ghar sansar

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय : कार्यालयमा डेढ महिनादेखि तालाबन्दी, बाहिरबाटै सम्बन्धन दिने चालबाजी

Amity

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले केन्द्रीय कार्यालयको तालाबन्दीलाई वेवास्ता गरी शिक्षण संस्थालाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएका छन् । चार वर्षे कार्यकालको अन्तिमतिर पुगेका उपकुलपति जोशीले केन्द्रीय कार्यालयमा तालाबन्दीपछि विश्वविद्यालय कार्यकारी परिषद्बाट निर्णय गराएर सम्बन्धन प्रक्रिया अघि बढाएका हुन् ।

विश्वद्यालय कार्यकारी परिषद्को साउन ३१ गते बसेको बैठकले स्थगित सम्बन्धलाई सुचारु गर्ने र नयाँ संस्थाबाट आवेदन लिने निर्णय गरेको थियो । कार्यकारी परिषद्को निर्णयपछि विश्वविद्यालयले सम्बन्धनका लागि सार्वजनिक सूचना आव्हान गरि सकेको छ । 

lotus institite

भदौ १ गते सम्बन्धनका लागि आवेदन दिएका संस्थालाई कागजात अद्यावधि र नयाँलाई आवेदन दिन १५ दिने सार्वजनिक सूचना गरिएको हो । सम्बन्धनका लागि निवेदन पेश गर्न भदौ १५ गतेसम्मको समय दिइएको छ । 

यस अघि विश्वविद्यालयले यस अघि २०७५ मा सम्बन्धनका लागि आवेदन आव्हान गरेको थियो । अहिलेसम्म स्थगित सम्बन्ध अघि बढाउने विषयमा विश्वविद्यालय मौन थियो ।  अहिले कार्यकालको अन्तिमतिर उपकुलपति जोशीले एकाएक सम्बन्धन प्रक्रिया अघि बढाएका छन् । उनी सम्भवत तीन महिनापछि जिम्मेवारीबाट विदा हुन लागेका छन् । 

नयाँ सम्बन्धका लागि ठूलो आर्थिक चलेखल भएको उजुरी परेपछि देशभरका सबै विश्वविद्यालयमा स्थगित गरिएको थियो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पनि नयाँ सम्बन्धनका लागि झण्डै चार सय हाराहारीमा आवेदन परेको अधिकारीहरु बताउँछन् ।

अहिले तालाबन्दीको मौकामा स्थगित पुरानो मा नयाँ समेत थप गरी सम्बन्धन प्रक्रिया अघि बढाएको हो ।

विश्वविद्यालयको रजिष्ट्रार कार्यालयका अनुसार विश्वविद्यालयमा सञ्चालित ६ संकाय अन्र्तगतका कार्यक्रमका लागि सम्बन्धन दिन लागिएको छ । अहिले विश्वविद्यालयमा मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, सिभिल इन्जिनियरिङ्ग संकाय, व्यवस्थापन संकाय र कृषि विज्ञान संकाय छन् ।

यस अघि २०७५ जेठ १४ गते सम्बन्धनका लागि सूचना आव्हान गरिएको थियो । विश्वविद्यालय कार्यकारी परिषदले गरेको विभागीय र क्याम्पस प्रमुख नियुक्तिका कारण डेढ महिनादेखि केन्द्रीय कार्यालयका सबै कामकाज रोकिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राप्रविसंले दलीय भागबण्डामा नियुक्ति गरिएको आरोप लगाउँदै केन्द्रीय कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरेको थियो । तालाबन्दीपछि उपकुलपति जोशी आफैंले पनि कार्यालय प्रवेश गर्न पाएका छैनन् । विश्वविद्यालयका पदाधिकारी सहित कर्मचारी सबै घरमा बसि रहेका छन् ।

विभागीय नियुक्ति र क्याम्पस प्रमुख नियुक्ति खारेज नभएसम्म तालाबन्दी नखोलिने अडान राप्रविसंले लिएको छ । संगठनका विश्वविद्यालय कमिटीका अध्यक्ष प्रेम रावलले तालाबन्दी खोल्न उपकुलतिसित अहिलेसम्म छलफल नभएको र भदौ १० गतेपछि आन्दोलन कडा बनाउने चेतावनी दिइ सकेको छ ।

तालाबन्दीका बीच उपकलपति जोशी निवासबाट सम्बन्धन दिने गरी प्रक्रिया अघि बढाएको विश्वविद्यालयका अधिकारी बताउँछन् । उपकुलपति जोशी रजिष्ट्रार यज्ञराज पाठकसित सल्लाह गरी सम्बन्धन प्रक्रियालाई अघि बढाई रहेका छन् ।

