ghar sansar

महाकाली सिँचाई आयोजनाको नहरमा फेरि छाडियो परीक्षणका लागि पानी

khasi

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको निर्माणाधिन नहरमा परीक्षणका लागि पानी छोडिएको छ । भारतको सहमतिमा शुक्रबार ब्रह्मदेबदेखि झलारीको फुलेलीसम्म एक साताका लागि पानी छाडिएको हो । गत वर्ष दैजी बगुनसम्म परीक्षणका लागि पानी छाडेर बन्द गरिएको थियो ।

महाकाली सिँचाई आयोजानका निर्देशक रण बहादुर बमले ब्रह्मदेवदेखि शुक्लाफाँटाको फुलेली घरकटुवा खोलासम्म २८ किलोमिर मूल नहरमा परीक्षणका लागि पानी छाडिएको बताए ।

‘अहिलेसम्म २८ किलोमिटर मूल नहर निर्माणको काम सकिएको छ, यो परीक्षणका लागि आज पानी छोडिएको हो,’ बमले भने। यस प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका क्रममा आयोजना उद्घाटनका लागि पहल गरिएको थियो । प्रधानमन्त्री दाहालको भ्रमणमा दलमा कञ्चनपुरका परराष्ट्र मन्त्री एनपी साउँद सहभागी हुने भएपछि नहर औपचारिक उद्घाटन हुने अपेक्षा गरिएको थियो ।

प्रधानमन्त्रीको भ्रमण अघि आयोजना र नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी) का अधिकारीले संयुक्त रुपमा नहरको निरीक्षण गरेका थिए।

dirghayi clinic

हालसम्म २८ किलोमिटर मूल नहर बाहेक २२ शाखा नहर निर्माण गरिएका छन् । यस वर्ष थप शुक्लाफाँटाको फुलेलीदेखि कैलालीको गोदावरी खोलासम्म ४८ किलोमिटर नहर बनाउन टेण्डर गरिएको छ ।

सरकारले यस वर्ष आयोजानका लागि बजेट घटाएर एक अर्ब १७ करोड विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा एक अर्ब २३ करोड बजेट विनियोजन गरिएको थियो।

नेपाल र भारतबीच २०५२ माघ २९ गते गरिएको एकीकृत महाकाली सन्धिनमा महाकाली सिँचाई आयोजना तेस्रो चरण समावेश गरिएको थियो ।

सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८.३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८.५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ। यसका लागि १ सय ५२ किलोमिटर लामो मूल नहर, १सय ७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्ने कार्य अघि बढेको हो ।

एसियाली विकास बैंकले सशस्त्र द्वन्द्वका कारण लगानी गर्न अनिच्छा देखाएपछि अन्यौलमा परेको आयोजना आर्थिक वर्ष २०६३÷०६४ आफ्नै लगानीमा सुरु गरिएको थियो । आयोजनाबाट कैलाली र कञ्चनपुरका ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगाउने लक्ष्य राखिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...