ghar sansar

जीवन बीमा गर्न पैसा तिर्नु पर्दैन

––राजेन्द्र बहादुर चन्द

आम चलन चल्तिको भाषामा कुनै चिज बस्तु वा सेवा खरिद गर्दा हामिले पैसा तिर्ने गर्छाै र तिर्ने हो। चाहे त्यो कुनै खाद्य पदार्थ खरिद गर्दा होस या कुनै होटेल अस्पतालको सेवा नै लिदा किन नहोस, यि र यस्तै सेवा खरिद गर्द नै किन नहोस त्यो समयमा हामीले पैसा तिर्नु पर्दछ । यदि हामि बैकको सेवा उपभोग गर्न जान्छौं भने त्यहाको लागि हाम्रो बुझाई फरक हुने गर्दछ। बैकमा जादा वा बैकको सेवा लिदा हामिले सहजै बोल्ने भाषा हो बैकमा पैसा जम्मा गरेर आए अथवा बैकमा पैसा जम्मा गर्न गएको थिए ।

lotus institite

अर्थ मन्त्रालय मातहत रहेका दुईटा स्वायत्त संस्था नेपाल राष्ट्र बैक जसले सम्पुर्ण बैक तथा बित्तिय संघसंस्थालाई नियमन गर्ने गर्दछ भने एवम् प्रकारले अर्थमन्त्रालय मातहत मै रहेको अर्काे संस्था हो श्री बीमा प्राधिकरण, जसले समग्र बीमा क्षेत्रलाई नियमन गर्ने गर्दछ । आम जनमानसमा एक प्रकारको बुझाई अझै पनि के रहेको देखिन्छ भने जीवन बीमाका लागि वा बीमा गर्दा तोकिने प्रिमियम रकमलाई तिर्नु पर्ने भन्ने बुझाई र मानसिकताको कारणले गर्दा अझै पनि बीमा क्षेत्रमा आम जनता ढुक्क भएर आफ्नो आम्दानीको थोरै अंश पनि बचत गर्न हिच्किचाउने गरेको देखिन्छ ।

daimond public

तर वास्तवमा भन्ने हो भने जीवन बीमा भनेको त पैसा तिर्ने नभई आफु रहुन्जेल आफ्ना लागि र आफु नरहे आफ्नो परिवारका लागि होस भनेर गरिने एउटा निश्चित समयावधिको बचत योजना हो । जुन योजनाले हाम्रो आम्दानीको सानो अंश अथवा समग्रमा भन्दा कमाईको १०–१५ प्रतिशत मात्रै पनि जीवन बीमाका लागि बचत गर्ने बानि बसाल्ने हो भने, कहिलेकाही तपाई हाम्रो जीवनमा कुनै पनि प्रकारको जोखिम आईपर्दा पनि र हामिले गर्ने सम्पुर्ण कमाई नै गुमाउदा पनि , कमाउदै गर्दा बचत गरेको त्यो १५% बचतले हामि नहुदा वा नरहदा पनि हाम्रो परिवारको लागि आर्थिक रुपमा सम्पुर्ण हामि रहदाकै जस्तो हुने गरि आर्थिक रुपमा सक्षम बनाउने गर्दछ। फलस्वरूप परिवारका लागि हामि जिवित छदा जसरि कमाउन सक्थ्यौ र परिवारका न्युनतम आवश्यकता परिपुर्तिमा हामि तल्लिन रहने गर्दथ्यौ एवम् प्रकारले हाम्रो परिवारले हामीलाई भौतिक रुपमा गुमाउदा पनि आफु जीवित रहदा कमाईको सामान्य १५% जतिको बचतले पनि हाम्रो अनुपस्थितमा पनि हामि भए सरहको नै आर्थिक सुरक्षा प्राप्त गर्ने एकमात्र माध्यम हो जीवन बीमा। जसका लागि हामिले पैसा तिर्ने हैन कि पैसा बचत गर्ने गर्नु पर्दछ। जीवन बीमाका लागि पैसा तिर्नु पर्दछ भन्ने सोचलाई नै परिवर्तन गरिनु पर्दछ ।

