ghar sansar

उचित व्यवस्थापन गर

सरकारले साउन १ गतेदेखि आयात–निर्यातको व्यापार गर्न एक्जिम कोड अनिवार्य गरेको छ । आयात निर्यातको व्यापार गर्न निकासी पैठानी संकेत नं. अर्थात् एक्जिम कोड लिनुपर्ने भएको छ । यस्तो व्यापार गर्न व्यापारीसग न्यूनतम १० लाख रुपैँया पुँजी हुनै पर्ने व्यवस्था गरिएको छ । अहिले यो एक्जिम कोड लागू भएपछि साना व्यवसायीले कारोबार गर्न नपाउने अवस्था आएको छ । राज्यलाई कर तिरेर व्यापार गर्छु भन्दा पनि भारतबाट समान आयात निर्यात गर्न नसकिने अवस्था आईको छ । सरकारले २०७५ देखि विदेशबाट कारोबारका लागि निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) लागू गरेको भए पनि पा“च वर्षपछि भन्सार नाकामा एक्जिम कोड विना समान निकासी पैठारी गर्न कडाई गरिएको छ ।

daimond public

गड्डाचौकी भन्सार नाकाबाट वर्षै देखि साइकल केयरिङ गरेर जीविकोपार्जन गर्नेहरु विचल्लिमा परेका छन् । गड्डाचौकी नाकाबाट दैनिक हजारौ महिलाहरु साइकलमा सामान ओसारेर आप्mनो जीविका चलाउदै आएको अहिले यसरी सामान ओसार्न भन्सारले रोक लगाएपछि साइकलमा सामान ओसार्ने महिलाहरु आन्दोलन गरि राखेका छन् । साइकल केयरिङ गरेर जीविकोपार्जन गर्ने महिलाहरु सीमा नाका गड्डाचौकीमा जुलुस प्रदर्शन गर्दै भन्सार तिरेर समान ओसार्न पाउनु पर्ने माग गरि राखेका छन् । तर सरकारले नै साउन १ गतेदेखि आयात–निर्यातको व्यापार गर्न एक्जिम कोड अनिवार्य गरेकोले भन्सार कार्यालयबाट उनीहरुको माग सम्बोधन हुनसक्ने सम्भावना न्यून छ ।

lotus institite

साइकल केयरिङ गरेर सामान ओसार्ने विषय पटक पटक विवादमा आइ राखेको विषय हो । साइकल केयरिङ गरेर ओसारेको सामान अवैध भन्दै व्यपारीको गोधाममा छापाहानेर प्रहरीले नियन्त्रणमा पनि लिने गरेको छ । सरकारको यो निर्णयले साइकल केयरिङ गरेर जीविकोपार्जन गर्ने महिलाहरुको रोजीरोटी खोसिएको छ र उनीहरुको चुलो नबल्ने अवस्था आएको छ । साइकल केयरिङको गरेर सामान ओसार्ने विषय पटक पटक विवादमा आएपछि एक पटक प्रमुख जिल्ला अधिकारीको पहलमा यस्ता महिलाहरुको लगत संकलन गर्ने र उनीहरुको पारिवारिक अवस्था अध्ययन गरेर कुनै पेसा व्यवसायमा समावेश गराउन पहल थालिएको थियो । ती प्रमुख जिल्ला अधिकारीको सरुवा भए पछि त्य विषयले अन्तिम रुप लिन पाएन ।

अहिले सिंहदरवारको सरकार जनताको घरदैलोमा भनिएको छ । जनताका हरेक पीरमर्का बुझने र त्यसको समाधान खोज्ने काम पनि सरकारकै हो । व्यरोजगार भएर चुलो जल्न छोडे पछि महिला मजदुरहरु सीमा नाकाम आन्दोजनमा छन् । स्थानीय सरकारहरु कानमा तेल हालेका छन् । यहाका व्यवसायीहरुको सामान साइकल केयरिङ गरेर गुजराचलाउने हरुको अवस्थाबारे स्थानीय नीकायहरुको ध्यान नजानु दुःखद कुरो हो । यसरी यवसायीहरुको सामान साइकल केयरिङ गर्ने सबै महिलाहरुको अवस्था एउटै नहुन सक्छ । धेरै जसो एकल महिलाहरु पनि छन् । धेरै जसोको अन्य कुनै आय आर्जनको बाटो नभएर गर्नेहरु पनि छन् । त्यसैले स्थानीय सरकारहरुले आप्mनो पालीकाका ती महिलाहरुको उचित व्यवस्थापन गर्नु पर्दछ ।

Himal dental
सम्बन्धित
Loading...