल पढ्न पर्छ भन्ने मनोविज्ञान समाजमा पा¥यो नि । त्यो हाम्रो गल्ती हो, नेताको गल्ती हो, कर्मचारीका गल्ती हो, मैले बैजनाथमा नयाँ नीति लिएर आएको छु । यो भनेको के हो भने म नयाँ सालबाट निजी विद्यालय पढी रहेकी मेरी छोरीलाई म सरकारी स्कुल हाल्दैछु । किनभने मेरो छोरी चाहिँ बोर्डिङ्ग स्कुल पढ्ने, अनि मैले चाहिँ अध्यक्ष बन्ने, गरीबका विद्यार्थीको भविष्य बिगार्न पाइन्छ, पाइदैन । त्यो मनोविज्ञानका साथ म काम गरि रहेको छु । यहाँका शिक्षक कर्मचारीका छोरीलाई पनि भनि सकेको छु । सहायक हेड सरको छोरा रहेछ, वहाँलाई भनि सकेको छु, वहाँले हाल्छु भनि सक्नु भन्नु भएको छ । अन्य सर कर्मचारीलाई पनि भनि सकेको छु । आफ्ना छोरा छोरी यहीं पढाउने,यहींबाट स्कुल सुधार गर्ने । मेरो छोरीको भविष्य कस्तो बनाउने भन्ने कुरा म आफैंले हेर्न पर्ने हो । त्यस कारण यो त स्वभाविक प्रक्रिया हो । मैले यहाँ के पाएको छु भने नेताका छोरा छोरी, धनीमानीका छोरा क्याम्ब्रिज पढ्ने, कर्मचारीका छोरा त्यर्सगरी पढ्ने । हाम्रो यहाँ लेबरका छोरा, गरीबका छोरा, सालघारी गरीबका छोरा छोरी कुचमुनियाका छोरा छोरी पढ्ने जुन अवस्था बन्यो नि यसको अन्त्यका लागि भए नि मैले मेरो छोरीलाई यहाँ हालेर आफना बच्चालाई यहाँ हाल्ने, शिक्षक कर्मचारीका छोरीलाई यहाँ हाल्ने प्रक्रियामा गयौ, गइ सकेका छौ । हामीले आफ्ना छोरा छोरी यही पढाउने, त्यहीबाट गुड एजुकेसनको सुरुवात गर्ने, मेरी छोरीको भविष्य कस्तो बनाउने पर्छ भन्ने कुरा मैले विचार गर्नु पर्छ । त्यहीं भएर यो त स्वभाविक प्रक्रिया भो । मसित राजनीतिक गरि रहेका, यहाँबाट पढेर गएका विद्यार्थी, शिक्षक र कर्मचारीसित क्याम्पियनिङ्ग गरेर समाजमा गुणस्तरीय शिक्षा, राम्र्रो छ भन्ने वातावरण बनाउने सक्यो भने त्यसपछि मान्छे किन बोर्डिङ्ग हाल्छन् । हामी चार पाँच सय रुपैँया लिएर यहाँ पढाउँछौ भने ६ हजार सात हजार तिरी किन त्यहाँ पढाउँछन् बच्चालाई । मैले त्यही भएर कमिटमेन्ट नै गरेको छु मेरो टर्मसम्म तपाईहरुले पछि कुनै कुनै बदमासी गर्न होला, मेरो टर्मसम्म केही पाउन हुन्न भनेर भनि सकेको छु । मैले आफ्ना छोरा छोरी सहायक हेडसर सहित सर, कर्मचारी, जस जसका छोरा छोरी हाम्रो स्कुलमा पढ्न योग्य छन् ती सबै हाम्रो स्कुलमा पढाउने दिशामा गइ सक्यौ । त्यस कारण मैले यो कुरा भने । आज के छ भने समाज, शिक्षा नेपालको शिक्षा डयुल नीति भयो । गरीबका छोरा, निमुखाका छोरा सामुदायिक स्कुल पढ्ने किसिमको वातावरण बन्यो, एक लाख तिरीले तपाईका छोरा छोरी कसरी क्याम्ब्रिज पढ्ने, पढ्न सक्छन् र । सक्दैनन् नि । त्यो भनेको शिक्षाको नीति नै गलत गलत भयो । त्यस कारण मैले के भन्नु खोजेको हो भने हामीले गुणस्तरीय शिक्षा