–डिल्लीराज पन्त
महेन्द्रनगर । गत सोमबारदेखि सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्ग पहिरोका कारण एक सतासम्म अवरुद्ध भएपछि सात वटै जिल्लाका वासिन्दाले सास्ती पाएपछि वैकल्पिक मार्गको रुपमा दैजी–जोगबुडा–बुडर सडकको दैजी–जोगबुडा सडकखण्ड सञ्चालनका लागि सडक मर्मत थालिएको छ ।
अहिले कञ्चनपुर जिल्लातर्फको सडक खण्डमा सडक स्तरोन्नतीगर्ने कार्य चलेको छ । दैजी–जोगबुडा सडक खण्डको ३८ किलोमिटर मध्ये २८ दशमलव ५ किलोमिटर सडक खण्ड कालोपत्रेका राजेन्द्र निर्माण सेवा र नागार्जुन निर्माण कम्पनी छुट्टा छुट्टै दुई निर्माण कम्पनीलाई दिईएको थियो ।
२८ दशमलव ५ किलो मिटर सडक खण्ड मध्ये कञ्चनपुरको छेलादेखि लिपनासम्म १७ किलोमिटरको सडकखण्ड कालोपत्रे गर्न नागार्जुन निर्माण कम्पनिले २०७६ साउनमा सम्पन्न गर्ने गरि २०७४ मा सुदूरपश्चिम प्रदेश सरकार भौतिक बिकास पुर्वाधार मन्त्रालय अन्र्तगत पुर्वाधार बिकास कार्यालय कञ्चनपुरसंग सम्झौता गरेका थियो ।
कुल १६ करोड ३६ लाख ५३ हजारमा ३ वर्षमा सम्पन्न गर्नै गरी नागार्जुन निर्माण कम्पनीलाई सम्झौता गरेको भएपनी विविध कारणले सम्पन्न हुन नसकेको र केही दिनमै उक्त सडक संञ्चालनमा ल्याईने भौतिक पूर्वाधार कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख धिरेन्द्र भट्टले बताए ।
निर्माण व्यवसायीले भने २०७६ चैत देखिको विश्वव्यापी महामारि कोरोनाका कारण र निर्माण सामग्रीको को मुल्य बृद्धि संगै आर्थिक संकटका कारण निर्माण कार्य ढिलो भएको बताउदै आएका छन् ।
निर्माण कम्पनीले समयमै कालोपत्रेको कार्य नगर्दा स्थानियलाई आवत जावतमा समस्या भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने वैकल्पिक मार्गको समेत अभाव भएको छ । डडेल्धुरा जिल्लाको भित्रि मधेश वाट काम विशेषले कञ्चनपुर आउनु पर्दा घण्टौ लगाएर हिँडेरै आउजाउ गर्नु पर्ने र दैनिक उपभोग्य सामान लग्नुपर्दा सास्ती भोग्नु परेको स्थानियले बताए ।
अहिले भीमदत्त राजमार्ग अवरुद्ध हुदा ७ पहाडि जिल्लामा आवतजावतमा समस्या हुनुका साथै चाडपर्व, मेला जात्रा, पुजाको समय नजिक हुँदा समेत पुख्र्यौली थलो जाने समय भएकाले स्थानियहरु झनैै समस्यामा परेका छन । ठेक्का सम्झौता भई निर्माण सुरु भएको ६ वर्ष वितिसक्दा समेत यो सडक १२ महिना सञ्चालनमा ल्याउन कुनै निकायले पनी चासो नदिएको स्थानिय यातायात व्यवसासयी गुनासो गरेका छन् ।
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने एक मात्रै भीमदत्त राजमार्ग भएकाले उक्त राजमार्ग अवरोध हुदा खाद्यान्न लगायत औषधि जन्य वस्तुको समेत अभाव सिर्जना हुने र व्याापारीहरुले कालो वजारी गर्ने भएकाले यस्ता समस्या वाट सुदुरपश्मिका पहाडि जिल्लामा पुग्न वैकल्पिक रुपमा दैजी–जोगबुडा–बुडर जस्तै अन्य स्थान वाट छोटो दुरीमा खोलिएका सडकहरुलाई सरकारले संचालनमा तदारुकता देखाउन आवस्यक देखिन्छ ।