–नरपालिका क्षेत्रका सबै बालबालिकालाई प्रारम्भिक बालविकास र शिक्षाको पहुँचमा पुर्या्उन सरोकारवाला व्यक्ति तथा निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गर्दै विद्यालयको भौतिक, आर्थिक, शैक्षिक तथा मानवीय व्यवस्थापन र विकास गर्दै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको गुणस्तर प्रबर्द्धन गरिनेछ ।
–विद्यालय शिक्षामा सुशासन प्रबर्द्धन गर्न विद्यालयको नेतृत्व प्रणालीमा सुधार, सूचना प्रविधिमा आधारित व्यवस्थापन, नतिजामा आधारित उत्तरदायित्व प्रणालीको विकास र अनुगमन तथा मुल्यांकन संयन्त्रको विकास गरिनेछ ।
–संस्थागत विद्यालयहरुको संचालन, व्यवस्थापन, विद्यार्थी भर्ना र पाठ्यक्रममा एकरुपता ल्याइनेछ।
–उच्च शिक्षा अध्ययन गर्ने अनाथ, गरिब, जेहेन्दार तथा दलित विद्यार्थीका लागि छात्रबृत्तीको व्यवस्था गरिनेछ । चिकित्साशास्त्र, इन्जिनियरिङ, नर्सिङ, कृषि, पशु र वन विज्ञानमा स्नातकमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रवृत्तीको व्यवस्था गरि प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई प्रोत्साहन गरिनेछ ।
– सार्वजनिक स्थलमा धुम्रपान तथा मद्यपान गर्न निषेध गर्ने ब्यवस्था तथा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐनलाई प्रभाबकारी कार्यान्वयन गरिनेछ। लागुऔषध नियन्त्रणका लागी विभिन्न संघसंस्था तथा नेपाल प्रहरीसँग समेत साझेदारी गरी स्थानिय समुदाय र विद्यालयहरुमा सचेतनाका कार्यक्रमहरु संचालन गरिने छन।
–नगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको दर्ता तथा अभिलेख ब्यवस्थित गरिनेछ । सुरक्षित प्रसुती सेवा विस्तार गरिनेछ । उपमेयर कोशेली कार्यक्रम तथा नवजात शिशु स्वागत कार्यक्रमलाई निरन्तरता दिइने छ ।
– निर्माणाधिन १५ सैयाको अस्पतालको निर्माण कार्य चाडो सम्पन्न गर्न पहल गरिनेछ र ५० सैयाको नगर अस्पतालको निर्माण गर्नका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
– प्रत्येक आधारभुत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला स्थापना गरिनेछ र प्रयोगशाला सुविधा भएका आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुको स्तरउन्नती तथा आवश्यक जनशक्तिको व्यवस्थापन गरिनेछ ।
– अपाङ्ग बाल अस्पताल तथा पुर्स्थापना केन्द्र, बनेपासँगको सहकार्यमा १८ वर्ष मुनिका बालबालिकाहरुको अपाङ्गताको निशुल्क रुपमा उपचार गरिने व्यवस्थालाई निरन्तरता दिदै अन्य अस्पतालसँग साझेदारीका कार्यक्रम समेत अगाडी वढाइनेछ ।
– प्रस्तावित दैजीछेला औद्योगिक क्षेत्र भित्रका रुखहरुको कटान र आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
– नगरपालिकाका सबै वडा जोडने गरी नगर चक्रपथको निर्माणका लागी अध्ययन गरि गुरुयोजना सहित नगर गौरवको योजनाका रुपमा निर्माणको प्रकिया थालनी गरिनेछ ।्र
– तटबन्ध सहितको वाह्य चक्रपथ निर्माण (कनकट्टी नदिको किनार हुदै वाड नं ८ देखि वडा नं ७, ९, १० हदै वडा नं १ राधा नदी) का लागी आवश्यक गुरुयोजना सहित कार्य अगाडी बढाईनेछ ।
