ghar sansar

कटानले तहसनहस हुँदैछ कुतियाकवर

–डिल्लीराज पन्त
महेन्द्रनगर । महाकाली नदी पारी दोधारा चाँदनी नगरपालिका १० कुतियाकवर गाँउ विस्तापित हुने खतरा बढेको छ । पश्चिमतिर जोगबुढा र उत्तर तिरबाट महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा बर्खा मात्रै हैन हिउदमा समेत हरेक वर्ष डुबान र कटान हुने गर्दा गाउनै विस्थापित हुने अवस्थामा आएको हो ।

अधिकाँश दलित वस्ति भएको दोधारा– चाँदनी नगरपालिकाको १० नम्वर वडा मा वसोवास गर्ने ४० घरपरिवारको करिव ८० विगाह क्षत्रफल हरेक वर्ष वाढिको चपेटामा पर्दै आएका छन । उनीहरु वर्खा लग्योकी कति बेला वाढि आउने हो र घरवार वगाएर लानेहो भन्ने चिन्तामै हुने गर्दछन । वर्खाका बेला उत्तर वाट महाकाली नदिको तेज वहाव र पश्चिम वाट भारतवाट हुदै बग्ने जोगबुडा नदिको उच्च वाढिका कारण कटानी र डुवानीको समस्यामा पर्दै आएका छन् ।

lotus institite

ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । यहाँको खेतीयोग्य जग्गा र सोमा लगाएको धान तथा तरकारी नदीले तीव्र रूपमा कटान गरिरहेकाले आफुहरु वढिको त्रासले समस्यामा पर्दे आएको स्थानिय रमा देवी सुनारले दुःखेसो पोखेकी छन् ।

४० परिवार बसोबास रहेको यो बस्तीमा केहीले तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् भने केही भारतमा मजदुरी गर्न जान्छन । आफुहरु भारतमा रोजगारी गर्न जादा वर्खाको वाढिले घरमा रहेका जहान बच्चाहरुको नै चिन्ता हुने गरेको उनीहरु बताउँछन् ।

बाढीले यहाँको बिघौँ बिघा जग्गा बगरमा परिणत गरीसकेको छ । विगतमा यस गाउमा आउजाउ गर्न समेत किस्तीको प्रयोग गर्नु पर्ने भएपनी हाल जोगबुडा नदिमाथि वनाईएको झोलुङगे पुल वाट ओहोर दोहोर गर्नै गरेका छन् ।

वढि आएको बेला घर नै डुवानमा पर्ने भएकाले ज्यान जोगाउनै मुस्किल हुने भन्दै ज्यान जोगाउन किस्ति मै पारि पट्टि डुवान नभएको स्थानमा कोही आफन्तको भरमा गएर ज्यान जोगाउने गरेका कारण स्थानिय सरकारले पक्की तटवन्धको पहल थाली दिए आफुहरु त्रासदी जिवन वाट मुक्त हुने स्थानिय खेम सुनार बताउँछन ।

daimond public

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण त्यस क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । यो वस्ति भारितय सिमा नजिकै भएकाकारण बेला बेला सिमा विवाद भई रहन्छ भने भारतिय सिमा सुरक्षा बलले समेत अनाहकमा दुख दिने गरेको स्थानिय वासि बताउछन ।

निर्वाचनका बेला भोट बैंकका रुपमा मात्रै प्रयोग गर्ने यो वस्तीका नागरिकलाई विभिन्न राजनितिक पार्टिहरु दुख परेको बेला भने कोही पनी नआउने स्थानिय वताउछन । निर्वाचनका बेला दुवै हात जोडेर विभिन्न आश्वासन दिई भोट माग्न आउने नेता विपदका बेला भने मुख देखाउन समेत नआउने गरेको भन्दै स्थानिय युवा विनोद सुनार आक्रोस व्यक्त गर्दछन ।

गत मंगलबार मात्रै सो बस्ती वाट ४० र ५० मिटरको दूरीमा नदीले कटान थालेको थियो । खेतियोग्य वालि सिहत को करिव २ विगाहा क्षेत्रफल जग्गा महाकाली नदिले कटान गरी वगाएर लगिसकेको छ भने अझै कटानी नियन्त्रण हुन सकेको छैन । कटानी नियन्त्रण गर्न वासको जैविक तटबन्ध वनाउने र वालुवा भरिएका कट्टा नदि किनारमा लगाउदा समेत कटानी भने रोकिएको छैन ।

सो वस्तिमा विभिन्न कारणवस नदी कटान नियन्त्रण गर्न नसकिएको स्विकार्दै नगरपालिकाले तत्कालका लागि यसलाई रोक्न अस्थायी तटबन्ध को निमर्नण कार्य गरिएको र पक्की तटवन्धका लागी वजेट हाल्नै नसकिने भन्दै केन्द्र तथा प्रदेश सरकार वाट आउँदो अर्र्थिक वर्ष वर्ष पक्की तटवन्धका लागि बजेटको माग गरेर दिर्घकलिन समस्या समाधान तर्फ नगरपालिका पहल थाल्ने दोधारा चाँदनीका नगर प्रमुख किशोकर लिम्बुले बताए ।

 

वर्षौ देखी वाढिको जोखिममा पर्दे आएका कञ्चनपुरका नदी तटिय वस्तिहरुका नागरिक डुवान र कटानका कारण त्रासमय जिवन जिउन वाध्य भएका छन । उनीहरुलाई वाटो घाटो खान लाउन भन्दा पनी वाढि वाट कसरी बच्ने भन्ने चिन्ताले सताएको हुन्छ । आफ्ना नागरीकहरुको समस्या सम्बोधन गर्न सरकारको दायित्व समेत हो तसर्थ यस्ता समस्यालाई प्रथमिकतामा राखी समस्या समाधान तर्फ अविलम्व पहल थाल्नु जरुरी देखिन्छ ।

महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिनु भएको छ। ब छौँ,’ नगरप्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’

उनले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताए । अहिले त्यस क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...