इ.सं. २०३० सम्म रेविज उन्मुलन अगाडिको मार्गचित्र

–डा. केदार कार्की

रेविज १०० प्रतिशत मृत्यु दर भएको विश्वकै घातक तर खोपद्वारा रोकथाम गर्न सकिने रोग मानिए पनि नेपालको स्वास्थ्य सेवा प्रदायक क्षेत्रमा भने प्राथमिकतामा पर्नसकेको छैन । यद्यपि विश्व स्वास्थ्य संगठनले इ.सं. २०३० सम्ममा रेविजबाट हुने मृत्यु शून्य गर्ने लक्ष्य राखेपनि नेपालको सन्दर्भमा भने बृहद एवम् समन्वयात्मक कुनै खाले राष्ट्रिय कार्यक्रम नभएको जस्तो अवस्था छ । यस क्षेत्रमा कार्यरत सबैखाले सरकारी एवम् गैह्रसरकारी निकाय एवम् स्थानीय निकायहरु एकला चलो रे भन्ने लहडमा जुन वर्ष दिनमा मनाइने विश्व रेविज दिवसको बेला देखिने गर्दछ ।

janjyoti campus

रेविज कुकुर, विरालो, स्याल, बाँदर, चमेरो, व्वासोहरु जस्ता तातो रगत भएको जनावरहरुको रोग मानिन्छ । मानिसमा रेविज ग्रसित उल्लेखित जनावरहरुले कोक्दा वा चाट्दा परिचयन हुने गर्दछ । यो आर.एन.ए. लाइसा अनुवांशिक भाइरसका कारण हुने गर्दछ । मानिसमा भाइरल इन्सेफ्लाइटिसका रुपमा प्रस्तुत हुन्छ जुन लक्षण देखिए पछि सँधै घातक हुन्छ । यस रोगबारे हालसम्म कुनै प्रभावकारी उपचार विधि प्रविधिको विकास हुन सकेको छैन तर पनि यसलाई बेलैमा खोप लगाई रोकथाम एवम् नियन्त्रण गर्न भने सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार टोकाइ पछिको निरोधात्मक खोप लगाई यस रोगको रोकथाम गर्न विश्वव्यापीरुपमा करिवन ५८३.५ मिलियन अमेरिकी डलर वार्षिकरुपमा खर्च हुने गरेको छ । यद्यपि यो एउटा पूर्णरुपमा रोकथाम गर्न सकिने रोग भए पनि नेपाल लगायतका विकासशिल क्षेत्रहरुमा भने यो अझै पनि जनस्वास्थ्यको लागि ठूलो समस्याको रुपमा रहेको छ । यसलाई वास्ता नगरिएको उष्ण कटिवन्धीय जुनोटिक रोग मानिन्छ जसले गर्दा विश्वव्यापीरुपमा ५०,०००–६०,००० सम्म मानिसहरुको वर्षेनी मृत्यु हुने गर्दछ । करिव ९५ प्रतिशत रेविजबाट हुने मृत्यु एसियाली एवम् अफ्रिकी मुलुकहरुमा हुने गर्दछ । विश्वभरिका १०० मुलुकहरुमा करिवन तीन विलियन रेविजको उच्च जोखिम भएको क्षेत्रहरुमा बसोवास गर्दछन् भन्ने अनुमान छ ।

पशुहरुमा रेविज : 

पशुहरुमा शहरीक्षेत्रमा रेविज संक्रमित कुकुरको टोकाइबाट तथा ग्रामीण क्षेत्रमा जङ्गली जनावरहरुको टोकाइका कारण हुने गर्दछ । त्यसैले पशुहरुमा हुन सक्ने रेविज संक्रमण नियन्त्रण एवं निर्मुल पार्ने हो भने बाहक जनावरहरुमा रेविज निर्मुल पार्नुपर्ने हुन्छ जो जोखिममा भएका पशुहरुलाई खोप लगाइ सुरक्षित गर्नुपर्ने छ । रेविज नेपाल लगायत दक्षिण एशीयाका सबै मुलुकहरुमा प्रम्ुखतः कुकुर विरालोहरुमा व्याप्त छ । दुर्लभ रुपमा एवम् कम चिन्ताजनक रुपमा कहिलेकाहीँ स्याल व्वाँसो जस्ता जंगली जनावरमा पनि पाइने गरेको छ ।