– नगर गौरवका आयोजनाका रुपमा क्रिकेट स्टेडियम, कभर्डहल, कोल्ड स्टोर, नगरचक्रपथ, वेदकोट धाम, शिवलिंगेश्वर क्षेत्र विकास जस्ता पुर्वाधारका योजना अगाडी बढाईनेछ ।भम्केश्वरधाम, सिद्धसरोवर, बछेला, रौटेलाधाम लगायतलाई नगर गौरब आयोजनाका रुपमा थप गरिनेछ ।
–राधा नदी, पथरैया नदी , जडेपानी खोला, खेमा नाला, साजगाड खोला, बगुन खोला, झले खोला, बछेला नदी, सोता खोला, रौटेला खोला, हजारा खोला, कनकट्टी नदी लगायतका नदी तथा खोलाहरुमा गुरुयोजना बनाई नदी नियन्त्रणको कार्य गरिनेछ।
–वेदकोट ताल, सिद्दसरोवर ताल, बछेला, चुनेपानी, भम्केनी, लिङ्गा क्षेत्र, घटाल क्षेत्र र रौटेलालाई पर्यटनको केन्द्र र गन्तब्यका रुपमा विकास गर्न आबश्यक प्रबन्ध मिलाइनेछ ।
– नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, पोखरी, तालतलैया, सिमसार क्षेत्रहरुको संरक्षणको ब्यबस्था मिलाइनेछ ।
–सामुदायिक वन, नीजि र पारिवारिक वन क्षेत्रको बिस्तार, प्रबर्द्धन र विकासमा जोड दिइनेछ ।
–चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई निषेध गरिनेछ ।
– सार्बजनिक जग्गा, नदी किनार, सडक छेउ, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– नगरपालिकाको केन्द्र तथा वडा तहमा सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण गरी सेवाग्राहीबाट प्राप्त हुने सुझाब तथा गुनासोको ब्यबस्थापन गरिनेछ ।
– नगरपालिकाबाट प्रवाह हुने सेवामा अशक्त, अपाङ्ग तथा अति विपन्न सेवाग्राहीको सहज पहुँच वृद्धिका लागि आवश्यक ब्यबस्था मिलाइनेछ ।
– सेवाग्राहीहरुको गुनासो सम्बोधन गर्न मातहतका सबै कार्यालयहरुमा गुनासो सुन्ने अधिकारी तथा गुनासो पेटिकाको व्यवस्था गरिनेछ ।
– करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउन समग्र राजस्व प्रणालीलाई करदातामैत्री बनाइनेछ ।
– नगरपालिका क्षेत्र भित्रका सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउन आवश्यक पहल गरिनेछ।
– सूचना प्रविधिको प्रयोगबाट न्यायिक समितिको न्याय सम्पादनको कार्यलाई सरल, सहज र पहुँचयोग्य बनाइनेछ ्र न्यायिक प्रक्रियामा महिला, दलित, आदिवासी जनजाती, अल्पसंख्यक, पछाडी पारिएका वर्गहरुको सुलभ तथा सहज पहुँच सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
–स्थानीय समुदायलाई व्यवसायिक तथा आधुनिक कृषि तथा पशुपालनका लागी प्रोत्साहन गर्ने नीति लिइनेछ ्र कृषियोग्य भुमिमा सिचाई सुबिधा विस्तार गरिनेछ ।
–तरकारी, फलफूलको आपूर्ति र भण्डारण गर्न नीजि क्षेत्रवाट सिसैयामा संचालनमा रहेको शीत भण्डारणको क्षमता वढाउन आवश्यक सहयोग र सहकार्य गरिनेछ, साथै निर्माणाधिन शीत भण्डारलाई प्रयोगमा ल्याउन प्रदेश र संघ सरकारसँग समन्वय सहकार्य गरिनेछ।
–अर्गानिक खेती प्रणालीका लागी कृषकहरुलाई प्रोत्साहन गरिनेछ।रैथाने जातका बाली नालीहरुको संरक्षण गरिनेछ । हाट बजार निर्माण तथा संचालनको व्यवस्था गरिनेछ।
–प्रांगारिक मलको कारखाना निर्माणका लागी आवश्यक प्रकृयाको थालनी गरिनेछ ।
– गौशालामा रहेका गाईगोरुहरुको गोवरवाट वायो ग्यांस उत्पादन गरी समुदायमा बिक्री बितरण गर्ने व्यवस्था गरिनेछ ।
–जेष्ठ नागरिक आश्रय केन्द्र र हिंसा पिडित महिला र बालबालिकाहरुका लागि अल्पकालिन आश्रय सहितको सेवा केन्द्र सञ्चालनका लागि निरन्तरता दिईनुका साथै बालबालिका पुनःर्स्थापना केन्द्र, अशक्त स्याहार केन्द्र सञ्चालनका गरि मनोपरामर्श सेवाका लागि आवश्यक पहल गरिनेछ ।
