स्वागत योग्य कदम

गणतान्त्रिक शासन व्यवस्था विरुद्ध उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर २८ स्मारक क्षेत्रमा महेन्द्रको शालिक पुनस्र्थापित गर्ने तयारी थालेपछि कञ्चनपुर जिल्लाका सबै राजनीतिक दल त्यस विरुद्ध उभिएका छन् । आठ राजनीतिक दलले स्मारक क्षेत्रमा महेन्द्रको शालिक पुनस्र्थापित गर्ने कार्य संविधान र व्यवस्था विरुद्ध भएको भन्दै त्यसलाई रोक्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । आठ राजनीतिक दलको यो निर्णय स्वगत योग्य कदम मान्नु पर्दछ । राप्रपाले महेन्द्रको शालिक किन राख्नु परेको छ । जसले मुलुक र मुलुकवासीका लागि केही राम्रो काम गरेर इतिहास रचेको हुन्छ त्यसको शालिक राख्ने हो । महेन्द्रले देश र देशवासीलाई देःख मात्र दिने काम गरेका छन् त्यस्ताको किन शालिक राखेर राप्रपा जनताबाट तिरस्कृत हुन चाहान्छ ।

१ पुस २०१७ मा महेन्द्रले निर्वाचित सरकार र संसद् विघटन गरी शासन सत्ता आप्mनो हातमा लिएर कू गरे पछि नेपालको पहिलो जननिर्वाचित सरकारलाई शाही नेपाली सेनाको बलमा प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई बन्दी बनाई महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गरेको जनताले विर्सेका छैनन् । अहिले पनि महेन्द्रको त्यो कदम विवाद र बहसको विषय बनि राखेको छ । निरंकुश अधिनायकवादको प्रखर विरोधी शक्तिका रूपमा अस्तित्वमा आएको र राणा परिवारशाहीका विरुद्ध २००७ सालमा लडेको राजनीतिक लडाइँको सफलतापूर्वक नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्ता सबैलाई जेलभित्र कोच्ने महेन्द्रले बुट र बन्दुकका बलमा भरखरै बामे सर्दै गरेको प्रजातन्त्रको घाटी निमोठिदिएका थिए ।

janjyoti campus

प्रजातान्त्रिक शासनव्यवस्था समग्रलाई क्षतविक्षत बनाइदिएर मुलुकको पहिलो निर्वाचित सरकारमात्र अपदस्थ गरेर देशको उन्नतिप्रगतिका लागि त्यस जनउत्तरदायी सरकारले बनाएका नीति र कार्ययोजनाहरूको पनि भुर्णहत्या भएको थियो । आप्mना प्रतिनिधिहरूमार्फत नीतिनिर्माणको तहसम्म आप्mनो आवाज पु¥याइरहेका सर्वसाधारण जनता हठात् निमुखा बन्न पुगेका थिए । स्वतन्त्र ढंगले निर्वाचित देशकै पहिलो संसद् हिरासतमा पुगेको थिए । प्रजातान्त्रिक प्रणालीको विकल्पमा राजाले पञ्चायत नामको जुन व्यवस्था लागू गरे, त्यसमा देखाउनका लागि चुनाव, जनप्रतिनिधि, स्थानीय र केन्द्रीय निकायहरू भए पनि प्रजातान्त्रिक आत्मा नभएकाले ती सबै अर्थहीन थिए ।

अञ्चलहरुमा राखेका अञ्चलाधिशले जसलाई निवाचित गर्नु भन्यो त्यसैलाई चुनाव जिताइन्थ्यो । महापञ्चहरूले निर्वाचनको प्रक्रियालाई स्वस्थ छनोटभन्दा सुविधामा गरिने मनोनयनमा परिणत गराइदिएका थिए । सुरुमा अञ्चल र जिला स्तरका प्रशासकहरूको माध्यमबाट पञ्च छनोट गर्दै आएको प्रणालीमा एक दशकपछि गाउँ फर्क राष्ट्रिय अभियान भनिने संयन्त्र बनाएर नेता नियुक्त गर्न थालिएको थियो । सुधारिएको पञ्चायती व्यवस्था देखि लिएर पञ्चायती प्रजातन्त्रको नाम इिएको भए पनि पञ्चायती व्यस्ता र पञ्चहरुको विरोध गर्न र उनीहरुको बारेमा चुइक बोल्न पाइदैन थियो । महेन्द्रले निर्वाचित सरकारका विरुद्ध कु गरेर देश निर्माणको सम्पूर्ण प्रक्रियालाई अवरुद्ध बनाएर सारा मुलुकलाई बन्धक हुन बाध्य पारेका थिए त्यही रिसको झोकमा उनको शालिक हटाइएको हो । महेन्दको कदम माफी दिन लायक पनि नभएकाले राप्रपाले शालिक राख्ने गल्ति गर्नु हुँदैन ।

ghar sansar
सम्बन्धित
Loading...