कञ्चनपुरलाई औद्योगिक हब बनाउने मन्त्री भण्डारीको दावी, भन्छन्–एक साताभित्रै छेला औद्योगिक क्षेत्रलाई भोगाधिकार दिलाउँछु

महेन्द्रनगर । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने बताएका छन् ।

दैजीस्थित छेला औद्योगिक क्षेत्र निरीक्षणपछि आयोजित कार्यक्रममा उनले छेलालाई उच्च प्राथमिकता दिएर काम सञ्चालन गरिएको उल्लेख गरे । ‘कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउँछु, सरकार नीजि क्षेत्रको साथमा छ’ उनmले भने, ‘नीतिगत सुधार गरी लगानी मैत्री वातावरण निर्माण गर्नका लागि मन्त्रालय धमाधम काम गरिरहेको छ ।’

janjyoti campus

मन्त्री भण्डारीले छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दुई साताभित्र भोगाधिकार कायम हुने गरी काम थालिएको दावी गरे ।

‘मैले मन्त्रालय सम्हालेको एक महिनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ मन्त्री भण्डारीले भने, ‘यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ । त्यो प्रतिवेदन क्याबिनेटमा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछु ।’

भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने उनले बताए । त्यसका लागि ५ अर्ब बढी बजेट माग गरिएको उनले जानकारी दिए ।

छेला औद्योगिक क्षेत्र दुई वर्ष अघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले शिलान्यास गरेका थिए । शिलान्यास गरिएपछि रुख छपान प्रक्रिया अघि बढे पनि अझैसम्म अधुरो छ ।

सरकारले औद्योगिक क्षेत्रका लागि भोगाधिकार नदिएपछि प्रस्तावित क्षेत्रमा अन्य कार्य पछाडि धकेलिएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...