बोट विरुवा, सामाजिक, शैक्षिक संस्थाको शनै शनै विकास हुन्छ । यो प्रकृतिको नियम हो । कञ्चनपुरको एक मात्र मा.वि. श्री बैजनाथको समुद्घाटन २०२२ साल शिक्षामन्त्री पुस्करनाथ उप्रेतीको करकमलबाट भएको थियो । ६ कक्षाको एक मात्र विद्यार्थी रामकिसन राना र एक जना शिक्षक श्रीधर पन्त थिए । वर्तमान गल्ली नं. ५ सरस्वती पुस्तक भण्डारको आस पासमा एउटा भारतीय व्यापारीको घरमा बैजनाथ विद्यालयको स्थापना भएको थियो । त्यसपछि ह्वाइट हाउस (भि.वि. लाइब्रेरी ) मा विद्यालय स¥यो । २०२३÷०२४ मा छात्र संख्या १२ थियो र शिक्षक २ र ९ कक्षा खुल्यो । शिक्षा सत्र २०२४(२०२५ मा आठ कक्षा खुल्यो । छात्र ४५, छात्रा ५, शिक्षक २ थिए ।
कलमकारलाई सम्झना आउँछ, श्री विजयपुुर विद्यालय र २०१९ साल तल्लो स्वराड तितावै बैतडीमा पुनः ६ कक्षा खोल्दा १ विद्यार्थी मिलेको थियो । त्यस्तै भीनपा ६ कञ्चनपुरमा शान्ति निकेतन प्रा.वि. २०२६ साल स्थापना गर्दा १(२ विद्यार्थी मात्र उपलब्ध भए । त्यस्तै बैजनाथ मा.वि. खोल्दा १ विद्यार्थी मात्र उपलब्ध थियो । प्र.अ. श्रीधर पन्तज्यूले २०२७ सालसम्म अथक परिश्रम र लगनशीलतासंग तथा विभिन्न कठिनाईका साथ विद्यालय साँस फेर्दै अगाडि बढेको थियो । केही कारणवश पन्तज्यूले इस्ताफा दियो र श्री मणिलेक मा.वि. का प्र.अ. श्री उत्तम चन्दज्यूलाई बैजनाथ मा.वि.का तत्कालिन शिक्षाप्रेमी अध्यक्ष ईश्वरी प्रसाद चटौत शास्त्रीज्यूले बोलाउनु भयो । बैजनाथलाई सहयोग गर्ने धेरै संघ संस्था, समाजसेवी, शिक्षाप्रेमी थिए । छोटो लेखमा सबैका नाउँ लेख्न सकिन्न । केही उदाहरण स्वरुप ठेकेदार दान सिह रावल, जयानन्द भट्ट, शिवदत्त बोहरा, भवान सिह बोकटी, रण बहादुर चन्द, राम बहादुर चन्द, सिताराम भट्ट, प्र.प. मोहन रावल आदि ।
कर्मठ, शिक्षाप्रेमी, अनुशासनप्रेमी, अध्यात्मवादी, प्र.अ. उत्तम चन्दको कार्यकाललाई बैजनाथ मावि नमूनाको स्वर्णकाल भन्न अतिशयोक्ति नहोला । शिक्षा र कृषि मुख्य विषय थिए त्यो बेला । शिक्षाको क्षेत्रमा, खेलकूदको क्षेत्रमा, रेडक्रस, स्काृउटिङ्ग, विभिन्न अतिरिक्त क्रियाकलापमा, प्रौढ शिक्षा, समाज सेवामा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गर्नमा यस विद्यालयले उच्च नाम कमाउनमा सफलता हासिल गरेको कुरा सर्वविदितै छ लेखि रहनु पर्दैन । कञ्चनपुरको एक मात्र मा.वि.ले पूर्ण जिल्लामा एवम् राष्ट्रिय स्तरका हरेक क्षेत्रमा योगदान पु¥याएको कुरा छर्लङ्ग छ, सूर्यको प्रकाशझैं ।
यस विद्यालयका विद्यार्थी एवम् शिक्षकहरु यस जिल्लामा मा.वि., नि.मा.वि., प्रा.वि.मा प्र.अ. शिक्षकमा सेवा गर्दै आइ रहेको अहिले पनि हेर्न सकिन्छ । देशका राजनैतिक, प्रशासनिक, स्वास्थ्य, व्यवसायिक आदि विभिन्न क्षेत्रमा यस विद्यालयले उत्पादन गरेका व्यक्तित्वले उच्च योगदान पु¥याएको कुरालाई पनि भनि रहनु पर्दैन । देश विदेशमा पनि यस विद्यालयका विद्यार्थी, शिक्षक उच्च ओहोदा पुगेका थिए र वर्तमानमा पनि छन् । त्यस्तै स्काउटिङ्गमा, खेलकूदमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको कुरा कसैबाट लुकाउन सकिदैन । उदाहरण( सचिव विद्याधर मल्लि, मनोज भट्ट आदि ।
