ghar sansar

पुनर्वास नगरपालिकाले कृषि नीति बनाउने, मेयर शर्माले कृषि शाखालाई दिए तयारी थाल्न निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाको कृषि नीति ल्याउने भएको छ । पुनर्वासका मेयर तोय प्रसाद शर्माले शनिबार यस वर्ष नगर सभाबाट आगामी वर्षका लागि कृषि ल्याउने घोषणा हुन् । उनले कृषि नीतिका लागि आवश्यक तयारी कृषि विकास शाखालाई निर्देशन दिएका छन् ।

‘कृषिको लागि अर्को वर्ष नगर सभाबाट कृषि नीति ल्याएर अघि बढ्छौ’ पुनर्वास नगरपालिका ६ मा सञ्चालित श्री पुनर्वास तरकारी कृषक पाठशाला कार्यक्रम समापन कार्यक्रममा उनले भने,‘किसानलाई कृषिबाट के कसरी फाइदा, के कस्तो नीति बनाउने भनेर नगर, वडाका कृषक समूहसित सुझाव लिएर तयारी गर्न म कृषि विकास शाखा प्रमुखलाई यहीबाट भन्छु, त्यसका आधारमा नगर सभाबाट कृषि पारित गरी अघि बढ्छौ ।’

,orning glory badhai

मेयर शर्माले अघिल्लो वर्षमा आफू नयाँ भएकाले नगर सभाबाट चालु आर्थिक वर्षका लागि जन अपेक्षाका अनुसार कार्यक्रम नआएको उल्लेख गर्दै यस वर्ष अहिले नै आफूले सबै शाखालाई आवश्यक नीति ल्याउन निर्देशन दिइ सकेको बताए ।

‘नयाँ भएकाले अघिल्लो वर्ष शाखाबाट जे आयो, त्यसका आधारमा नीति कार्यक्रम ल्याइयो, यो वर्ष त्यस्तो हुँदैन, मैले सबै शाखालाई अहिले सबै जे जति चाहिन्छ, त्यसका लागि छलफल गरी ल्याउनु भनेको छ’ उनले भने,‘नगर सभाबाट पारित गर्ने जिम्मेवारी मेरो हो ।’

मेयर शर्माले स्थानीयको उत्पादन बजारीकरण र उपभोगका लागि आवश्यक सचेतना फैलाउन कार्यक्रम गरिने बताए । उनले भारतबाट आउने तरकारी विषालीयुक्त भए पनि सस्तो भएकाले उपभोग हुँदै आएकाले वासिन्दालाई नेपाली उत्पादन प्रयोगका लागि सचेतना फैलाइने उल्लेख गरे ।

dirghayi clinic

कृषक पाठशालामा काउलीको कक्षा सञ्चालन गरिएकाले सहभागी सबैले तालिमलाई व्यवहारमा ल्याएर पुनर्वासलाई काउलीलाई आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता औल्याए ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपी र पुनर्वास नगरपालिकाको साझेदारीमा स्वीट नेपालले सञ्चालन गरेको एकीकृत जीविकोपार्जन पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत कृषक पाठशाला सञ्चालन गरिएको हा ।

पुस ४ देखि चैत १५ गतेसम्म सञ्चालन गरिएको पाठशालामा १२ पुरुष र १४ महिला सहभागी भएका छन् । पुनर्वास नगरपालिकाको कृषि विकास शाखाका प्रमुख कर्ण बहादुर शाहीले पाठशालामा काउली सम्बन्धि कक्षा सञ्चालन गरिएको बताए ।

‘कृषक पाठशाखा तरकारीमा ५ सय र खाद्यान्नमा एक हजार हेक्टरमा सञ्चालन हुन्छ, तरकारी अन्र्तगत काउलीको पाठशाला सञ्चालन गरिएको थियो’ उनले भने,‘यसले काउली खेती सम्बन्धि किसानलाई जानकारी पाएका छन्, यसका आधारमा सजिलै काउली खेती गर्न सक्छन् ।’

कार्यक्रममा पुनर्वास ६ का वडा अध्यक्ष मित्र लामा, स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा, स्थानीय शिवराम कोइराला, बबिता श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए । पाठशालामा सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

स्वीट नेपालका अध्यक्ष तिरुवाले परियोजना अन्र्तगत पुनर्वास नगरपालिका २ सय ५० किसानलाई सहयोग गरिएको बताए ।

परियोजना नगरपालिका ६ वडामा सञ्चालन गरिएको छ । स्वीट नेपालका कार्यक्रम व्यवस्थापक अमित सुनारले कोभिड महामारीका कारण रोजगारी गुमाएर आर्थिक समस्या परेका सहित विपन्न, अपाङ्गता भएका वासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन कार्यक्रम सञ्चालन गरिएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...