ghar sansar

दुग्ध विकास संस्थान नियमित नआएपछि सहकारी संस्था चिन्तित

Amity

महेन्द्रनगर । दुग्ध विकास संस्थानले नियमित रुपमा दुध लैजान नआएपछि सहकारी संस्थाहरु चिन्तित बनेका छन् । कैलालीको अत्तरियास्थित संस्थानले नियमित रुपमा दुध नलगेपछि कारोबार नभएर नोक्सानी हुने चिन्तामा सहकारी संस्था परेका छन् ।

संस्थानसित सम्झौता गरी सहकारीहरुले दुध कारोबार गर्दै आएका छन् । संस्थानले सहकारी संस्थाको दुध डेरीमा आएर दुध लग्दै आएको छ । त्यसका लागि सहकारी संस्थाले किसानबाट दैनिक दुध किनेर संकलन गर्दैै आएका छन् ।

lotus institite

‘हामीले दुध बेच्ने संस्थानलाई हो, त्यो सम्झौता अनुसार हुन्छ, संस्थानको टयाङ्कर नियमित रुपमा आएर दुध लगे त ठिकै हुन्थ्यो’ बेदकोट नगरपालिकाको सुडास्थित साना कृषि सहकारी संस्था लि.का अध्यक्ष खगेश्वर प्रसाद पाण्डेयले भने,‘कहिलेकाँही नियमित रुपमा दुध लैजान टयाङ्कर नआउँदा दुध खेर गएर नोक्सान व्यहोर्न पर्ने अवस्था छ ।’

साना किसान कृषि सहकारीका अध्यक्ष पाण्डेयले चिसो बढेपछि केही दिनदेखि दुध लैजान संस्थानको टयाङ्कर नआएको बताए । ‘डिडिसी दुध लैजान आएको छैन, सकेसम्म त खोया, पनिर, मोही, दही बनाएर बिक्री गर्छौ, दुध पनि बेच्छौ’ उनले भने,‘अब धेरै दिनसम्म नआएपछि खपत हुँदैन, नोक्सान मात्रै हुन्छ ।’

सहकारीले सुडा चौराह र दैजीमा एक दशकदेखि डेरी सञ्चालन गर्दै आएको छ । ती दुबै डेरीमा दैनिक तीन सय लिटर भन्दा बढी दुध संकलन हुने गरेको अध्यक्ष पाण्डेले बताए ।

दुग्ध विकास संस्थानले साना किसान सहित जिल्लाभरका विभिन्न सहकारीले सञ्चालन गरेका सहकारीबाट दुध लैजाने गरेको छ । संस्थान नआएको दिन दुधबाट सहकारीले मिठाई, पनिर लगायतका वस्तु उत्पादन गरी दुध खपत गर्दै आएका छन् ।

संस्थानले चिल्लो पदार्थ (फ्याट) र एसएनएफका आधारमा सहकारीलाई रकम उपलब्ध गराउँदै आएको छ । त्यस अनुसार प्रति लिटर ६० रुपैँयादेखि एक सय १७ रुपैँयासम्म सहकारीलाई आउने गरेको सञ्चालकहरु बताउँछन् ।

चिसो मौसमका दुई महिना पुस र माघ बाहेक अन्य सबै महिना दुधको कारोबार हुने गर्छ । चिसो मौसममा आपूर्ति कम हुने भएकाले संस्थाले नियमित रुपमा सहकारीबाट दुध लैजान नआएको सहकारी सञ्चालकहरु बताउँछन् । उनीहरु संस्थानले दुध लगेर पाउडर बनाएर पछि बिक्री गर्न सक्ने बताउँछन् ।

‘अहिले दुध लगेर पाउडर बनाएर प िबिक्री गर्न सकिन्छ, तर पछि भारतबाट पाउडर किन्न अहिले दुध लगि रहेको छैन’ एक सहकारीका सञ्चालकले भने,‘अहिले हामी नोक्सान खान्छौ, पछि भारतको पाउडर खानु पर्ने बाध्यता हुन्छ ।’

Himal dental
सम्बन्धित
Loading...