जीवन बीमा लाई अझै पनि आम नागरिकको लागि अनिवार्य सुबिधाका रुपमा पहिचान गराउन नसकिएको कुरा जग जाहेर नै छ। यसका लागि सर्वप्रथम त सरकारले नै भुमिका खेल्नु पर्ने हुन्छ । त्यसका लागि घरका मुलि मान्छेको अनिवार्य रुपमा सके सम्म एक ब्यक्ति एक बीमा योजना लागु गर्नु पर्दछ । बीमा गरेको ब्यक्ति छ भने मात्रै अन्य सेवमापनि ग्राह्यता दिने भन्ने योजना ल्याउन सकेमा एकातिर प्रत्येक नागरिकमा अनिवार्य बचत गर्ने बानिको बिकास पनि हुने छ भने अर्काे तर्फ उक्त ब्यक्तिको परिवार आर्थिक संकटबाट जोगिने छ ।

जीवन बीमाको आवश्यकता धनिभन्दा पनि बढि निम्न आयस्रोत भएका ब्यक्तिको लागि रहने गर्दछ। तसर्थ सरकारले हरेक ब्यक्तिको जीवन बीमा अनिवार्य रुपमा गरेकै हुनुपर्ने गर्नु पर्दछ । किन त भन्दा कमसेक दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउनुपर्ने अवस्था भएको एकजना अविभावकले पनि कामको खोजिमा घर बाट बाहिर जादै गर्दा उसले बिभिन्न जोखिमको सामना गरिरेको हुन्छ । तर यदि त्यो मान्छे कुनै प्रकारको जोखिमको सिकार हुन पुग्छ भने त्यस पछि उसको परिवारको लागि न्युनतम आवश्यकता पुरा हुने गरि कसले आर्थिक सहयोग दिन्छ त ? त्यसका लागि एउटामात्र उपाय रहने गर्दछ , यदि उसले आफ्नो जीवन बीमा गरएको छ भने मात्रै त्यो ब्यक्तिले र त्यो ब्यक्ति माथि आश्रितले आर्थिक सुरक्षा प्राप्त गर्न सक्दछन । त्यसका लागि उसले आफ्नो कमाईको सानो अंश अर्थात रु १०० कमाउदा रु १५ जति मात्रै पनि यदि अनिवार्य बीमामा बचत गर्ने गरियो भने कुनै बेला त्यो परिवारको प्रमुख मान्छे जसले कमाएर आफ्नो परिवार पालिरहेको थियो उ स्वयं नै नरहदा पनि उसले बचत गर्ने गरेको १५% ले उसको परिवारले उसलाई गुमाउदा पनि सम्पुर्ण रुपमा अघि भने झै पुरै ८५% आर्थिक सुरक्षा प्राप्त गर्न सक्ने छन। फल स्वरूप परिवारले आफ्ना न्युनतम आवश्यकता पुरा गर्न आर्थिक अभावमा कहिकतै भौतारिनु पर्ने छैन ।

सारांसमा हामिले बुझ्नुपर्ने कुरा केहो भने जसरि हामि बैकमा आफ्नो कमाईको रकम जम्मा गर्ने गर्दछौ र आवश्यकता पर्दा झिकेर काम चलाउने गर्दछौ, एवम् प्रकारले जीवन बीमामा पनि निश्चित समयावधिका लागि हामिले पैसा बचत नै हो गर्नुपर्ने र सो गरेवाफत बीमा कम्पनीले बचत गर्ने बिमितको बचत रकमको बोनस पनि दिने गर्दछ भने प्रमुख रुपमा बिमितको जीवनमा आउन सक्ने निम्न जोखिमहरु
१– दुर्घटनाको जोखिम
२– पुर्ण अशक्तताको जोखिम
३– घातक रोगको उपचार सम्बको जोखिम
४– कालगति बाट हुने निधनको जोखिम
लाई समेत बहन गर्ने शर्तमा बीमा कम्पनिले हामीलाई सुबिधा प्रदान गरिरहेको हुन्छ।

लेखक  नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत आ व २०७७÷७८ मा महेन्द्रनगर शाखाबाट HERO OF THE YEAR सम्मानित Chief Business Manager हुन।

Himal dental
सम्बन्धित
Loading...