एमालेको पदयात्रा

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरू गरेको छ । पाँचथरको चिवाभन्ज्याङमा आउँदो पुस २ मा सम्पन्न हुने यो यात्राको अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । बुधबारै बैतडी पुगेका ओलीले बिहीबार बिहानै झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको आरम्भ गरे । एमालेले यसलाई समृद्धिका लागि संकल्प यात्राको नाम दिएको छ । यस अभियानमा एमाले केन्द्रीय, स्थानीय नेता कार्यकर्ताहरुको संलग्नता रहने छ । मध्य पहाडी लोकमार्गका विभिन्न स्थानहरुमा एमालेका नेता कार्यकर्ताहरु पदयात्रामा जोडिने भनिएको छ । पदयात्राको उद्देश्य स्थानीयसँग थप सम्बन्ध जोड्ने र त्यसको राष्ट्रिय सन्देश दिने छ । सरकारले गरिरहेका कामकोबारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने योजना अन्तर्गत एमालेले पदयात्रा गरेको भनिएको छ ।

यस पदयात्राबाट एमालेलाई के कस्तो उपलब्धी हुन्छ त्यो पदयात्रा सम्पन्न भए पछि थाहा हुने कुरो हो । आप्mनो संगठन विस्तार गर्न वा अन्य उद्देश्यका लागि एमालेले पदयात्रा गरेको हुनसक्छ । राजनीतिक दलले गरेको पदयात्रा भएकै कारण यसको महत्व हुन सक्छ नत्र भने यस्ता पदयात्रा, साकल यात्रा, उल्टो यात्रा, लगायतका यात्राहरु तमाम व्यक्तिहरुले नगरेका होइनन् । यसरी गरिएका यात्राले खासै केही उपलत्तधी भएको पनि देखिएन । प्रमुख प्रतिपक्ष दल एमालेले सदनमा जुन भूमीका निवार्ह गर्नु पर्ने हो त्यो गर्न नसके पनि यस्ता यात्राबाट जनताको मन जित्न सकिन्छ कि भन्ने आस गरेको हुनु पर्छ । तर संसद जहिले नि अबरुद्ध गरेर चल्नै नदिने प्रमुख प्रतिपक्ष दल एमालेले संसदीय अभ्यास अझै बुझेको छैन कि भन्ने भान जनतामा परेको छ । संसदीय लोकतन्त्रमा प्रतिपक्ष विनाको संसद्को परिकल्पना नै गरिंदैन । प्रतिपक्षी दलको भूमिका सरकारलाई जवाफदेही बनाउने, विभिन्न मुद्दाहरुमा पर्याप्त ध्यान दिने, सरकारको विकल्पको रुपमा कार्य गर्ने, राष्ट्रिय हितका विषयमा सरकारस“ग मिलेर कार्य गर्ने जस्ता महत्वपूर्ण भूमिकाको निर्वाह गर्नु पर्दछ । तर नेपालको संघीय संसदमा रहेको प्रमुख प्रतिपक्ष दल एमाले लगायतका अन्य प्रतिपक्ष दलहरू सरकारको आलोचनामा मात्र ब्यस्त हुने गरेको पाइन्छ ।

janjyoti campus

नेपालको राजनीति लामो समयदेखि आप्mनो व्यक्तिगत, समूहगत र दलगत स्वार्थलाई प्राथमिकतामा राखी अघि बढेको प्रतीत भइराखेको छ । यस अर्थमा नेपालको राजनीतिमा लोकतन्त्रको मूल्य र मान्यताको अवलम्वन खासै हुन नसकेको स्थिति छ । एमाले प्रमुख प्रतिपक्षको भूमीका निर्वाह गर्न मात्र चुकेको नभएर आफु भित्रको टुटफुटलाई समेत जुटाउन सकिराखेको छैन । दल भित्र कुनै एकल व्यक्तिको हैकम लादेर लोकतान्त्रिक संगठन भन्न सकिदैन । एमाले भित्रको दासतालाई शिरोधार्य गर्नेहरु वाहेक सबै पाखा लगेका छन् । भीम रावल जस्ता नेताहरु किनारा लागेका छन् । केन्द्र देखि जिल्ला सम्मन दल भित्रको अवस्था उस्तै छ । लोक तन्त्रमा प्रतिपक्ष दल जति बलियो हुन्छ, उति नै लोकतन्त्र बलियो हुन्छ भन्ने कुरो एमालेले कहिले बभ्mने हो ।

ghar sansar
सम्बन्धित
Loading...