ghar sansar

शुक्लाफाँटा एफएमका पत्रकार सिनाललाई बाणिज्य संघको आर्थिक पत्रकारिता पुरस्कार

महेन्द्रनगर । कञ्चनपुर उधोग वाणिज्य संघले आफनो ३२ औँ वार्षिक साधारणमा शुक्लाफाँटा एफमएका पत्रकार सुजित सिनाललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघले आर्थिक क्षेत्रमा कलम चलाउेन पत्रकारलाई बर्सेनी प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष सिनाललाई दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नगद ५ हजार ५ सयको चेक सहित उनलाई सम्मान पत्र प्रदान गरे । उनी २०६३ देखि पत्रकारितामा सक्रिउ उनले सामुदायिक रेडियो अमरगढीमा समाचार प्रमुख र हिलटाईम्स दैनिक पत्रिकामा यस अघि काम गरेका थिए ।

उनी मानसखण्ड दैनिक पत्रिकाबाट अहिले शुक्लाफाँटा एफएम र बाह्रसिंगा एफएममा समाचार प्रमुख र शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकामा अतिथि सम्पादकको रुपमा कार्यरत छन् ।

Himal dental
सम्बन्धित
Loading...