ghar sansar

सतीले सरापेको देश

– राजकुमार साउद

daimond public

सतीले सरापेको देश हो भन्ने भनाई भीमसेन थापाकी श्रीमतीको हो । भीमसेन थापाको जिन्दगीमा घटेको घटनालाई उल्लेख गर्दै र आफूले पाउनु परेको कष्टको व्याख्यागर्दे जीवन समाप्त गर्नु भन्दा पहिले भनेको भनाइ हो । यस भनाईलाई अहिलेको परिप्रेक्षमा विभिन्न ठाउ“, परिभाषा, परिस्थितिमा लागू भएको मानिन्छ । सही काम गर्ने व्यक्ति र समाजलाई समाजका कुरीति बोक्ने व्यक्तिहरुले लाञ्छना लगाइ रहने र गलत काम गर्ने व्यक्तिलाई समाजका अब्बल व्यक्ति हुन् भनी पुरस्कृत गर्ने प्रथाले यो उक्तिको सम्झना गराउँछ । व्यक्तिवा समाज राम्रो तथा नराम्रो उसका क्रियाकलापहरुले हुने गर्दछ । बिहान बिउझेदेखि बेलुका सुतुन्जेलसम्म उसले गर्ने क्रियाकलापका आधारमा व्यक्तिको मूल्याङ्कन गरिनु पर्दछ । समाजलाई ठग्ने धूर्त व्यक्तिहरुलाई समाजका राम्रा र सामाजिक राम्रा व्यक्तिहरुलाई सामाजिक अपराधी भन्ने हो भने समाज कहिल्यै उँभो लाग्दैन । व्यक्तिगत स्वार्थ भएका व्यक्तिलाई समाजका राम्रा र संस्थागत सामाजिक स्वार्थ भएका व्यक्तिलाई अपराधी भन्ने हो भने समाजमा कहिल्यै विकास हुँदैन । सामाजिक कार्य गर्ने व्यक्तिलाई अपराधी समाजमा नचाहिदो हल्ला फैलाउने व्यक्तिलाई अब्बल भन्ने हो भने समाजमा विकास हुँदैन । सामाजिक विकृतिको बिचमा अब्बल काम गर्ने व्यक्तिलाई सामाजिक व्यक्तित्व भनिनु पर्दछ । त्यसको सट्टा समाजमा ठगठाग पार्ने व्यक्तिलाई अब्बल भन्ने हो भने समाज अवनतितिर जाने सम्भावना हुन्छ ।

lotus institite

देश राम्रै हुन्छ । देशको संबिधान राम्रो हुन्छ । नागरिक राम्रा हुन्छन् । नीति नियम राम्रो हुन्छ ।शिक्षा प्रणाली राम्रो हुन्छ । स्वास्थ्य नीति राम्रो हुन्छ । ऐन कानुन राम्रा हुन्छन् । नागरिकता राम्रो हुन्छ । परिचयपत्र धेरै राम्रो हुन्छ । देशमा भएका नागरिकहरुले गर्ने क्रियाकलाप नराम्रो हुन सक्दछ । देशको संबिधानको व्याख्या र विश्लेषण कार्यान्वयन नराम्रो तरिकाबाट हुन सक्दछ । देशका नागरिकहरुले गर्ने दैनिक कार्यमा केही खोट हुन सक्दछ । नीति नियम लेख्दा खेरि टिप्पणी गर्दा नकारात्मक हुन सक्दछ । स्वास्थ्य नीति राम्रो भए पनि देशको स्वास्थ्य त्यति राम्रो नहुन सक्छ किनभने नागरिकले गर्ने स्वास्थ्य सम्बन्धी सचेतना त्यति राम्रो हुन सक्दैन । स्वास्थ्यका लागि गरिने कार्यहरु त्यति राम्रा नहुन सक्दछन् । ऐन कानुन लेख्ने विज्ञहरु विद्वान र बरिष्ठ नै हुन्छन् । मुद्दा लड्ने वकिलहरु बरिष्ठ र विद्वान नै हुन्छन् । पक्ष र विपक्षमा वहस गर्दै जादा एउटाले हार्नु पर्ने अर्कोले जित्नु पर्ने हुन्छ । त्यस कारण ऐन कानुन राम्रै भए पनि परिस्थितिवस त्यसको व्याख्या र विश्लेषण नकारात्मक हुन सक्दछ । नागरिकता राम्रो भए पनि नागरिकले गर्ने क्रियाकलापहरु केही असामान्य हुन सक्दछन् । परिचयपत्रले दिने परिचय धेरै राम्रो हुन सक्दछ तर परिचयपत्रभित्र लुकेको असली परिचय कुनै ठाउँमा नक्कली पनि हुन सक्दछ । व्यक्तिको परिचय परिचयपत्रले देखाउँदैन । उसको परिचय उसको मानसिकता र गर्ने क्रियाकलापले देखाउँदछ । उसले समाजलाई दिएको योगदानको आधारमा उसको परिचय खुल्दछ । परिचयपत्रमा भएको परिचय र मानसिकतामा भएको परिचय फरक हुन सक्दछ । हुन त व्यक्तिको परिचय उसको जनसम्पर्कले दर्शाउने हो । यसो भन्दा जनसम्पर्क नभएको व्यक्तिको परिचय राम्रो हुन सक्दैन भन्न सकिन्न । उसमा गुण हुँदैन भन्न सकिदैन । ऊ बदमास हो भन्न सकिदैन । उसमा ज्ञान छैन भन्न सकिदैन । ऊ विवेकी होइन भन्न सकिदैन । ऊ विद्वान होइन भन्न सकिदैन । विद्वान भन्ने शब्द व्यक्तिको योग्यता अथवा शैक्षिक योग्यतासंग सम्बन्धित हुँदैन । उच्चतम शैक्षिक योग्यता भएका व्यक्तिका क्रियाकलाप राम्रा नहुन पनि सक्दछन् । शैक्षिक उपाधि नभएका व्यक्तिहरुका क्रियाकलाप समाजमा अनुकरणीय हुन सक्दछन् । व्यक्तिगत व्यवहार धेरै राम्रो हुन सक्दछ । सामाजिक सद्भाव धेरै राम्रो हुन सक्दछ । बोलीचाली, रहनसहन धेरै राम्रो हुन सक्दछ । व्यक्तिको आचरण अनुकरणीय हुन सक्दछ । अनुकरणीय व्यवहार भएको व्यक्तिलाई समाजले अपहेलना गर्ने हो भने उसले सतीले सरापेको देश भन्ने उक्ति पढी वा मनमा सोची चित्त बुझाउनु पर्ने हुन्छ । के यस्तो सामाजिक प्रक्रिया समाजमा अघि बढिरहनु वा वर्षौ वर्ष रहि रहनु समाजको लागि ठिक हो  ?

Himal dental
सम्बन्धित
Loading...