संघीय संसद्को माथिल्लो सदनका एकतिहाइ अर्थात् १९ रिक्त सदस्यको निर्वाचनका लागि आगामी माघ ११ को मिति तय भएको छ । राष्ट्रिय सभामा चुनिएर जान र लैजान जति तल्लो स्तरको मूल्यहीन राजनीतिक भागबन्डाको खेल भइरहेको छ र त्यहाँ निर्वाचित हुन वा गराउन जसरी राजनीति भइरहेको छ यो लाजमर्दो नै देखिएको छ । राष्ट्रिय सभा सदस्यका उम्मेदवार नारायणदत्त भट्ट अपांगता नभएका र उनलाई अपांगताको परिचय पत्र बनाउन लगाएर अपांगताको कोटाबाट लडउन लगाइएको भन्दै उजुरी परेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय सभा सदस्यका लागि द्वन्द्व पीडित अपांगता परिचय पत्रका आधारमा अल्पसंख्यक तथा अपांगता क्लष्टरबाट उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेपछि उनले धनगढी उप महानगरपालिका कार्यालयबाट अपांगता परिचय पत्र बनाएको समाचारहरु आइराखेका छन् । उप महानगरपालिका कार्यालयबाट बनाएको परिचय पत्रका आधारमा भट्टको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै एकपटक जनमतद्वारा अस्वीकृत भएका पात्रहरूको प्रतिनिधि सभामा पराजित भएकाहरु अहिले उम्मेदवार भएका छन् । दलहरुले कार्यकर्ता भर्तिकेन्द्र बनाउन थालेपछि स्थायी संसद् एवम् प्रबुद्ध सभा भनेर चिनिने यो माथिल्लो सदनको आवश्यकता र औचित्यमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ ।
मुलुकका प्रभुत्वशाली राजनीतिक दलहरू र तिनका नेताहरूले राष्ट्रिय सभालाई आप्mनो तुच्छ स्वार्थ र सुविधाअनुकूल प्रयोग गर्नेपरम्परालाई निरन्तरता दिएका छन् । राजनीतिक दृष्टिले अमर्यादित, अनैतिक र मुलुकका लागि अहितकारी अभ्यासहरूमा कतैबाट लगाम लागेको छैन । त्यसको चरम दुर्दान्त परिणति अहिले नेपालको लोकतन्त्र, जनप्रतिनिधित्व प्रणाली र शासकीय व्यवस्थामा परावर्तित भएको छ । दुःखद पक्ष, यसलाई सच्याउने चेष्टासम्म राजनीतिक नेतृत्वको तहमा भएको छैन । राष्ट्रिय सभामा उम्मेदवारी दिँदा नत विषयविज्ञतालाई ध्यान दिइयो, न त सदनमा प्रतिनिधित्व छुटेको वर्गलाई सहभागी गराउने उद्देश्यतर्फ नै ध्यान दिइएको पाइन्छ । प्रतिनिधि सभाको निर्वाचनमा पटक पटक पराजित र जनताबाट अस्वीकृत व्यक्तिलाई ठाउँ दिने थलोको रुपमा प्रयोग गरिन थालेको छ ।
नेताहरूले राज्यका प्रत्येक पदलाई राजनीतिक व्यवस्थापन, भागबन्डा र लेनदेनको आ“खाले मात्र हेरेको देखिन्छ । राष्ट्रिय सभाको मनोनयनलाई पनि आप्mना पार्टीभित्रका समस्या र व्यक्ति व्यवस्थापनका अवसरका रूपमा लिएका छन् । चुनाव आरेका नेता, ठूला नेताका आफन्त लगायतका पार्टीका कार्यकर्ताहरुको भर्तिकेन्द्रको रुपमा अहिलेको राष्ट्रिय सभा देखिएको छ । यस्तो हुनु दुखद पक्षमात्र नभएर राष्ट्रिय सभाको औचित्यमाथि नै प्रश्न उठन थालेको छ । राष्ट्रिय सभा अनुभवी, विज्ञ र प्रौढहरूको संस्था हो । राष्ट्रिय सभाले दिग्गज विज्ञहरूको सभा हो भनेर ओज राख्ने गरी काम गर्नुपर्नेमा राजनीतिक नेतृत्व र कार्यकर्तालाई मात्रै राष्ट्रिय सभामा ल्याउने चलन कस्तो बिडम्बनापूर्ण कार्य हँुँदै गएको छ ।