–टोल बिकास संस्था दर्ता गरी सामाजिक विकासको अवधारणालाई सुनिश्चित गर्ने कार्यक्रम संचालन गरिनेछ ।
–असहाय, बेवारिस तथा सडक सहयोगापेक्षी मानब उद्धार, उपचार तथा व्यवस्थापनको लागि यहि क्षेत्रमा क्रियाशिल मानब सेवा आश्रमसँग सहकार्य गरिनेछ । नगर क्षेत्रमा भिक्षा माग्ने र माग्न लगाउने कार्यलाई पूर्णतः निषेध गरिनेछ । –खेलकुदको माध्यमबाट युवायुवतीहरुको व्यक्तित्व बिकास गर्न आवश्यक खेलमैदान तथा भौतिक पूर्वाधार बिकास र विस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ । विभिन्न खेल विद्याका खेलाडीहरुलाई नगर भित्रै आवश्यक तालिम तथा बन्द प्रशिक्षणको व्यवस्था गरिनेछ ।
–नगरबासीहरुलाई विभिन्न किसिमका सिप प्रशिक्षण लगायतका कार्यक्रमहरु संचालन गरि स्वरोजगार तथा व्यवसायी बन्न उत्प्रेरित गरिनेछ ।
–विपद ब्यवस्थापनका लागि समुदायस्तर तथा बिद्यालयस्तरमा विपद सचेतना, उद्धारको अभ्यासको कार्यलाई निरन्तरता दिइनेछ । विपदबाट हुने जोखिम न्यूनिकरण गर्न पुर्वतयारी तथा बिशेष सचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ ।
–जंगली जनावर, हात्ती, बँदेलबाट घर भत्काउने, अन्यवाली नोक्सानी गर्ने कार्य प्रायः भईरहेको एंव जंगली जनावरको आक्रमणबाट मानवीय क्षती समेत हुने गरेकोले सोको रोकथामका लागि सुरक्षाको प्रबन्ध मिलाई, राहत, क्षतिपूर्तिको व्यवस्था तथा दिर्घकालिन संरक्षणको उपाय अपनाइनेछ ।
– भवनको नक्सा पास प्रकृयालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली (Electronic Building Permit System) लाई थप प्रभाबकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । Digital Signature लाई आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याइनेछ ।
–नगरपालिकाबाट प्रबाह हुने सार्वजनिक सेवामा सूचना तथा संचार प्रविधिको उच्चतम उपयोग गरी एकिकृत विद्युतीय सुशासन प्रणालीको प्रबर्धन गर्दै डिजिटल पालिका निर्माणको कार्य अगाडी बढाईनेछ ।
–भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नाप जाँच गरी लालपूर्जा वितरण गर्ने कार्य सम्बन्धित निकायसँग समन्वय गरी वडा नं १ देखि ६ र ८ सम्म नापी कार्य सम्पन्न भइसकेको र बाँकी रहेका वडा नं ७ को केही भाग, ९ र १० मा अविलम्ब जग्गा नापजाँचको काम अगाडी बढाइनेछ ।
सेतो पुर्जा वाहक जग्गा धनिहरुलाई तत्काल लालपुर्जा उपलब्ध गराउन आवश्यक पहल गरिनेछ।
–वेदकोट नगरपालिका क्षेत्रभित्र आवश्यक विद्युतका पोल तथा ट्रान्सफर्मर थप गरी विद्युतिकरणलाई व्यवस्थित र विस्तार गर्न पहल गरिनेछ ।
–वेदकोट नगरपालिकामा इलाका प्रहरी कार्यालय स्थापनाका लागि संघीय सरकारसँग पहल गरिनेछ । वडा नं २, ५ र ८ मा अस्थायी प्रहरी चौकीको स्थापनाका लागि संघीय सरकारसँग पहल गरिनेछ ।
– वेदकोट नगरपालिकाका विपन्न, दलित, आदिवासी÷जनजाती, थारु, लोपोन्मुख जाती, मुक्त कमैया, मुक्त हलिया लगायत जोखिमपूर्ण काम गर्ने नगरवासीको दुर्घटना तथा जोखिम बिमा कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।