गाइभैंसीहरुमा रविजको शुरुवाती लक्षण शुसुप्त हुने गर्दछ जनु केही घण्टादेखि १–२ दिनसम्म रहन्छ । यस अवस्थामा रेविजको लाक्षणिक निदान कठीन हुन्छ । ज्वरो १–३ डिग्रीसेन्टिग्रेट बढ्न सक्छ । सामान्य अस्वस्थ्यता, खाना खान मननलाग्ने, अचानक दुध आउन बन्द हुने हुन सक्दछ । प्रायजसो गम्भीररुपमा झोक्राउने, टोलाउने गर्दछ जुन पेट, आन्द्राजन्य समस्या, पेट ढाडिने, फुल्ने वा खोरेत जस्ता संक्रामक रोगका शुरुवाती अवस्थासँग द्विविधा हुन सक्दछ । कराउने, आवाजमा परिवर्तन हुने गर्दछ । यस्तो बेला त्यसक्षेत्रमा रेविजको प्रकोपाको इतिहास एवम् राम्रो सूचना भएमा मानवीवय संक्रमण बचाउन उपयोगी हुनेछ । लक्षणदेखिनु भन्दा ४–५ दिन पहिलेनै ¥यालमा भाइरसको उपस्थिति हुन्छ । शंका लागेमा वा विरामी बारे रेविजको गम्भीर आशंका भएमा मुखमा हात नहाल्नु नै बेस । औषधि गर्नुपरे छाला, मासु रगतको नशाबाट दिनु उचित एवम् विरामीलाई एक्ल्याएर निगरानीमा राख्नुपर्ने हुन्छ । रेविजको शुरुवाती बेला निदान गर्न अप्ठ्यारो एवम् द्विविधा हुने हुँदा यस्तोबेला धेरै संख्यामा रेविजको मानवीय संक्रमण हुन सक्ने सम्भावना बढी हुन्छ । रेविजको शुसुप्त अवस्थाबाट आक्रमक अवस्था पुग्न धेरै द्रुत गति लिन्छ जुन केही घण्टामानै देखिन सक्दछ । बानी व्यहोरा अचानक एवम् अप्रत्याशित रुपमा परिवर्तन हुनेछ, विरामी आत्तिने, छिनछिनमा पिसाव फेर्ने, हान्न जुध्न खोज्ने गर्दछ । खानेकुरा नखाने, पानी खान खोजेपनि निल्न नसक्ने, तर्सिने, जलअल्पता हुने गर्दछ । अनुहारको आकृति परिवर्तन हुने गर्दछ । तनावयुक्त तर चनाखो हुने, टाउको माथि गर्ने, आँखा पराकिलो अनि खुल्ला हुने अनि कुनै गुडिरहेको वस्तु पछ्याउने, छिनछिनमा कराउने गर्दछ । टाउको तन्काउने, पिठ्यूँ कुप्रो पार्ने, पेटभित्र खुम्च्याएर गहिरो घोघरो स्वरले कराउने, घाँटीका मांशपेशीहरुमा हुने पक्षघातका कारण निल्न नसक्ने हुँदा मुखबाट ¥याल चुहिने, बग्ने गर्दछ । कहिलेकाहीँ बसेको जनावर उठन् सक्दैन । भित्ता, पर्खाल, किला, खम्बामा टाउकोले ठोक्काउने छिनछिनमा पिसाव गर्ने एवम् पटक पटक राँगो,साँढे लाग्न दिने । यस्तो उत्तेजित अवस्थामा दुइदिनसम्म रहन सक्दछ । जनावर छिट्टै नै कमजोर हुन्छ । लम्पसार पर्ने अत्याधिक मस्तिष्कमा क्षति हुन गई जनावरको मृत्यु हुने गर्दछ, १० दिन भित्रमा लक्षण शुरुभएदेखि ।

