ghar sansar

बजार बन्द गरी चर्को ब्याज विरुद्ध व्यवसायी सडकमा

khasi

महेन्द्रनगर । बैंक तथा वित्तिय संस्थाको चर्को ब्याज विरुद्ध उद्यमी व्यवसायी सडकमा निस्किएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको अगुवाईमा बजार बन्द गरी व्यवसायी ब्याज विरुद्ध सडकमा आएका छन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघबाट उद्यमी व्यवसायीले व्याज विरुद्ध ¥याली निकालेका छन् । ¥यालीमा बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी सहित वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, बाणिज्य उपाध्यक्ष धर्मसिह रावल, महासचिव खगेश्वर बोहरा, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी लगायतका पदाधिकारी, सदस्य सहभागी भएका छन् ।

Anant bahu travels

ब्याज विरुद्ध आन्दोलनमा निर्माण व्यवसायी संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र चन्द, महासचिव योगेन्द्र ठकुराठी लगायतका सहभागी भएका छन् ।

बाणिज्य संघका अध्यक्ष जोशीले आर्थिक मन्दीको बेला चर्को ब्याज बढाएर उद्यमी व्यवसायीलाई असहज अवस्था आएकाले सडक आन्दोलन गर्नु पर्ने बाध्य भएको बताए ।

dirghayi clinic

‘अहिले आर्थिक मन्दी छ, ६,७ र ८ प्रतिशत ब्याजमा लिएको ब्याज अहिले बढाएर १६, १७ र १८ प्रतिशतसम्म पुगाइएको छ’ उनले भने,‘मन्दीले कारोबार त्यसै समस्यामा छ, यस्तोमा चर्को ब्याज बढाएर तिर्न नसकिने अवस्था बनाई दिएको छ ।’


बाणिज्य संघले सोामबार पत्रकार सम्मेलन गरी चर्को ब्याज विरुद्धमा सडक आन्दोलन गर्ने घोषणा गरेको थियो । अध्यक्ष जोशीले पहिलो चरणमा फागुन १५ देखि २० गतेसम्म दबाव मुलुक आन्दोलन हुने र त्यसपछि सशक्त रुपमा आन्दोलन गरिने बताए ।

बाणिज्य संघबाट विरोध ¥याली अघि विहान ११ बजेसम्म महेन्द्रनगर बजारका पसल उद्योग बन्द गरिएका छन् । तीन दिन अघि धनगढीमा सुदूरपश्चिम प्रदेशका उद्यमी व्यवसायीको भेलाले चर्को ब्याज विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।

त्यस अनुसार फागुन १८ गते बैंकमा रकम जम्मा नगर्ने, भएको रकम फिर्ता गर्न लगाउने, २० गते संघको नेतृत्वमा सबै बस्तुगत संघ संस्थाहरुलाई तथा सम्बन्धित पक्षलाई राखेर थप आन्दोलन घोषणा गर्ने लगायतका छन् ।
संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले संसारमा नभएको निक्षेप तथा ऋणको ब्याजदर उच्च भएकाले काम गर्ने उद्योगी व्यवसायी मारमा परेको बताए ।

‘हामी कहाँ केही रकम जम्मा गर्ने र ब्याजकै भर पर्ने प्रचलन छ, ‘पैशा हुनेले लगानी नगर्ने र नहुनेले चर्को ब्याजदरमा ऋण निकालेर काम गर्नुपर्ने बाध्यता छ ।’

संघका महासचिव खगेश्वर बोहराले चर्को ब्याजदर घटाउनुपर्ने, ऋणको ब्याजदर एक अकंमा राख्नुपर्ने, ऋण लिदा बखत सम्झौता अनुरुप ब्याजदर कायम हुनुपर्नेदेखि अव्यवहारिक नीति खारेजी हुनुपर्ने माग अघि सारेर उद्योगी व्यवसायी बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...