Sarsoti

विपत्तीको साथी,जीवन बीमा

lotus institute

-राजेन्द्र बहादुर चन्द

२०८० कार्तिक १७ गते मध्यरातमा एक्कासी घरको झ्यालका सिसा पल्ला हल्लिएर खट्खट् आवाज आउन थाल्यो, सुतेको खाट हल्लियो र घुमाए जस्तो लाग्यो , तब सम्म मेरो सानो मष्तिस्कले भेउ पाईसकेको थियो, कि यो कुनै न कुनै ठाउमा विपत्ती लिएर आएको भूकम्पको संकेत हो भनेर ।

morning glory
Mahendranagar

विं.स.२०७२ साल वैशाख १२ मा आएको विनासकारी भूकम्प जसले काठमाण्डौंलाई आफ्नो शिकार बनायो। काठमाण्डौंमा भएको धन जनको क्षतिको बारेमा तपाई हामी सबैले विभिन्न संचार माध्यम र प्रत्यक्ष देखेर पनि थाहा पाईसकेको हो। अझै पनि कयौ पुरातात्वीक ठाउ र सम्पदाहरू आफ्नो पुन:निर्मणको परखाईमा छन भने कयौ को निर्माण सकिएको छ। धनको क्षतिको त हामी पुन: व्यापार व्यवशाय रोजगारमा लागेर धन कमाएर जोड्न सक्छौ,पहिले जस्तै वा पहिलो भन्दा पनि अझै राम्रो,ठूलो र सुन्दर पनि बनाउन सक्छौ होला र सकिन्छ पनि। तर मान्छेको गुमेको जिवन भने केही गर्दा पनि फर्काउन सकिदैन । एउटा परिवारको मुख्य पात्र जसको थाप्लोमा परिवारको सम्पूर्ण रुपमा बालबच्चा लालन पालनको जिम्मेवारी रहेको हुन्छ ,उ बिनाको त्यो घरको सबै कुरा सुनसान र ठप्प जस्तै हुन्छ।अब त्यहा हामी सहजै बुझ्न सक्छौ की त्यो व्यक्ति, त्यस परिवारको लागि कति महत्वपूर्ण रहेछ भनेर। यदि यि र यस्तै खालका विपद,जोखीमहरू (२०७२ सालको जस्तो भूकम्प,२०८० साल मा बझाङ्मा केन्द्रविन्दू बनाएर गएको भूकम्प, २०८० साल कार्तिक १७ गते रातीमा जाजरकोटमा केन्द्रविन्दू बनाएर गएको भूकम्प) भूकम्प,बाढी,आदीमा परेर ज्यान गुमाएको त्यो परिवारको सदस्यहरुको अनुपस्थितिले उहा (मृतक) बाहेक जिवित रहेको परिवारको सदस्यहरुलाई सहजरुपमा जीवनयापन गर्न र बाच्नका लागि चाहिने धन/पैसा यदि ति मृतकले कुनै समयमा आफै बुझेर ,जानेर वा अरु कुनैले बुझाई दिईसके पश्चात यदि जिवन बिमा गरेको रहेछन भने,उहाका परिवारको सदस्यहरुको लागि त्यो निकै ठूलो राहात साबित बन्ने गर्दछ। परिवारको मुख्य पात्र जसको कमाईले सम्पूर्ण घरको खर्च चल्ने गरेको थियो,अब त्यो कमाउने मान्छे नै उहाको बिचमा रहनु भएन भने पनि भौतिक रुपमा त्यो परिवारले आफ्नो परिवारको सदस्य गुमाउनु परेको पिडा त आफ्नो ठाउमा होला,तर पनि पिडामै बसेर त,जीवीत सदस्यहरुको जिवनयापन सहज हुदैन,”त्यसका लागि उहाको परिवारको सदस्यले जीवीत छदा खेरिनै आफु नरहदा पछि आफ्ना परिवारका लागिहोस भनेर गरेको जीवन बिमा नै त्यो विपत्तिका समयमा काम लाग्ने छ र लाग्छ पनि।”

अझै पनि जिवन बीमा प्रति आम मानिसको बुझाई त्यति सकारात्मक र सहज रहेको पाईदैन।तर पनि १ दशक अगाडिको र अहिलेको समयमा तुलना गरेर हेर्दा केहि सुधार भएको त छ, तर पनि हरेक नेपालीले जसरी आफैले बैकहरुमा खाता खोल्न सहजै आफुलाई मानसिक रुपबाट तयार पारेर बैक सम्म आफै पुग्ने गर्नुहुन्छ,अझै पनि त्यस्तो चाही बीमा क्षेत्रमा हुन सकेको छैन।बीमाका बारेमा अहिले पनि हाम्रो नेपाली समाजले कसरी बुझने गरेको पाईन्छ भने,बीमा गरेर मलाई के फाईदा बीमाले त मरेपछि मात्रै पैसा दिन्छ,म मरेर गए पछि आएको पैसाको के काम र यस्ता यस्तै कुराहरुमा बढी बहस भएको देखिन्छ।एक हिसाबले त्यो कुरामा म के सहमत छु भने बिमाको सही अर्थ बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मार्फत बीमा कम्पनीहरुले पनि बीमाका बारेमा शिक्षा दिन नसकेको हो।जहा बीमा क्षेत्रमा काम गर्ने हरेक कम्पनीमा बीमा सहजकर्ता ज्यूहरुले आ-आफ्नै तरिकाले बीमीतलाई बुझाएको देखीन्छ र बीमीतहरुले सबै कुरा छोटो समयमा नै बुझ्न नसक्दा धेरै कुरा अपभ्रंस भई, बनाई अर्कै अर्थ लाग्ने गरी एक जनाबाट अर्को सम्म पुग्ने गरेको पनि देखीन्छ यसका लागि बीमा शिक्षा अनिवार्य छ, जस्तो लाग्दछ मलाई। तर पनि तुलनात्मक रुपमा २०७२ सालको भूकम्प ,त्यस पछि कोरोना महामारी लगाएतको दैवी प्रकोप/दुर्घटनामा परेर ज्यान गुमाएका बीमीतका परिवारले जब बीमाबाट भूक्तानी पाएका कुराहरु आम संचार माध्यमबाट आम जनाताका बिचमा पुगे तबबाट बीमा गर्नु पर्ने रहेछ, बीमा गर्नु आफ्नो र आफ्ना परिवारका लागि आर्थिक सुरक्षा कवच रहेछ भन्ने कुरा बुझेर बीमा गर्ने बीमीतको संख्या बढ्दो क्रममा छ। तर यतिकैले मात्र पुग्दैन।

“बीमाको बारेमा पूर्ण रुपमा जानकार बनेर, कुन व्यक्ति र परिवारका लागि कुन योजना सही छ र त्यसले त्यो सिंगो परिवारलाई आर्थिक रुपमा कसरि सवल र सक्षम बनाउन सकिन्छ भन्ने निर्णयमा पुगाउन तपाई हामी बीमा सहजकर्ताको प्रमुख भुमिका रहने गर्दछ।”

( लेखक नेशनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडमा प्रमुख व्यवशाय प्रबन्धक तथा चेयरपर्सन क्लव सदस्य हुन।)

saark school
सम्बन्धित
Loading...