पशुहरुमा देखिने लाक्षणिक रेविज कार्यक्षेत्रमा सजिलै निदलान पहिचान गर्न सकिन्छ तर कहिलेकाँही पशुले शंकास्पद लक्षण देखाउने हुँदा भने अप्ठ्यारो पर्दछ । त्यसैले रेविज प्रभावित एवम् अवस्थित क्षेत्रमा गाइभैंसीसँग काम गर्दा अलि सतर्क हुनुपर्ने हुन्छ । धेरैजसो अवस्थामा पशुपालक कृषक एवम् पशुचिकित्सकहरुले पशुहरुले ¥याल काढ्नुलाई पशुहरुको मुख, गिजा, घाँटीमा कुनै वस्तु घाँस, पराल, ढुङ्गा, मकैको घोगा अड्केको अनुमान गर्दछन् जसलेगर्दा पशुको दाँतले नाङ्गो हातमा घाउ चोटपटक एवम् दरफ¥याउने हुन सक्दछ अनि रेविज ग्रसित पशु रहेछ भने तीनको संक्रमित ¥याल ती घाउमा लसपस हुँदा रेविज संक्रमित हुने जोखिम बढेर जान्छ ।

रेविज रोग पशुहरुमा देखिएको क्षेत्रमा रैथाने कुकुर वा जङ्गली मांमसाहारी वा नयाँ कुकुरहरु रेविज देर्खिको सूचना भए रोग खुट्याउन सहयोगी हुनेछ । रेविज पूर्ण एकीन गर्न रेविज ग्रसित पशुहरुलाई तत्काल मार्नु हुँदैन बरु प्राकृतिक मृत्यु हुन दिनु पर्दछ अनि मरेको पशुको मष्तिस्ष्कको तन्तु प्रयोगशालामा परीक्षण गर्न पठाउनु पर्ने हुन्छ जसलगर्दा रोगको एकीन पुष्टि हुनेछ ।

