ghar sansar

महाकाली कोरिडोरको कञ्चनपुर खण्डमा हट्यो अवरोध, अब ट्रयाक निर्माण कार्य थालिने

dirghayu ad

महेन्द्रनगर । महाकाली करिडोरको कञ्चनपुर खण्ड निर्माणको बाटो खुलेको छ। सडक निर्माण कम्पनी विभा÷सन्नीदेव जेभीले सोमबार जिरो प्वाइन्टमा निर्माण सामाग्री झारेको छ। सव–डिभिजन वन कार्यालय ब्रम्हदेवले सडक क्षेत्रमा पर्ने रुखमा टाँचा लगाउन थालेको छ । मंगलबारदेखि रुख कटानसँगै ट्रयाक ओपनको काम सुरु हुनेछ ।

ठेक्का सम्झौता भएको दुई वर्षपछि ट्रयाक खोल्न थालिएको हो । करिडोरको जिरो प्वाइन्ट ब्रम्हदेव बजारदेखि कञ्चनपुर सीमासम्मको ११ किलोमिटर क्षेत्रमा पर्ने रुख कटान हुन नसक्दा काममा व्यवधान आएको थियो ।

ratnam malkhad

महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले वन कार्यालयले रुखमा टाँचा लगाउन सुरु गरेसँगै काम अगाडि बढेको बताए। ‘वन विभागले रुख काटने अनुमति दिइसक्यो, धमाधम टाँचा लगाइदैछ,’ उनले भने, ‘निर्माण कम्पनीले मेसिन झारिसके, भोलिदेखि तीव्र रुपमा काम सुरु हुन्छ ।’

केही महिनाअघि मन्त्रिपरिषद्ले रूख र पोल साइजका रूख कटान गर्न दिने निर्णय गरेको थियो । तर, वन विकास कोषमा रकम जम्मा गर्न ढिलाई गरिदा अन्यौल सृजना भएको थियो ।

कञ्चनपुर क्षेत्र नं. ३ का निवर्तमान सांसद तथा महाकाली करिडोर निर्माणको पहलकदमी लिइरहेका डा. दीपकप्रकाश भट्टले वन र भौतिक पूर्वाधार मन्त्रालयमा यसबारे बारम्बार ताकेता गरिरहेका थिए ।

‘लामो प्रयास सफल भएको छ,’ भट्टले भने, ‘वन विकास कोषमा रकम जम्मा भएपछि रुख कटानको आदेश पाइएको छ, अब डडेल्धुरा सीमासम्मको ११ किलोमिटर ट्रयाक खुल्नेमा ढुक्क भए हुन्छ ।’

कञ्चनपुर खण्डको ११ किलोमिटर ट्रयाक खुलेमा छिट्टै डडेल्धुराको जोगबुढासम्म सवारीसाधन गुडाउन सकिने आयोजना प्रमुख जोशीले बताए । ‘३८÷४० किलोमिटरको दूरी हो, कञ्चनपुर खण्डमा मात्र ट्रयाक खुल्न बाँकी छ,’ उनले भने, ‘तीव्र गतिमा काम भएमा दसैंसम्म गाडी गुडन सक्छन ।’

महाकाली करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर सडक खण्डको ट्रयाक खोल्न दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि डडेलधुराको सीमासम्म ११ किलोमिटरमा १५ सय ३२ रूख र ४ सय १९ पोल साइजका रूख पर्छन ।

मन्त्रिपरिषद्ले फागुन १५ मा रूख र पोल साइजका गरी १ हजार ९ सय ५१ रूख कटानका लागि निर्णय गरेको थियो । महाकाली किनारका चार जिल्ला जोड्ने ४ सय २५ किलोमिटर सडक खण्डमध्ये २ सय १५ किलोमिटरमा ट्रयाक खोलिएको छ ।

बैतडी र दार्चुलामा पनि हालै कटान आदेश प्राप्त भएर रूख काट्ने काम सुरु भएको छ। जोशीका अनुसार बैतडीमा ४ हजार ५ सय ९६ र दार्चुलामा पनि २ हजार ४३ रूखको कटानी आदेश प्राप्त भएको छ। डडेल्धुराको भागेश्वर क्षेत्रका लागि भने अझैँ कटानी आदेश प्राप्त भएको छैन ।

कञ्चनपुरदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलासम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न झण्डै डेढ दशकअघि महाकाली करिडोर आयोजना सुरु भएको थियो।

ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक आयोजनाले गरिरहेको छ । तुसारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

आयोजनाले ट्रयाक खुलेका केही ठाउँमा कालोपत्रका लागि पनि ठेक्का सुरु गरेको छ । डडेलधुरा र दार्चुलामा गरी ४ प्याकेजमा ३८ किलोमिटर कालोपत्रको ठेक्का भएको आयोजना प्रमुख जोशीले बताए ।

उनका अनुसार डडेलधुराको परशुराम नगरपालिकाअन्तर्गत कुणादेखि सादनीसम्म ६ किलोमिटर तथा दार्चुलाको बेतदेखि उकुसम्म १२ किलोमिटर र खलंगादेखि उत्तरतिर १०÷१० किलोमिटरका दुई प्याकेजमा ठेक्का सम्झौता भएको छ ।

चार वटै प्याकेजको काम तीन वर्षभित्र सक्ने गरी असारमा ठेक्का सम्झौता भएको थियोे । तर कतिपय ठाउँमा रूख कटान नगरी ट्रयाक खोलिएका कारण तत्काल कालोपत्रको काम अगाडि बढाउन नसकिने देखिएको छ ।

साभार : सीमा रेखा

Himal dental
सम्बन्धित
Loading...