छाडा चौपायाले बालीनाली नोक्सान गरी हैरान गरेपछि भीमदत्त नगरपालिकाका विभिन्न वडाका वासिन्दाले छाडा पशु चौपाया नगरपालिका कार्यालय ल्याएका छन् । भीमदत्त नगरपालिकाले छाडा चौपायाको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख पदम बोगटीले निर्वाचित भएयता बताउदै आएका छन् । उनले चौपायाको व्यवस्थापनका लागि विभिन्न प्रयास गरिरहेका र विभिन्न ऐन, कानुनी बाधाअड्चनका कारणले गर्दा चौपायाको व्यवस्थापनका लागि आवश्यक जग्गा नपाउदा समस्या समाधान हुन् सकेको भन्ने गरेका छन् ।
नगरप्रमुख निर्वाचित भएर आएको दुई वर्ष पुग्न लागेको छ तर उनी प्रयास भइरहेको भन्दै झारो टर्न सिपालु देखिन्छन् । उनले सुरुमा १९ वटै वाडामा अस्थायी व्यवस्थापन गरेर पछि दिगो व्यवस्थापन गर्ने भनेका थिए । त्यस पछि वेदकोट नगरपालिकासंगको साझेदारीमा गर्ने भनेका थिए । अहिले आएर गिद्य संरक्षणको नाममा आरक्ष किनारामा व्यवस्थापनको प्रयास भइरहेको गित गाउदै हिडने गरेका छन् ।
अहिलेका नगरप्रमुख मात्र होइन यस अघिकाले पनि पाँच बर्षको कार्यकालमा छाडा पशु चौपाया व्यवस्थापनमा करोडौ खर्च गरे तर व्यवस्थापन गरेनन् । स्थानीयले आप्mना गाईगोरू छोड्दै जाने गरेका कारण समस्या विकराल बन्दै गएको छ । कञ्चनपुरका स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि करोडौं खर्च गरेका छन् । तर त्यो लगानीको सदुपयोग भएको देखिदैन । छाडा पशु चौपाया व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखिएको छ । स्थानीय तहले करोडौं खर्चे पनि त्यो प्रभावकारी भएको भेटिएको छैन । पशु चौपाया व्यवस्थापनको नाममा स्थानीय तहले करोडौं रकम खर्चेर पनि समस्या ज्यूँका त्यूँ रहेको छ । आर्थिक वर्ष २०७५र०७६ मा छाडा चौपाया व्यवस्थापनमा भीमदत्त नगरपालिकाले एक करोड खर्च गरेकोमा आर्थिक वर्ष २०७९र०८० सम्म आइपुग्दा खर्च गरिएको रकमको गणना गर्न नै नसकिने अवस्था छ । तर समस्याको समाधान गर्न तिर लाग्नु भन्दा पनि नगरपालिका विभिन्न बाहाना बनाएर जनताको आँखामा छारो हल्न कसरी सकिन्छ भन्नेमा लागेको छ ।
करोडौ“ खर्च गरेपनि छाडा चौपायाको उचित व्यवस्थापनका लागि स्थानीय तहले दिगो व्यवस्थापन गर्न नसक्दा यात्रुले राजमार्गमा दैनिक सास्ती खेप्नु परेको छ । दैनिकरुपमा साना ठूला दुर्घटना हुने गरेका छन् । छाडा चौपायाका कारण किसान पनि हैरान छन् । खेतमा लगाएको बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् । भीमदत्त नगरपालिकाले लाखौँ खर्चेर निर्माण गरेका गौशालामा पशु चौपाया छैनन् । ४६ लाख खर्च गरेर भीमदत्त नगरपालिका–१९ बागफाँटा तथा रु २६ लाखमा वडा नं ९ ब्रह्मदेवस्थित सामुदायिक वनमा गौशाला निर्माण पनि गरियो । कञ्चनपुरका छाडा चौपायाको समस्या रहेको स्थानीय तहलाई १५ दिन भित्रमा त्यसको व्यवस्थापन गर्न उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले आदेश जारी गरेको पनि बर्षौ विति सकेको छ । अहिले केही पालिकाले व्यवस्थापनाको नाममा झारो टार्ने काम गरेको भए पनि भीमदत्तले जनतालाई ढाटने र अदालतको अपमान गर्ने काम गरेको छ ।