ghar sansar

गणतन्त्रको भविष्य

Amity

निरंकुश राणाशासनले जनताको हितमा काम गर्न नसकेको भन्दै राणा शासनको अन्त्य गरियो । २००७ सालमा राणा शासन अन्त्य भएको भए पनि वर्षौ वितिसक्दा पनि जनताले आश गरेको जस्तो परिवर्तन हुन सकेन । २०१७ सालमा लागू भएको पञ्चायती व्यवस्थाले जनतालाई राणा शासनको भन्दा बढी कैदीबन्दी बनाएर राख्यो । पञ्चायती व्यवस्था प्रतिको जनाताको आक्रोशलाई नेपाली कांग्रेसले उठान गरेर पञ्चायती व्यवस्था विरुद्ध आवाज उठाउ“दै २०४७ सालमा पञ्चायती व्यस्तालाई अटाएर प्रजातान्त्रिक व्यपस्थाको नाम दिइयो । हुन त पञ्चहरुले पनि पञ्चायती प्रजातन्त्र नाम दिएकै थिए तर आन्दोलनबाट प्राप्त गरेको प्रजातन्त्र राम्रो होला भनेर जनताले विश्वास गरे ।

प्रजातन्त्रको पक्षधर दल भनेर जनताले नेपाली कांग्रेसलाई अत्याधिक मतले विजयी गराएर सत्तामा पनि पठाए । सत्तामा पुगेपछि कांग्रेसले  गरेका बाचा सबै भुलेर मत्ता हात्तीझै मात्तिन थाल्यो । मैले नै ल्याएको प्रजातन्त्र हो र मैले जे गरे पनि हुन्छ भेडा जनतालाई जसरी नि ठग्न पाइन्छ भन्ने उन्मातले कम्युनिष्टहरुको उदय भयो । कांग्रेसले तीन वर्षमै देखाएको उत्पातबाट आजित भएका जनताले नेकपा एमालेको पक्षमा मतदान गरेर ठूलो दल बनाए ।

lotus institite

नेकपा एमाले ठूलो दल भए पनि सरकार बनाउन बहुमत नपुगे पछि मुलुक फेरि पूर्व पञ्चहरुको चक्रव्युमा धकेलियो । मुलुकमा भाडभैलो सुरु भएको मौका छोपेर जनयुद्धको नाममा सोझा जनतालाई भ्रममा पारेर माओवादीले हजारौ जनतालाई मारेपछि भएको १२ बुँदे सहमतिकै सेरोफेरोमा राजतन्त्र पनि समाप्त भयो । पञ्चायती प्रजातन्त्र, बहुदलिय प्रजातन्त्रपछि आएका लोकतान्त्रिक गणतन्त्रमा पक्कै पनि जनताको जीवन स्तर उकासिने र मुलुकको मुहार फेरिने आश गरियो । तर हाम्रो देशको गणतन्त्रले आम जनताको जीवन स्तरमा तात्विक भिन्नता ल्याउन सकेन र निकट भविश्यमा पनि ल्याउने संकेत नदेखिएपछि जनता केवल निराशाजनक देखिए । यही मौका अहिले दुर्गा प्रसाईले छापेका छन् ।

राज्य संयन्त्रमा गणतन्त्रको अनुभूती हुने कुनै परिवर्तनको संकेत आजसम्म देखा पर्न सकेको छैन । हिजो जे मानसिकता थियो, आज पनि उही छ । गणतन्त्रको कर्मचारी प्रशासन वा प्रहरी प्रशासन राजतन्त्रको कर्मचारी प्रशासनमा कुनै फरक अनुभूति गर्ने अवसर नेपाली जनताले पाएका छैनन् । मुलुकमा समावेशी गणतन्त्रको घोषणा भए पनि वैदेशिक रोजगारमा जाने निम्न वा गरिव वर्गका युवा युवतिको लाइन घट्दो होइन, बढ्दो देखिन्छ । जुन वर्ग हिजो गरिब थियो, आज पनि गरिब नै छ र धनी हुनेहरु हिजैदेखि आजसम्म भइरहेका छन् । यस्तो गणतन्त्रको भविश्य सुनिश्चित हुन सक्दैन । यो गणतन्त्रलाई आवाज विहीनहरुको, पहुँच विहीनहरुको र स्रोत साधन विहीनहरुको गणतन्त्रमा रुपान्तरण गर्न नसकेकै कारण आज गणतन्त्र खतरा उन्मुख भएको छ । गणतन्त्रवादीलाई चेतना भया ।

Himal dental
सम्बन्धित
Loading...