महेन्द्रनगर । संवैधानिक कानुनी प्रावधानको कार्यन्वयन गरौ जातिय छुवाछुत भेदभावका बिरुद्ध प्रतिरोध गरौ” भन्ने नाराका साथ मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रङ्गभेद उन्मूलन दिवस मनाइएको छ ।
दिवसको अवसरमा जातिय विभेदको वर्तमान अवस्था र यसको व्यहारिक अन्त्यका लागि सरोकारवालाबीच अन्र्तक्रिया कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिकाको सभा कक्षमा सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरासिह सार्कीको प्रमुुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सहभागीहरुले समाजमा अहिले जातका आधारमा विभेद हुन निन्दनीय र असामाजिक भएकाले सबैले अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् ।
दलित महिला संघ (फेडो) कञ्चनपुरले भीमदत्त नगरपालिका, गैर सरकारी संस्था महासंघ, दलित गैर सरकारी संस्था महासंघ, स्वीट नेपाल र सीप नेपालको सहकार्यमा कार्यक्रम गरेको छ ।
फेडोका अध्यक्ष लक्ष्मी विकको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक समाशास्त्री पृत बहादुर विष्टले नेपालमा जातपात व्यवस्था सम्बन्धी प्रस्तुती गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिति सुदूरपश्चिम प्रदेश सभा सदस्य सार्कीले समाजमा विद्यमान जातीय विभेद अन्त्यका लागि राज्यका सबै संरचना लाग्नु पर्ने उल्लेख गर्दै सोच बदल्न पर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिकिा प्रमुख दुर्गादत्त बोहराले समाजलाई सबै क्षेत्रका मानिसहरुको अवस्यक्ता पर्ने भएकाले सबैले मिलेर एकले अर्कालाई उच्च सम्मान प्रदान गर्दै समुदायमा बस्नु पर्ने बताए ।
उनले दलित समुदायको उत्थान गर्नको लागि सबैले आर्थिक, शैक्षिक सिप विकासलाई बलियो बनाउन जरुरी रहेको बताए । आफू सक्षम भयो भने कसैले पनि हेप्न नसक्ने र सदैव सम्मान पाईने बताए ।
कार्यक्रममा दलित समुदायका अगुवा नर बहादुर विश्वकर्माले शासन व्यवस्था परिवर्तन अनुसार दलित समुदायमाथि हुने व्यवहार परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दैै राज्यले पछाडि परेको समुदायलाई विशेष प्राथमिकता दिनु पर्ने उल्लेख गरे ।
दलित गैर सरकारी संस्था महासंघका सुदूरपश्चिम प्रदेश सदस्य, दलित अधिकारकर्मी नरेश सिलाले सरकारले बनाएका नीति नियम यो वर्गलाई मूलधारमा ल्याउनु पर्ने र कानुनमा आधार मानेर कानुनलाई आधार मानेर अन्य मुलुकमा सरकारको उच्च पदस्थ तहमा पुग्न सफल भएको अवस्थामा अहिले राजनीतिक हिसाबमा पनि दलित वर्गलाई उपेक्षित गरिएको भारतमा बिभिन्न चरणमा दलित समुदायबाट सरकारको उच्च पदस्थ निकायमा अवसर प्रदान गरेर गतिलो उदाहरण पेश गरेको बताए ।
अहिले नेपालमा रहेका विभिन्न राजनीतिक पार्टीहरुले कम मात्रामा नगन्य मात्रामा दलित समुदायबाट प्रतिनिधित्व रहेको बताए ।
प्रहरीले जातिय विभेदका घटना शुन्य सहनशिलतामा रहेर कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले बताए । नेपाल प्रहरीको संगठनमा सबै समुदायका प्रहरी दाजुभाईको साझा फुलवारी रहेको अवस्थामा कुनै पनि पक्ष विपक्षमा नरही काम गरेको बताए ।
साथै जिल्लामा रहेका पीडितलाई न्याय दिनको लागि प्रहरी कार्यालयभित्र नागरिुक सहायता कक्ष र अहीले २०७८ सालदेखि दलित सेल पनि खोलिएको अवस्थामा अब निवेदन दिन तथा निवेदन लेख्न आएन भने पनि प्रहरीले आफैले सहयोग गर्ने व्यवस्था रहेको उनले बताए ।
दलित महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी विकले देश संघिय लोकतान्त्रिक,गणतान्त्रिक ब्यवस्था सगै अगाडी बढिरहेको अवस्थामा खासगरी पछिल्लो पटक दलित स्थानिय सरकार,प्रदेश सरकार तथा संघिय सरकारको प्रतिनिधित्वमा न्युन सहभागिता रहेको बताईन् ।
यो स्थानिय निर्वाचनमा दलित समुदायको सहभागिता घटेको र जिल्ला समन्वय समितिको अघिल्लो पटकमा पनि एक जनमात्रै दलित समुदायबाट सदस्यमा मनोनित गरिएको थियो भने यसपटक पनि एकजनामात्रै दलित सदस्यको रुपमा मनोनित गरिएको उनले बताईन् ।
दलित समुदायका ब्यक्ति पनि आफनो अधिकारका लागी संघर्ष गरेर केही हदसम्म भए पनि राज्यको संचालनमा आफनो प्रतिनिधित्व पुरयाउनमा सफल भएको उनले बताईन् तर जुन परिमाणमा प्रतिनिधित्व हुनुपर्ने हो त्यो हुन नसकेको उनले बताईन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अघिल्ला २ बर्षमा ४ वटा मुद्धा जातिय विभेदको दर्ता भएको छ ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कञ्चनपुरका सचिव अन्जु भट्टले स्वागत मन्तव्य राखेकी थिइन् । दिवसको अवसरमा मंगलबार साँझ मदनचोकमा मोमबत्ती बालेर दि प्रज्वलन गरिएको छ ।