प्रायजसो रेविज संक्रमित पशुहरुले स्वस्थ पशुहरुलाई टोकेमा निरोधात्मक एन्टीरेविज खोप दिइने गरिन्छ तर त्यस क्षेत्रमा भएका घरपालुवा कुकुरलाई रेविज विरुद्धको खोप दिनुपर्ने हुन्छ । रेविज दुर्लभरुपमा गाइभैंसीमा एक अर्काबाट सर्ने गर्दछ । त्यसैले गाईभैंसी, भेंडाबाख्रा, बंगुरमा रेविज रोगको नियन्त्रण बाहक पशुहरुमा गरिने रेविज रोग नियन्त्रणमा भरपर्दछ । रेविज रोगमुक्त कुकुरको संख्या हुनुलाई वन्यजन्तुमा रेविज नियन्त्रणको मुल आधार मानिएको छ । हाम्रो आफ्नो परिपेक्ष्यमा रेविज उन्मुलनका लागि हालसम्म केही ठोश काम गरिएको छैन भन्दा हुन्छ । आजसम् मगर्ने गरिएको भनेको कुनै ठाउँ क्षेत्रमा कुकुरले पशुलाई टोेकेमा बृहद एन्टिरेविज खोप लगाउनेसम्म त हो अनि वर्षमा एकपटक विश्व रेविज दिवसको छेकोपारी रेविज सप्ताह मनाउने ¥याली निकाल्ने मात्र हो । रेविज उन्ुमलन सम्बन्धी मुलुकसम्म गरिएका प्रयासहरुको सिंहवालोकन गरिने हो नेतृत्वमा द्विविधा एवम् समन्वयको कमीको ज्वलन्त मुखपत्र जस्तो देखिन्छ । समस्याप्रति एकरुपतात्मक पहलको भएको पाइन्न । स्थानीयस्तरमा सञ्चालन गरिएका कार्यक्रम पनि राजनैतिक सत्तानिकट दल स्थानीय टाठाबाठा दवाव समूहलाई खुशी पार्न गरिने गरिएको छ जस्तो भान हुन्छ । जसको परिणामस्वरुप एउटा मात्र रेविजको विरामी पुष्टि हुनासाथ यसलाई रोकथाम गर्नका लागि तदारुकताका साथ काम गर्नुपर्नेमा आर्थिक श्रोत निकासा गर्न जनस्तरबाट गनासो एवम् सहयोग पाउन महामारीरुपमा फैलिनुपर्ने अवस्था छ । पशुहरुमा हुने रेविज प्रत्यक्षरुपमा पशुपालनको आर्थिक गतिविधिसँग सरोकार राख्दछ पशुहरुमा रेविज रोगको प्रकोप कुकुरमा रेविज रोगसँग प्रत्यक्ष सम्बन्धित छ । प्रायजसो यस उपमहाद्विपका देशहरु राष्ट्रिय स्तरमा देखिने नियन्त्रण कार्यक्रम स्वास्थ्य एवम् परिवार कल्याण मत्तालय अन्तरग सञ्चालित हुने गरेको पाइन्छ तर रेविजलाई साँच्चिकै नियन्त्रण, निर्मुल गर्न चाहने हो भने स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय, पशुसेवा विभाग, स्थानीय तहका महानगरपालिकाहरु बीचको समन्वयात्मक हातेमालो गरी कार्यक्रम संचालन गरिनुपर्ने अपरिहार्य देखिन्छ । यसोभएमा यो रोग विना कुनै कठिनाई निर्मुल पार्न सकिन्छ तर यसका लागि रोग प्रभावित क्षेत्र एवम् जोखिम भएका क्षेत्रमा तदारुकताका साथ समन्वयात्मभक रुपमा कार्यक्रम चलाउने हो भने तर हाम्रो जस्तो अन्तरविरोध पानी बाराबारको राजनैतिक वातावरणमा त्यो विरालोको घाँटीमा घन्टी पो बाँधोस कसले । वैश्वीकस्तरमा हाम्रो मुलुकमा अन्य मुलुकभन्दा सम्भवतः रेविजको प्रकोप एवम् जोखिम बढीन नै भएको जस्तो छ अनि यसको बेलैमा नियन्त्रण एवम् निर्मुल गर्ने कार्यक्रम राष्ट्रव्यापी रुपमा राष्ट्रिय कार्यक्रम सञ्चालन गरिन्पर्ने बेला घर्कीसकेको पो हो कि जस्तो छ । इ.सं. २०३० सम्म रेविजमुक्त विश्वको लक्ष्य हासिल गर्न ।

रेविज नियन्त्रणको रणनीति : 

विश्व स्वास्थ्य संगठनले इ.सं. २००७ मा जारी गरेको निर्देशित कार्यक्रम अनुसार रेविज नियन्त्रण गनेै कार्य जटिल प्रकृयाको हुनेहुँदा मानिस एवम् पशुमा ृहद तहमा हस्तक्षेप गर्नुपर्ने हुन्छ । मानिसमा यस रोगलाई रोकथाम नियन्त्रण गर्नका लागि जोखिम क्ष्गेत्रमा बसोवास गर्ने समुदायमा रेविजको समपर्क आउनुभन्दा पहिले नै खोप दिने तथा रेविजसँग भइसककालाई पोस्टएकसपोजर प्रोपाइलाकसिस खोप दिनुपर्ने हुन्छ । पशुतर्फ रोगलाई नियन्त्रण गर्न कुकुर दर्ता लाइसेन्स दिने , कुकुरलाई बृहदरुपमा रोप लगाउने, सामुदायिक कुकुर व्यवस्थापन, छाडा लावारिस बेवारिसे कुकुरमा जन्म एवम् जनसंख्या नियन्त्रण, विदेशबाट आयात गएिका कुकुरहरुलाई ६ महिना क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । अन्यत्रको उदाहरण हेर्दा समुदायमा भएका कुकुरहरुको ९६ प्रतिशतमा एन्टीरेविज रोकथामको खोपदिने तथा ९६ प्रतिशत जनसंख्या नियत्तणका लागि प्रजनन नियन्त्रा गरिने हो भने समुदायमा स्वास्थ्य रेविज मुक्त कुकुरको संख्या स्थीर हुने गरेको पाइएको छ। यो नै रेविज रोग नियत्रण एवम् निर्मुल गर्ने उत्तम कार्यविधि हुनसक्दछ तर कार्यक्रम निरन्तर हुनु पर्दछ । यस बाहेक शहरी फोहरमैला व्यवस्थापन भरपर्दो एवम् दीर्घकालिक हुनु पनि अपरिहार्य हुन आउँछ ।

