–डिल्लीराज पन्त
महेन्द्रनगर । विगतका वर्षमा लक्ष्य अनुसारको राजश्व संकल गर्न सफल रहेको कञ्चनपुर गड्डचौकीस्थित भन्सार कार्यालयले कोभिड महामारीदेखि लक्ष्य अनुसार राजश्व संकलन गर्न असमर्थ देखिएको छ । गत आर्थिक वर्ष २०७९÷०८० पनि भन्सार कार्यालयले आर्थिक मन्दी, आयातमा कमी, बढ्दो चोरी पैठारी र लेटर अफ क्रेडिट लागुका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुरुप राजस्व सङ्कलन गर्न नसकेको हो ।
आर्थिक मन्दी, आयातमा कमि, सिमा क्षेत्रवाट हुने चोरी पैठारी र लेटर अफ क्रेडिट लागुका कारण कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुरुप राजस्व सङ्कलन गर्न नसकेको हो ।
कोरोना संक्रमण पछि यस भन्सार कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्यको ५४ प्रतिसत, २०७७÷०७८ मा १०५ प्रतिसत र २०७८÷७९ मा ८८ प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो ।
गत आर्थिक वर्ष २०७९÷०८० मा भन्सार विभागले गड्डाचौकी भन्सार कार्यालयलाई ५८ करोड ९६ लाख ४८ हजार राजश्व संकलनको लक्ष्य दिएको भए पनि ४२ करोड १० लाख मात्रै राजश्व सङ्कलन भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले यस आर्थिक वर्षमा वार्षिक लक्ष्यको ७१.४ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिए । उनका अनुसार आयातमुखी भन्सार भए पनि देशमा आर्थिक मन्दी र आयात नै घटेकाले राजस्व सङ्कलनमा कमी आएको र सरकारले लेटर अफ क्रेडिटको व्यवस्था लागू गरेकाले यसको असर पनि राजश्व सङ्कलनमा परेको छ ।
विभागले दिएको लक्ष्य अनुसारको राजश्व संकलन गर्ने लक्ष्यका साथ काम गरिहेको भन्सार कार्यालयले गत पुसबाट नेपाल राष्ट्र बैकले व्यापरीका लागि (एलसी) लेटर अफ क्रेडिट लागु गरेको र विलासिताका समान आयातमा समेत रोक लगाएको कारण लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको हो । कार्यालयले आर्थिक वर्ष २०७९÷०८० को चैत महिनामा सबैभन्दा बढी लक्ष्यको ८१ प्रतिश राजश्व संकलन गरेको छ । कार्तिक महिनामा सबैभन्दा कम ५९ प्रतिशत राजश्व संकलन गरेको थियो ।
कञ्चनपुर भन्सार कार्यालय गड्रडाचौकीले अघिल्लो आर्थिक वर्षमा पनि ६ करोड राजश्व सङ्कलन लक्ष्यभन्दा कम भएको गरेको थियो । अघिल्लो वर्ष भन्सारले ५२ करोड ७७ लाख राजस्व सङ्कलन गर्नु पर्नेमा ४६ करोड २२ लाख संकलन गरेको थियो ।
गड्डाचौकी नाकाबाट दैनिक उपभोग्य सामाग्री, लत्ता कपडा, विद्युतीय सामाग्री, फलफूल र तरकारी लगायतका सामाग्री भारतबाट आयात हुने गरेको छ ।
महाकाली नदीमा रहेको शारदा ब्यारेज (बनबासा पुल) सीमित समयका लागि खुल्ने गरेको र ठूला चार पाङ्ग्रे सवारी साधन पुलमा आवागमनमा समस्या भएकाले यहाँबाट अन्य भन्सार कार्यालय जस्तो ठूलो परिमाणमा आयात नहुने बताउँदै कञ्चनपुर जिल्ला अन्य जिल्लाका तुलनामा खुला सीमा क्षेत्र बढी भएकाले चौरी पैठारी समेत बढी हुने भएका कारण पनि आर्थिक वर्षमा लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकिएको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।
लक्ष्य अनुसारको राजश्व संकलन हुन नसके पनि भन्सार विभागले प्रत्येक वर्ष लक्ष्य बढाउँदै गएको छ । कञ्चनपुर प्रस्तावित दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण भएपछि भने भारत र चीबीच त्रिदेशिय व्यापार व्यवसाय हुने तथा आर्थिक गतिविधि बढ्ने भएपछि सरकारी राजश्वमा उल्लेख्य बुद्धि हुने आशा गरिएको छ ।