दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनका लागि बनाउन थालियो ऐन, परराष्ट्र मन्त्री साउँद भन्छन्– सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा निकै टेवा पुग्छ

Amity

महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउदले कैलालीको गेटास्थित प्रस्तावित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने गरी सरकारले तयारी थालेको बताएका छन् ।

कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित स्वामी समैजी क्षेत्र विकास तथा सनातन धर्म संरक्षण समितिको १३ औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै मन्त्री साउदले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रुपमा सञ्चालनमा ल्याउने गरी सरकारले तयारी थालेको बताएका हुन् ।

janjyoti campus

‘गेटालाई देशकै पहिलो मेडिकल कलेज बनाउने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ, अहिले यसलाई सञ्चालनमा ल्याउन सरकारले तयारी गरिरहेको छ,’ मन्त्री साउदले भने, ‘सञ्चालनको लागि ऐन बनाउनका लागि काम अघि बढेको छ ।’

गेटामा निर्माण भएको मेडिकल कलेजलाई सरकारले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। यहाँ विश्वविद्यालय सञ्चालनमा आएमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा निकै टेवा पुग्ने मन्त्री साउदले विश्वास व्यक्त गरे।

सुदूरपश्चिम पर्यटकीय, पूर्वाधार, शैक्षिकलगायत दृष्टिकोणले अथाह सम्भावना बोकेको प्रदेश भएको समेत उनले बताए। ‘सुदूरपश्चिम निकै सम्भावना बोकेको क्षेत्र हो, त्यसमै थुप्रै चुनौतीहरु पनि छन्,’ उनले भने, ‘क्रमिक रुपमा ती चुनौती चिर्दै अगाडि बढ्नु पर्छ ।’

विकासका सवालमा दलीय स्वार्थ भन्दा माथि उठेर एकताबद्ध भएर लाग्नु पर्नेमा मन्त्री साउदको जोड थियो । भारतको उत्तराखण्ड र सुदूरपश्चिमलाई जोड्न मानसखण्ड सर्किट बनाउने सकिने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री समक्ष यसको प्रस्ताव गरिने समेत उल्लेख गरे।

‘मानसखण्ड क्षेत्रका धार्मिक, पर्यटकीय क्षेत्रध जोड्न सर्किट बनाउन सकिन्छ, भारत र नेपालतर्फ कति धार्मिक स्थल छन्, कसरी जोड्न सकिन्छ भनेर प्रस्ताव तयार गर्न भनेको छुँ,’ मन्त्री साउले भने, ‘यो तयार भएमा प्रधानमन्त्री ज्यूको आसन्न भ्रमणमा सरकारले भारतसमक्ष प्रस्ताव राख्छ ।’

डडेल्धुराको परशुराम र भारतको पूर्णागिरी जोड्न पक्की पुल निर्माणको आवश्यकता रहेको उनले जनाए। ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पक्की पुलका लागि भारतसँग समझदारी भएको थियो,’ मन्त्री साउले भने, ‘बैतडीको झुलाघाटमा पक्की पुलको आवश्यक छ, यसले सुदूरलाई कुमाउसँग सहजै जोड्छ र धार्मिक तथा पर्यटन प्रवद्र्धन सघाउ पुग्नेछ।’

उनले मानसखण्ड सर्किट विकासका लागि भारत सरकार पनि सकारात्मक भएको बताएका छन् । मानसखण्ड सर्किट निर्माण गरेपछि यहाँको धार्मिक पर्यटन तथा आर्थिक विकास रुपमा हुने उनले बताए ।

‘मैले सुदूरपश्चिम विश्व विद्यालयका उपकुलपतीलाई मानसखण्ड सर्किटको विकासका लागी मानसखण्ड क्षेत्रभित्र भारतमा रहेका धार्मीक क्षेत्र र नेपालमा रहेका धार्मीक क्षेत्रहरुको गृहकार्य गर्न र प्रपोजल बनाउन आग्रह गरेको छु ।’ उनले भने ‘उहाँले सो कार्य म गर्छु भनेर भन्नु भएको छ र भारत सरकार पनि यो मानसखण्ड सर्किट विकासका लागि ी सकारात्मक छ ।’

उनले अगाडी भने ‘भारत भ्रमणमा म भारत सरकारसंग यो विषयमापनि छलफल गर्नेछु ।’ मोहना नदिको तठबन्ध,जोडाघाट देखी धनगढी जाने बैकल्पिक सडकलगाएतका विकासका काम अगाडी बढाइने उनले बताए ।

‘मोहना नदिको तटबन्धको काम, जोडाघाट देखी धनगढी जाने वैकल्पिक सडक लगायत यो फल्टुडे जाने सडक र यहाँको यो ग्वासी समैजी मन्दिरलाई धार्मीक पर्यटनका रुपमा विकास गर्न काम अगाडी बढाइन्छ ।’ उनले भने ‘विकास निर्माणका काममा सबैको सहयोग सहकार्य रहनु पर्छ ।’

ghar sansar
सम्बन्धित
Loading...