दिएर शिक्षाभित्र आमूल परिवर्तन ल्याएर सेवा सुविधा सबै सरकारी स्कुललाई दिएर निजी स्कुललाई बन्द गर्नु पर्छ । त्योतिर जानु पर्छ । आज दिल्लीमा हेर्नु , अरविन्द केजरीवालले के गरेको छ हेर्नोस न । दिल्लीको मुख्यमन्त्री भएपछि आज सामुदायिक विद्यालयमा पढ्न नपाएका विद्यार्थीहरु मात्रै निजी स्कुल पढ्दैछन् । स्वास्थ्यको सन्दर्भमा के छ सरकारी क्लिनिकमा भर्ना नपाएपछि मात्रै प्राइभेटमा जानु पर्ने अवस्था छ । समग्रमा सार्वजनिक शिक्षाको गुणस्तरीयता ठिक छ भन्ने कुरा प्रुभ गर्ने र हामी सबै राजनीति गर्ने, शिक्षक, कर्मचारी साथी सबैका छोरा छोरी हाम्रो विद्यालयमा हुन्छन् । अनुगमन गर्ने को नेता र कर्मचारी नै होइनन् । जिल्ला शिक्षा अधिकारीको छोरा यहाँ पढ्छ, उले हेर्दैन, अनुगमन गर्दैन । पढादैन भनेर उले कारवाही गर्दैैन । त्यो सिस्टमबाट मात्रैज जान सक्यौ भने सार्वजनिक विद्यालयको उन्नति हुन सक्छ, समग्रमा शिक्षाको दोहोरो नीति अन्त्य हुन सक्छ । त्यसपछि मात्रै धनी गरीब सबैका छोरा छोरी एक साथ पढ्न पाउँछन् । त्यस कारण यो तपाई हामी सबैको जिम्मेवारी भएकाले म आग्रह गर्नु चाहन्छु ।
भनेपछि तपाई अध्यक्ष हुँदा विद्यालयका लागि गरिएका वाचा प्रतिवद्धता पूरा गरेरै छाड्नु हुन्छ ?
म कुनै दिन स्थानीय सरकार प्रमुख वा अनुगमन गर्ने निकायमा पुगे भने म देखिने गरी काम गर्ने वचनवद्धता गर्छु । त्यो भनेको के भने शिक्षाको डयुल नीति छ, त्यो नेपाल सरकारले अनुमति दिएको छ, बन्द गर्ने, बन्द कसरी गर्ने वहाँहरु भन्दा गुुणस्तरीय शिक्षा दिने, राम्रो गर्ने । हाम्रा टिचरहरु ४० हजार खान्छन्, वहाँहरुले पढाएको विद्यार्थी बिक्री हुन्न । १२ हजार खाएका टिचरले पढाएको विद्यार्थी बिक्री हुन्छन् । किनभने वहाँहरु मिहिनेत गर्नु हुन्छ । हामी गर्दैनौ । हामी गैर जिम्मेवार छौ । सरकारी स्कुलसित जोडिएका कम्पोनेन्ट हामी सबै जिम्मेवार भएर अघि जानु पर्छ । मेरो आग्रह छ के छ भने समग्रमा सबै सार्वजनिक विद्यालय, दृष्टिकोण, सबै अभिभावक, सबै जनताले दृष्टिकोण चेन्ज गर्नु प¥यो । आजका दिन के छ भने सरकारी स्कुल पढाई नै हुँदैन, सरकारी स्कुल गरीबहरुले मात्रै पढ्ने हो, सरकारी स्कुलको गुणस्तरीय शिक्षालाई पैसा नै पर्दैन भन्ने जो मनोविज्ञान छ, त्यसको अन्त्य गर्नु पर्छ । अब बैजनाथले स्कुल कुनै पनि पैसा नलिई यहाँका इन्टरनेशनल, कञ्चन लगायतका विद्यालय भन्दा राम्रो गरेन भने म एउटा तपाईलाई आज प्रतिवद्धता गर्नु चाहन्छु, भएन भने म राजनीति गर्ने मान्छे हुँ, म यो दावा गर्छु यो विद्यालयमा समग्रतामा तीन वर्षभित्र हामी सबै विद्यालयमा राम्रो पढाइने, अनुशासन भएको विद्यालय बनाउँछौ ।
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)