ghar sansar

सुप विश्वविद्यालयमै हुने भयो हर्बल साइन्सको पठनपाठन, कार्यदल बनाएर थालियो सम्भाव्यता अध्ययन

Amity

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय हर्बल साइन्स पठनपाठनका लागि सम्भाव्यता अध्ययन थालिएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) बीच भएको द्विपक्षीय समझदारी अनुसार विश्वविद्यालयले कार्यदल गठन गरी सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

विश्वविद्यालय र नास्टबीच तीन वर्ष अघि हर्बल साइन्स अध्ययनका लागि समझदारी पत्रमा सम्झौता भएको थियो । त्यहीं सम्झौता अनुसार विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. भवानी चन्द ठकुरीको संयोजकत्वमा कार्यदल गठन गरी सम्भाव्यता अध्ययन थालिएको हो ।

lotus institite

कार्यदलले हर्बल साइन्स अध्ययनका लागि काठमाडांै गएर विश्वविद्यालय अनुदान आयोग, नास्ट र अन्य विश्वविद्यालयसित छलफल गरी सुझाव लिएको छ । यस बाहेक भारतको पतञ्जली विश्वविद्यालय हरिद्वारका प्रतिनिधिसित पनि अनलाइनमा कार्यदलले छलफल गरेको छ ।

कार्यदलका संयोजक चन्दले हर्बल साइन्स अध्ययनका लागि आधार खोजीका लागि अध्ययन गरिएको बताए । ‘हर्बल साइन्सका लागि नास्टसित पहिले सम्झौता भएको थियो, त्यस अनुसार कार्यदल बनेर अध्ययन गर्दछौ’ उनले भने,‘अस्ति काठमाडौं गएर यस सम्बन्धि ठाउँमा गएर छलफल ग¥यौ, चलाउन सकिन्छ कि सकिदैन भनेर आधार खोजी गरि रहेका छौ ।’

कार्यदल संयोजक चन्दले विश्वविद्यालयले विज्ञान प्रविधि संकाय अन्र्तगत आगामी वर्षदेखि विज्ञान प्रविधि संकाय अन्र्तगत अध्ययन गर्ने गरी छलफल थालिएको बताए ।

‘पूरै हर्बल साइन्स अलि अप्ठेरो छ, यो भारतमा पनि छैन, अमेरिकाको एउटा विश्वविद्यालयमा मात्रै रहेछ, त्यहाँ पनि दुई वर्षको मात्रै पठनपाठन हुने रहेछ’ उनले भने,‘अहिले विद्यार्थी भर्ना भइ सकेका छन्, अर्को वर्ष बेचुलरमा भर्ना गर्ने अघि बढेका छौ ।’

चन्द नेतृत्वको कार्यदलमा विश्वविद्यालयका अनुसन्धान निर्देशक र इन्जिनियरिङ्ग संकायका डीन सदस्य छन् । पतञ्जली विश्वविद्यालयसित छलफलमा अध्ययनका लागि कार्यदल सदस्यलाई हरिद्वार निमन्त्रणा गरिएको छ । पतञ्जली समितिका लवदेब भट्टको सहयोगमा अनलाइन छलफल गरिएको थियो ।

तीन वर्ष अघि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का तत्कालिन एमालेका साँसद डा. दिपक प्रकाश भट्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीसित हर्बल साइन्स अध्ययनका लागि पहल गरेका थिए । तत्कालिन साँसद भट्टसित गरिएको छलफलपछि विश्वविद्यालय र नास्टबीच स्नातक र स्नातकोत्तर तहको पाठ्क्रम बनाउन सम्झौता भएको थियो ।

‘अहिले देशभरका कुनै पनि विश्वविद्यालयमा हर्बल साइन्सको पठनपाठन छैन, यो विश्वविद्यालयका लागि नयाँ विषय हुने भयो, अर्को जडीबुटीका हिसाबले सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो, अहिले कच्चा पदार्थका रुपमा मात्रै बाहिर निर्यात भई रहेको छ’ तत्कालिन साँसद भट्टले भने,‘जडीबुटीको अध्ययन अनुसन्धान, त्यसलाई औद्योगिकरण र त्यसलाई आय आर्जन र रोजगारीसित जोडेर हर्बल साइन्स अध्ययनका लागि छलफल गरिएको थियो ।’

निवर्तमान साँसद भट्टले विश्वविद्यालयलाई जनशक्ति व्यवस्थापन लगायतको समस्याले पूरै विषय हर्बल साइन्स पठनपाठन गर्न नसकिए पनि विज्ञान प्रविधि संकाय अन्र्तगत कोर्ष डिजाइन गरी हर्बल साइन्सका विषय पढाउन सकिने सुझाव दिएको बताए ।

‘नेपालमा मात्रै अन्य देशमा पनि हर्बल साइन्सको पठनपाठन थोेरै मात्रा हुने गरेको छ, त्यसैले अहिले नै सबै विषय हर्बल साइन्सका पढाउन जनशक्ति सहितका अन्य समस्या देखिन सक्छन, त्यही भएर अहिले कोर्ष डिजाइन गरी विज्ञानभित्र ती विषय पढाउन सकिन्छ’ उनले भने ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. जोशीसित गरिएको हर्बल साइन्सका लागि नास्टसित सम्झौता गरी अघि बढेपछि विश्वविद्यालयले सुविधा सम्पन्न प्रयोगशाला उपलब्ध हुने विषयमा छलफल गरिएको थियो । त्यति बेला नास्टले प्रयोगशाला बनाउने संकेत दिएको थियो ।

हर्बल साइन्सको बजारमा माग भएको र दक्ष जनशक्ति नभएर जडीबुटीमा अध्ययन अनुसन्धान नभएकाले विश्वविद्यालयले पठनपाठन गर्न आवश्यक भएको उनले बताए ।

राज्य र निजी दुबै क्षेत्रको वेवास्ताका कारण जडीबुटी कच्चा रुपमा भारत पठाउने बाहेक अन्य कार्य नभएको निवर्तमान साँसद भट्ट बताउँछन् । ‘विश्वविद्यालयमा पठनपाठन भएपछि राज्य, निजी क्षेत्रको ध्यान जान्छ, अध्ययन अनुसन्धान हुन्छ’ उनले भने ।

हर्बल साइन्स अध्ययनका लागि गठित विश्वविद्यालयको कार्यदलका संयोजक चन्दले पनि पछिल्लो समय विज्ञान, प्रविधि लगायतका क्षेत्रमा अनुसन्धान हुन छाडेकोमा चिन्ता व्यक्त गरे ।

‘विज्ञान विना विश्वविद्यालयले पूर्णता नै पाउँदैन, तर यहाँ अहिले अध्ययन अनुसन्धानका काम हुनै छाडेका छन्’ उनले भने,‘अध्ययन अनुसन्धानको वातावरण बनाउन जरुरी छ ।’

हर्बल साइन्सको सम्भाव्यतासंगै अनुसन्धान केन्द्र पनि सञ्चालन गर्ने गरी छलफल थालिएको कार्यदल संयोजक चन्द बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...