रेविज रोगको लागि मुख्य चुनौतिहरु  : 

जनस्वास्थ्य विभाग एवम् गैह्रसरकारी संघसंस्था बहुपक्षीय अन्तर निकायबीच राम्रो सम्बन्ध नहुनु मुख्य चुनौति रहेको छ । कुकुरको संख्या बारे सिमित सूचना एवम् तथ्याङ्क हुनु, मानिस एवम् पशुहरुमा हाल रेविज प्रकोपजन्य तथ्याङ्क आवधिक नहुनु, कुकुरको टोकाइको जोखिममा पर्ने वा परेका समुदाय एवम् पशुबारे आवधिक तथ्याङ्कको अभावमा खोपको आवश्यकता आँकलन गर्न कठिन, राष्ट्रिय एवम् स्थानीय स्तर रेविज नियनत्रणका लागि गरिएका सफल प्रयासहरुको आवधिक अभिलेखिकरण एवम् प्रचारप्रसार हुननसक्नु, रोग निदान गर्ने क्षमता अभाव एवम् दुर्वल हुनु,विभिन्न खाले पारिस्थितिक परिवेशमा रेविज नियन्त्रणका लागि गरिएको प्रयासहरुको प्रभावकारिता बारे ठोस प्रमाणहरु सिमित हुनु, वातावरणीय व्यवस्थापनमा ध्यान दिन नसक्दा कुकुरहरुको अनियन्त्रित संख्या बृद्धि हुनुलाई मुख्य चुनौतिका रुपमा लिइने गरिएको छ ।

सारांश उपसंहारका रुपमा भन्नुपर्दा दिगोरुपमा रेविजको चक्रलाई भत्काउनु विश्बाट रेविज उन्मुलन गर्न आवश्यक छ । इ.सं. २०३० सम्ममा विश्वलाई रेविज मुक्र गराउने हो भने बलियो, भरपर्दो राजनैतिक प्रतिबद्धताका साथै अन्तर निकायहरु, सरकारी एवम् गैरसरकारी संघसंस्थाहरुबीच रेविज रोग नियन्त्रण सम्बन्धी कार्यविधि पशु एवम् मावन समुदायमा कार्यान्वयन गर्नुपर्ने पहिलो एवम् अन्तिम शर्त हुनुनै पर्ने हुन्छ । हैन भने आजको जस्तै आफूअफू एकला एक्लै चलो रे गरी जस आफूलाई अपजस बैरीलाई भनी हिंड्ने हो भने बर्षमा एक दिन विश्व रेविज सप्ताह मनाउने इ.सं. २०३० रेविज मुक्त विश्वको टि–सर्ट जिउमा लगाई प्रभातफेरी गर्ने रेविज मुक्त विश्व भन्ने त गफै त होनी भिनाजु, अहिले सकिएन एक दशक अर्को म्याद थपौंला नी।

(लेखक पशु स्वास्थ्य व्यवस्थापन डिभाइन भेटेरिनरी क्लिनिक, सिनामङ्गलका वरिष्ठ परामर्शदाता हुन् )

 

ghar sansar
सम्बन्धित
Loading...