ghar sansar

बजेट नभएर चौथो पटक थपिएको म्यादभित्र पनि महाकालीको चार लेन पुल निर्माण पूरा नहुने

little buddha academy
khasi

महेन्द्रनगर । महाकाली नदीमा निर्माणाधिन चार लेन पुल निर्माण कार्य चौथो पटक थपिएको म्यादभित्र पनि पूरा नहुने भएको छ । सरकारले चालु आर्थिक वर्षको पुल निर्माणका लागि छुट्याएको बजेट अपुग भएर थपिएको म्यादभित्र पूल निर्माण सकिने समय पछाडि धकेलिएको हो ।

सरकारले उच्च प्राथमिकतामा राखेको आयोजनाका लागि चालु आर्थिक वर्षमा १८ करोड बजेट छुट्याएको छ । महाकाली पुल आयोजनाका अधिकारीहरुका अनुसार निर्माण कम्पनीलाई गत आर्थिक वर्षको भुक्तानी मात्रै २३ करोड तिर्न बाँकी छ । यस वर्ष छुट्याएको बजेटबाट निर्माण कम्पनीलाई तिर्न पनि नपुग्ने भएपछि पुल निर्माणका अन्य कार्य अलपत्र पर्ने चिन्ता बढेको छ । 

,orning glory badhai

महाकाली पुल आयोजनाका अधिकारीहरुले शनिबार पुलको स्थलगत निरीक्षणमा आएका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बजेट अपुग भएर तोकिएको म्यादभित्र पुल निर्माण पूरा गर्न असम्भव देखिएको जानकारी गराएका छन् । मन्त्री ज्वालाले भने म्यादभित्र पुल निर्माण पूरा गर्न बजेट विनियोजन गरिने आश्वासन दिएका छन् ।

स्थलगत निरीक्षणमा सहभागी आयोजनाका एक अधिकारीका अनुसार मन्त्री ज्वालाले समयभित्र पुल निर्माणका लागि आफूले जसरी पनि बजेट उपलब्ध गराउने प्रतिवद्धता गरेका हुन् ।

dirghayi clinic

तीन वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता गरी २०७४ भदौमा तीन वर्षभित्र निर्माण पूरा गर्ने गरी कुमार सिएफइसी जेभीले निर्माण सुरु गरेको थियो । त्यसपछि अहिलेसम्म तीन पटक थपिएको म्यादभित्र पनि पूरा नभएपछि २०८० चैत १५ मा सक्ने गरी चौथो पटक म्याद थप भएको छ ।

कोरोना महामारीका कारण दुई वर्ष ढिलाई भए स्वभाविक भए पनि निर्माण कम्पनीको आफ्नो स्वार्थले पनि ढिलो हुन सहयोग पुगेको छ । निर्माण कम्पनीले नदीजन्य पदार्थको उपयोगबाट हुने फाइदाका पनि पुल निर्माणमा ढिलाई गरेको आरोप लाग्दै आएको छ । निर्माण कम्पनीले भने मुआब्जा विवाद र भारतले नदीमा पानी प्रवाह गर्ने लगायतका कारण देखाउँदै आएको छ ।

नदीमा पुल निर्माण कार्य सकिए पनि दुबैतिरका तलाउ निर्माण र पहुँच मार्ग निर्माणका कार्य जारी राखिएका छन् । आइल्याण्ड सहितको कृत्रिम टापु निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

महाकाली पुल आयोजनाका अनुसुार हालसम्म ९२ प्रतिशत भौतिक र ८८ प्रतिशत वित्तिय प्रगति भएको छ । पहुँच मार्गको गड्डाचौकीस्थित भन्सार कार्यालयको जग्गा अहिलेसम्म पुलको स्वामित्वमा आएको छैन ।

महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी चार लेन पुल बनाउन लागिएको हो । ३४ पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुल ८ सय मिटर लम्बाईको छ ।

दुई वर्ष अघि महाकालीको बाढीले पहुँच मार्ग भत्काएपछि २०७८ फागुनमा डिजाइन संशोधन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...