ghar sansar

समयमै धानको समर्थन मूल्य तोकिएपछि कञ्चनपुरका किसान उत्साहित

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । हरेक वर्ष मंसिर अन्तिम सातातिर खोलिने धानको सर्मथन मूल्य यो वर्ष भने कार्तिक दोस्रो सातामै आएको छ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

यता कञ्चनपुरमा समेत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले अघिल्ला वर्षमा ढिलागरी खोलिने धानको सर्मथन मूल्य यस वर्ष समयमै खोल्दा कृषकहरु उत्साहित भएका छन् ।

,orning glory badhai

धानको सर्मथन मुल्य समयमै नखोल्दा स्थानिय कृषकहरु सस्तोमै व्यपारीहरु संग धान बेच्न बाध्य हुने गरेकम थिए भने सरकारले यस वर्ष समयमै धान को मुल्य तोकेर खरिदका लागी काटा खोल्दा आफुहरुलाई धेरै राहत मिलेको भन्दै कृषकहरुले खुसी व्यक्त गरेका छन् ।

अधिकाँश कृषकहरु मंसिर दोस्रो साता भित्रै धान भित्र्याई सकेका हुन्छन । धान उत्पादनको मिति सर्किँदा समर्थन मूल्य तोकिँदै आएकोमा यस पटक भने समयमै समर्थन मूल्य तोकिएको छ। पोहोर कात्तिकको अन्तिम साता मात्रै समर्थन मूल्य तोकिएको थियो । सरकारले धानको समर्थन मूल्य तोक्ने गरे पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

अघिल्ला वर्षहरुमा विचौलियाहरुले किसानको आर्थिक सामस्याको फाईदा उठाउँदै सस्तोमै धान खरि गर्ने गरेका कारण किसानहरुले वर्षभरी गरेको मिहिनत र लगाएको लगानी समेत उठाउन समस्या पर्ने गरेको थियो ।

dirghayi clinic

चाडवाड र हिउदे वालिको लागी मल तथा विउको जोहो गर्न कृषहरुले समेत वाध्य भएर गाउ घरकै विचौलिया व्यापारीहरुलाई सस्तो मुल्यमा धान बैच्ने गरेको भए पनि यस वर्ष भने आफूहरुले उत्पादन गरेको धानको समयमै उचित मूल्य पाउँदा आउँदै गरेको तिहार तथा छठ पर्व रमाईलो गरी मनाउने भन्दै हर्षित भएको कृषहरुले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी महेन्द्रनगर शाखाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्नु पर्ने भए पनि धान खरिद परिमाण सीमित तोकि दिँदा किसानले उत्पादन गरेजति धान खरिद नगर्दा किसानले समर्थन मूल्यभन्दा कममै व्यापारीलाई बेच्न बाध्य हुँदै आएका छन् ।

हाल कञ्चनपुर जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखाम कार्यालय महेन्द्रनगरमा मात्रै धान खरिद बिक्री हुने गरेको छ । ज्सका कारण जिल्लाका दक्षिणी क्षेत्रका जनताले धान विक्रिका लागी ल्याउदा महंगो भाडा तिर्नु पर्ने बाध्यता समेत छ ।

नेपाल किसान महासंघका निवर्तमान सदस्य नारायण दत्त पन्तले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसवर्ष धानको सर्मथन मूल्य समयमै तोकि धान खरिद गर्ने प्रक्रिया बढेकाले जिल्लाका सबै किसान हर्षित भएको बताउँदै कञ्चनपुर जिल्लामा ९ वटै स्थानिय तहका कृषहरुको उत्पादन गरेको धान खरिदका लागि जिल्लामा थप अस्थायी खरिद केन्द्र स्थापना गरी सहज रुपमा धान बिक्रि गर्नसक्ने वतावरण प्रशासनले गरि दिनु पर्ने माग गरेका छन् ।

कञ्चनपुर जिल्ला मा कुल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिदै आएको छ भने ४ टन प्रति हेक्टर उत्पादन अनुमान रहेको कृषि ज्ञानकेन्द्र कञ्चनपुरले जनाएको छ । गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी महेन्द्रनगर शाखाले ३ हजार कुन्टल धान मात्रै खरिद गरेको थियो भने यस वर्ष वर्ष १५ हजार कुन्टल धान खरिद गर्ने गरी कोटा छुट्याईएको छ ।

विगतमा कृगाकहरु भन्दा पनी व्यापारी विचौलियाहरुले धान विक्रि गर्ने गरेको गुनासो आए पछि यस वर्ष विचौलियालाई निरुत्साहित गर्न र वास्तविक किसानहरुलाई पहिचान गर्ने गरी वास्तविक किसानहरुको मात्रै धान खरिद गर्ने योजनाका साथ किसानहरुले धान बिक्री गर्न ल्याउँदा वडा कार्यालयबाट सिफारिश र जग्गाधनी पूर्जाको समेत माग गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी महेन्द्रनगरका कार्यालय प्रमुख राजु मोक्तानले बताए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारले प्रत्येक वर्ष धानको प्रारम्भिक मूल्य ढिलो गरी तोक्ने गरेको भएपनि एक महिना अघि नै निर्णय गरिएको छ । बर्खाभरी लगानी र मेहनत गरी उत्पादन गर्ने धान वालि बेच्ने समयमा भने सरकारले समयमै उचित मुल्य नातोक्दा किसान मारमा पर्दै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...