पछिल्लो पटक उपकुलपति जोशी र रजिष्ट्रारबीच बलियो सम्बन्ध बनेको बताइन्छ । तालाबन्दीको मौका पारी उपकुलपति जोशीले अघि बढाएको सम्बन्धन प्रक्रिया शंकाको घेरामा परेको विश्वविद्यालयका एक अधिकारीले बताए ।

‘सम्बन्धन दिनु नराम्रो होइन, सम्बन्धन दिनु पर्छ, तर अहिले जुन बाटो, विधि र प्रक्रिया अपनाएर सम्बन्धन दिने प्रक्रिया अघि बढाइएको छ, यो एकदम अपारदर्शी र आर्थिक चलेखलका लागि हो भन्नेमा शंका रहेन’ ती अधिकारीले भने ।

विश्वविद्यालयहरुमा सम्बन्धनका लागि करोडौ आर्थिक लेनदेन हुने गरेको अधिकारीहरु बताउँछन् । विश्वविद्यालय स्रोतका अनुसार अहिले सम्बन्ध प्रक्रिया आर्थिक चलखेल र पदाधिकारी र निकट व्यक्तिका शिक्षण संस्था सम्भावित सूचीमा राखिएका छन ।

उपकुल जोशी दलीय दबाव सहज स्वीकार गर्ने उपकुलपतिका रुपमा चिनिन्छन् । दलीय साथ पाउने आशमा उनी सम्बन्धलाई जसरी पनि अघि बढाउने मनस्थितिमा छन् । विभागीय र क्याम्पस प्रमुखमा काँग्रेस, एमाले, माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीलाई भागबण्डा गरी विरोध गर्न नसक्ने अवस्थामा पुगाई दिएका छन् ।

स्रोतका अनुसार विभगाीय प्रमुखमा भाग पाएको सत्ता साझेदार समाजवादी क्याम्पस प्रमुखमा भाग नपाउँदा उपकुलपति जोशीसित असन्तुष्ट छ । समाजवादीले परीक्षा नियन्त्रकमा दावी गर्ने आशंका छ ।

त्यस बाहेक सत्ता गठबन्धनका काँग्रेस र माओवादी दुबैको साथ पाउनेमा उनी ढुक्क छन् । एमालेलाई पनि कार्यकारी परिषद् सदस्य दिएपछि चुप लागेको छ । विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्तिमा असन्तुष्ट एमाले कार्यकारी सदस्य पाएपछि चुप छ ।

विश्वविद्यालय सम्बन्धनलाई लिएर अहिले चारैतिर विभिन्न टिकाटिप्पणी सुनिन लागेका छन् । कार्यकारी परिषद्को निर्णयलाई केहीले व्यङ्ग्यात्मक रुपमा छलाङ्ग मारेको भन्दै कटाक्ष गरि रहेका छन् ।

अहिले विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयलाई अग्रगामी छलाङ्ग भन्दै यस्ता कटाक्ष गरिएका छन् ।

–बाहिर बाहिर आफ्ना निजि कलेज सञ्चालन गरी विश्वविद्यालय प्रत्यक्ष असर गर्नेलाइ माथिल्लो जिम्मेवारी

–७÷८ बर्ष अमेरिकामा मजाले छुट्टि बिदामा बसेर बिश्वबिद्धालयको तलब पचाउन पनि छुट मिल्ने व्यवस्था

–विद्यार्थीले पढ्नु पर्ने विषय वस्तुको ठेगान नहुने भए पनि अरु विश्वविद्यालयको कपि गरेर हुबहु सारेर पढ्नुको साथै परीक्षा दिनु पर्ने व्यवस्था

–प्राध्यापकहरु कोर्ष पूरा नगर्ने तर परीक्षा विद्यार्थीले पुरै कोर्षको दिनु पर्ने व्यवस्था

–निर्माण कार्य गर्नु पर्ने भए आफ्ना छोरा छोरी ज्वाइँको को छन्, तिनीहरुको कन्सलटेन्सिलाइ मात्र काम पाइने व्यवस्था

–प्राध्यापकमा पनि भिसीको को पि ए भए जे गर्न पनि छुटको व्यवस्था । दरबन्दी बझाङ भए नि कञ्चनपुरमा मजाले सुते पनि हुने । दारु रक्सी खाएर कुनै वडा या नगरपालिकाका प्रतिनिधि या कर्मचारिलाइ तथानाम गाली गरे नि पाइने व्यवस्था छ ।

– बिना बिज्ञापन प्राध्यापक कर्मचारी धमाधम भर्ती गर्ने व्यवस्था छ ।

विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दीपछि उपकुलपति सहित पदाधिकारी कार्यालय जान पाएका छैनन् । विश्वविद्यालयका पदाधिकारी बाहेक कर्मचारीले पनि घरमा बसेर केही काम गरि रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...