यस जिल्लाको शिक्षाको मूल फुटाउने श्री बैजनाथ नमूना मा.वि. अथवा शिक्षाको मूल ज्योति भन्न पनि मिल्छ । किनभने वर्तमान नमूना मा.वि. (साधारण मा.वि.) को जन्मदाता पनि बैजनाथ हो । बैजनाथको दक्षिण पट्टिको भवनमा यसै विद्यालयका शिक्षक धर्मानन्द भट्टलाई प्र.अ. बनाई साधारण विद्यालय खोलेको धेरै पूरानो भएको छैन । त्यति मात्र होइन, त्यस विद्यालय बढी आकर्षक बनाउने क्रममा तत्कालिन प्र.अ. उत्तम चन्दले नियम बनाई प्रथम र द्वितीय श्रेणीका विद्यार्थी मात्र त्यस साधारण विद्यालयमा पढ्न पाउने छन् ।
एस.एल.सी. पढेका कर्मचारीलाई डाक्टर पढ्न यस विद्यालयले रात्रीकालिन कलेज खोलेको थियो । यसै विद्यालयका शिक्षक टेकराज पन्तलाई विद्यालयले चिफ बनाएको थियो । त्यो बेला जिल्लामै विद्युतको व्यवस्था नभएकाले लालटिन, गेस, मोमबत्ती बालेर यसै विद्यालयका शिक्षकहरुले अध्यापन कार्य गर्थे । पछि यसै नाइट क्याम्पसले बहुमुखी क्याम्पसको विकसित रुप लियो । जुन अहिले सु.प. वि.वि. को केन्द्रीय क्याम्पसको रुपमा प्रगतितिर बढ्दैछ ।
यस विद्यालयका कर्मठ शिक्षकहरुले २०३३ सालतिर बेसरमको बाड हाली वर्तमान अनाथालय, आदर्श …..विद्यालयको जमिन समेत यस विद्यालयभित्र ओगटेको थियो । यस विद्यालयले जमिन बढी महसूस गरि उक्त विद्यालयको जमिन छोडि साढे १३ बिगाहा मात्र जमिन बाँकी बचेको छ , वर्तमानमा अझ भवनहरु थपिएका छन् । भौतिक रुपले सम्पन्न भए पनि २०४२ सालदेखि विद्यालयमा राजनीतिले प्रवेश गरेकोले विद्यालयले आफ्नो गौरबमय इतिहासलाई अझ प्रगतितिर लग्नुको सट्टा ह्रास नियम लागू भएको विज्ञहरुको भनाई छ । अनुशासनमा ह्रास आएकाले शैक्षिक क्षेत्रमा कुप्रभाव पर्न सुरु भयो । जहाँ पहिले विद्यार्थीको चाप बढेको थियो, त्यहाँ पछि विद्यार्थी चाप घट्दै गएको कुरा सर्वविदितै छ । जहाँ ६ कक्षादेखि मा.वि. थियो त्यहाँ १ कक्षादेखि कक्षा सञ्चालन गर्न बाध्यता हुन गयो । त्यति गरेर पनि विद्यालयले सम्हालिने अवस्था प्राप्त गर्न सकेको देखिदैन ।
कलमकारले ४ विद्यालयमा अध्यापन, संस्थापकको सुवर्ण मौका पाए ता पनि २०२५ देखि २०६४ सम्म अरु विद्यालयको तुलनामा अधिक समय बैजनाथ मा.वि. मा कहिले का.मु. प्र.अ., कहिले स.प्र.अ., कहिले उच्च मा.वि. संयोजक, स्काउटिङ्ग आदिमा सेवा गर्ने मौका पाएकोले आफूलाई भाग्यमानी ठानेको छु । शिक्षकको खास सम्पत्ति विद्यार्थीको प्रेम नै हुन्छ, जीवनभरी यो कुरालाई अँगालेको छु । अन्तमा यस गौरबमय इतिहास बोकेको विद्यालयले आफ्नो विगतलाई आधार बनाई वर्तमानतर्फ दृष्टि पु¥याउँदै भविष्य उज्जवल पार्ने विश्वासका साथ कोटि कोटि नमन र हार्दिक शुभकामना ।
साधुवाद
(लेखक बैजनाथ माविका पूर्व प्रधानाध्यापक हुन ।)